Author: महेन्द्रनगर पोष्ट

कैलाली : कैलालीको विभिन्न स्थानबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट ६८० मिलिग्राम खैरो हेरोइनसहित सोही ठाउँ बस्ने ३९ वर्षीय सविन दाहाल र धनगढी उपमहानगरपालिका-१ बस्ने २६ वर्षीय विवेक गुप्तालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनीहरुको साथबाट मोटरसाउकल १ थान समेत प्रहरीले बरामद गरेको छ। यसैगरी कैलारी गाउँपालिका-३ शिवरत्नपुरस्थित जङगलबाट २ ग्राम २८० मिलिग्राम खैरो हेरोइनसहित सोही ठाउँ बस्ने ३० वर्षीय सिरन चौधरी र २६ वर्षीय देवान चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका चारै जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

कञ्चनपुर : कञ्चनपुरमा लागुऔषधसहित एकजना पक्राउ परेका छन्। कृष्णपुर नगरपालिका-७ कलुवापुरबाट २१.६३ ग्राम चरेश र ५० मिलिग्राम खैरो हेरोइनसहित सोही ठाउँ बस्ने ३० वर्षीय नरेन्द्र चुनारालाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको छ। चुनारालाई ईलाका प्रहरी कार्यालय रैकवार विचवा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

Read More

काठमाडौं : काठमाडौँ महानगरपालिकाले ललिता निवास क्षेत्र एक साताभित्र खाली गर्न आग्रह गर्दै एक सूचना जारी गरेको छ।  विशेष अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएको भन्दै महानगरले सात दिनभित्र ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई उक्त क्षेत्रबाट हट्न भनेको हो।  तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने चेतावनी समेत महानगरले दिएको छ।

Read More

काठमाडौँ : राष्ट्रिय भूमि आयोगले कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ। आज एक सूचना प्रकाशित गर्दै आयोगले ९७ जनाका लागि सर्वेक्षक पदमा दरखास्त आह्वान गरेको हो। योग्य उम्मेदवारले  फागुन १५ गतेभित्र आवेदन दिन सक्नेछन्।

Read More

कञ्चनपुर: माटोका भाँडाकुँडा बनाएर  शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका वीरपाल कुमालका तीन पुस्ता बितेका छन्। भारतबाट बसाइँ सरेर वीरपालका बाजे भीमपाल माटोका भाँडाकुँडा बनाउन सातदशक अघि यता आएका हुन्। बाजेले गर्दै आएको काम उनका बुबा चिरौँजीलालले पनि निरन्तरता दिए । अहिले त्यही काम वीरपालले सम्हादै आएका छन्। वर्षौंदेखि यहाँ बस्दै आएका उनीसँग चार कठ्ठा चार धुर जग्गाको २०२५ मा उपलब्ध गराइएको जग्गाधनी प्रमाणपत्र पनि छ। त्यो जग्गा निकुञ्ज विस्तारित क्षेत्रमा पर्दा उनले सट्टा भर्ना पाउन भने सकेका छैनन्। तत्कालीन पिपलाडी गाउँपालिकाको भत्तपुरीमा रहेको जग्गाको उनले सट्टा भर्ना नपाएका हुन्। ‘देशमा त्यस बेला सङ्कटकाल लागेको हुँदा विस्थापित हुनुपर्यो’ उनले भने, ‘जग्गाधनी प्रमाणपत्र भए पनि जग्गा पाउन…

Read More

दार्चुला : दार्चुला सदरमुकाम खलंगामा संकलन गरेको सहकारीको पैसा कोठबाटै चोरी भएको छ। सोमबार खलंगास्थित आर्मी गेट अगाडि डेरा गरी बस्ने ब्यास गाउँपालिका-६ की मञ्जु भट्टको कोठाबाट सहकारीमा जम्मा गर्नुपर्ने ३२ हजार रूपैयाँ चोरी भएको उनले बताइन्। केदारनाथ बचत तथा ऋण सहकारी संस्थाकी संकलनकर्ता भट्टको कोठामा रहेको झोलाबाट रकम चोरी भएको बताइएको छ। उनका अनुसार सहकारीमा जम्मा गर्नुपर्ने एक लाख १७ हजार रुपैयाँमध्ये ३२ हजार रुपैयाँ सोमबार साँझ चोरी भएको र मंगलबार बिहान साढे ६ बजेको समयमा उक्त रकममध्ये १४ हजार ढोका अगाडि राखेको पाइएको थियो। उनको निवेदनपछि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। मधेस प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।  सुदूरपश्चिम प्रदेश ,कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

Read More

धनगढी : बिहे गरेको दुई वर्षसम्म पतिले आफूसँग शारीरिक सम्बन्ध नराखेको भन्दै भारतमा एक महिलाले उजुरी दिएकी छन् । बिहार राज्यको वैशाली जिल्लास्थित लालगंज थाना अन्तर्गतको एक गाउँमा बस्दै आएकी महिलाले अहियापुर थाना अन्तर्गत घर भएका पतिविरुद्ध उजुरी दिएकी हुन् । ती महिलाले दिएको उजुरीपत्रमा उल्लेख भए अनुसार उनीहरूको विवाह ३१ मई २०२१ मा भएको हो । विवाहपछि आफू पतिको घर गएको र दुई वर्षसम्म पनि पतिले आफूसँग शारीरिक सम्बन्ध नराखेको उल्लेख गर्दै उनले उजुरीमा यसबारे परिवारका अन्य सदस्यलाई जानकारी गराए पनि कसैले वास्ता नगरेको जनाएकी छन् । पतिलाई आफूले शारीरिक सम्बन्ध किन नराखेको भनेर सोध्दा उल्टै आफूमाथि कुटपिट तथा…

Read More

धनगढी : नेपाली सेनामा ‘जस्तो खायो, त्यस्तै निकाल्नुपर्ने’ फैसलाले तरंग मच्चिएको छ । दार्चुला–टिंकर सडक निर्माणका क्रममा आर्थिक घोटाला मच्चाउने अधिकृतका दर्जा घटुवादेखि जति हिनामिना गरेको हो, त्यसबाट केही रकम एकमुष्ट तिराउने गरी सैनिक विशेष अदालतले तलको आदेश सदर र हेरफेर गरेपछि त्यस्तो अवस्था आइलागेको हो । द्वन्द्वकालमा ४९ माओवादी बन्दी बेपत्ता बनाएबापत बेनामी कमाएको महाराजगञ्जस्थित भैरवनाथ ब्यारेकका गणपति तथा पश्चिम पृतना हेडक्वार्टरका लेफ्टिनेन्ट कर्णेल हरिबहादुर बोहरासमेतको हकमा पुस १२ गते समरी जनरल अदालतले सम्पत्तिसम्बन्धी कसुरबापत गरेको फैसलाअनुसार एक करोड ९४ लाख ६१ हजार ४ सय ३३ रूपैयाँ विकास निर्माण महानिर्देशनालयमार्फत राजश्व दाखिला भएको छ । उक्त मुद्दामा प्रतिवादी बनाइएका प्राविधिक…

Read More

काठमाडौँ : नेपाली राष्ट्रिय महिला फुटबल टोलीले साउदी अरेबियामा सुरु वाफ महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। मंगलबार किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा भएको समूह चरणको पहिलो खेलमा सिरियालाई ४–१ को गोल अन्तरले हराउँदै नेपालले च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको हो। खेलको पहिलो हाफमा ३–१ ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा १ गोल थप्यो। नेपालको जितमा अमिसा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले समान एक गोल गरे। एक गोल भने सिरियाले उपहार स्वरुप पायो। खेलको १० औँ मिनेटमा अमिसाले १८ यार्डबाट गरेको सशक्त प्रहार सिधै गोलमा परिणत भएको हो। १२ औँ मिनेटमा अनिता बस्नेतको कर्नर प्रहार सिधै गोलमा परिणत…

Read More