दार्चुला : दार्चुला सदरमुकाम खलंगामा संकलन गरेको सहकारीको पैसा कोठबाटै चोरी भएको छ। सोमबार खलंगास्थित आर्मी गेट अगाडि डेरा गरी बस्ने ब्यास गाउँपालिका-६ की मञ्जु भट्टको कोठाबाट सहकारीमा जम्मा गर्नुपर्ने ३२ हजार रूपैयाँ चोरी भएको उनले बताइन्।
केदारनाथ बचत तथा ऋण सहकारी संस्थाकी संकलनकर्ता भट्टको कोठामा रहेको झोलाबाट रकम चोरी भएको बताइएको छ।
उनका अनुसार सहकारीमा जम्मा गर्नुपर्ने एक लाख १७ हजार रुपैयाँमध्ये ३२ हजार रुपैयाँ सोमबार साँझ चोरी भएको र मंगलबार बिहान साढे ६ बजेको समयमा उक्त रकममध्ये १४ हजार ढोका अगाडि राखेको पाइएको थियो।
उनको निवेदनपछि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comments Box