Author: महेन्द्रनगर पोष्ट

डोटी: कोदालो प्रहार गरी सहोदर दाजुको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। जिल्लाको जोरायल गाउँपालिका–६ डाँडागाउँ बस्ने ५५ वर्षीय नरबहादुर जोराले आफ्नै दाइको हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार आज नरबहादुरले टाउकोमा कोदालो प्रहार गरी ६५ वर्षीय दाई गणेशबहादुर जोराको हत्या गरेका हुन्। घरायसी विवादपछि झगडा हुँदा भाइको कोदालो प्रहारबाट दाइको घटनास्थलमै मृत्यु भएको हो। नरबहादुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं: प्रहरीको सई बनेर विभिन्न १६ जिल्लामा ठगी गर्ने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दैलेखको गुराँस गाउँपालिका–६ का २७ वर्षीय विकास बिसी र बाँके राप्ती सोनारी गाउँपालिका–७, बाँके घर भई हाल लालपुर बस्दै आएका ३६ वर्षीय लोकबहादुर खाँण छन्। आफूहरु प्रहरीको सई भएको बताउँदै विभिन्न ठाउँमा ठगी गरेको सूचनाका आधारमा प्रहरीले सुरुमा बिसी र त्यसपपछि खाणलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। विभिन्न मुद्दा मिलाउने भन्दै ठगी गरेको खुलेको प्रहरीले जानकारी दिएको छ। लोकबहादुरले १६ जिल्लाका १८ जना व्यक्तिलाई नक्कली सई बनेर ठगी गरेको पाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी सुनिल दाहालले बताए। हालसम्मको अनुसन्धानबाट विभिन्न जिल्लाका १८…

Read More

काठमाडौं: नेकपा (एमाले) का नेता भीमबहादुर रावलले आफूमाथि कारबाही गरेर देखाउन चुनौती दिएका छन्। गृहजिल्ला अछाममा मंगलबार भएको पत्रकार सम्मेलनमा बोल्दै रावलले आफूलाई कारबाही गरेर देखाउन एमालेलाई चुनौती दिएका हुन्। देश, जनता र पार्टीले लिएको नीतिको पक्षमा आफू खडा भएको केही मानिसहरुलाई बिझाई रहेको भन्दै नेता रावलले त्यस्ता पात्र र प्रवृत्तिलाई चुनौती दिन आफू सक्षम रहेको दाबी गरे। पार्टी विचार शुन्य अवस्थामा पुगेको भन्दै नेता रावलले आफू पार्टीको विधि, विधान र सिद्धान्तको पक्षमा बोल्दै आएकोतर्फ सबैको ध्यानाकर्षण पनि गराउन खोजिरहेको बताए। पार्टीबाट कारबाहीको तयारी भइरहेको छ भन्ने सुनिन्छ नि भन्ने प्रश्नमा उनले भने, पार्टीको सिद्धान्तलाई जोगाउनुपर्छ, विधि विधान अनुसार पार्टी चल्नुपर्छ…

Read More

धनगढी : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुदूरपश्चिम प्रदेश कमिटीले गेटा मेडिकल विश्वविद्यालयको माग राख्दै शिक्षा मन्त्री माननीय विद्या भट्टराईलाई ज्ञापनपत्र बुझाएको छ। उक्त ज्ञापनपत्र बुझाउने क्रममा अनेरास्ववियु केन्द्रिय कमिटीका उपाध्यक्ष गोबिन्द गिरि, केन्द्रिय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज दीपक धामी लगायतका नेताहरूको उपस्थिति रहेको थियो। ज्ञापनपत्रमा सुदूरपश्चिमका जनता लामो समयदेखि स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा सम्बन्धी जनशक्ति उत्पादनमा पछाडि परेको र गेटा विश्वविद्यालय स्थापनाको माग गर्दै संघर्ष गर्दै आएको उल्लेख छ। गुणस्तरीय स्वास्थ्य सेवाको अभावमा हजारौं मानिसले अकालमै ज्यान गुमाउनु परेको अवस्थाको समाधानका लागि गेटा विश्वविद्यालय स्थापना अपरिहार्य रहेको पनि उनीहरूको तर्क रहेको छ। ज्ञापनपत्रमा, शहीद दशरथ…

Read More

काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा र ओमानविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ। टोलीमा तीव्र गतिका बलर रिजन ढकाल र विकेटकिपर ब्याटर अर्जुन साउदले पुनरागमन गरेका छन्। क्यानडामा हुने एकदिवसीय सिरिज भदौ ३१ देखि सुरू हुनेछ। त्यसका लागि नेपाली टोली भोलि जादैछ। असोज १० गते एकदिवसीय सिरिज सकिएपछि असोज १२ बाट टी-२० सिरिज सुरु हुनेछ। दुवै सिरिज नेपालले चार-चार खेल गरी कुल ८ खेल खेल्नेछ। नेपालले क्यानडामा लिग-२ को दोस्रो सिरिज खेल्न लागेको हो। यसअघि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलेको थियो। नेदरल्यान्ड्स र नामिबियाविरुद्धको सो सिरिजमा नेपालले एक खेल मात्र जित्दा तीन खेलमा…

Read More

काठमाडौँ : विशेष अदालत काठमाडौँले मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा केहीलाई दोषी ठहर गरेको छ भने केहीलाई सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँबर, तेजनारायणसिंह राई र मुरारी बाबु श्रेष्ठको इजलासले सोमबार मेलम्ची खानेपानी आयोजनाको भ्रष्ट्राचार मुद्दामा ४ जनालाई दोषी ठहर गरेको छ भने १० जनालाई सफाइ दिएको हो । यसमा तत्कालीन सचिव गजेन्द्र ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मा दोषी ठहर भएका छन् । यस्तै पूर्वसचिव भीम उपाध्यायसहित १० जनाले सफाइ पाएका छन् ।

Read More

रमेश रावत अछाम : नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री डाक्टर भीम रावल गृह जिल्ला अछाम पुगेका छन् । उनलाई सोमबार साँझ साँफेबगरमा एमालेका नेताहरूले स्वागत गरेका छन् । विभिन्न सार्वजनिक कार्यक्रमहरूमा प्रमुख अतिथि हुन अछाम पुगेको भनिएका रावलको जिल्ला भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । रावलले जिल्लामा आफू निकट नेता कार्यकर्ताहरु संग आगामी राजनीतिबारे छलफल गर्न सक्ने अटकल गरिएको छ । नेता रावलको गृह जिल्ला प्रवेशले एमाले वृत्तमा हलचल ल्याएको छ । रावल पक्षधरले जिल्ला भ्रमणलाई खुसीका साथ समर्थन गरेका छन् भने एमाले अध्यक्ष केपी ओली पक्षका नेताहरू रावलको नजिक पर्ने डरले भाग्न थालेका छन् । उनीहरू रावललाई…

Read More

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले धनगढीका मेयर गोपाल हमालसँग सहकार्यको प्रस्ताव राखेका छन् । पार्टीको कार्यक्रमका लागि सोमबार बिहान धनगढी आइपुगेका पूर्वगृहमन्त्रीसमेत रहेका रविले मेयर हमालसँगको भेटमा यस्तो प्रस्ताव राखेका हुन् । सभापति लामिछाने धनगढी उपमहानगरपालिकाको कार्यालयमा पुगेका थिए । उनले धनगढी मेयर हमालसहित उपमहानगरका जनप्रतिनिधिसँग छलफल गरेका थिए । सोही छलफलका क्रममा सभापति लामिछानेले मेयर हमालको खाँचो आफूहरुलाई रहेको बताए । उनले भने, ‘तपाईंको साथको हामीलाई ठुलो अपेक्षा छ । हाम्रो साथको त्यति धेरै अर्थ नहोला । तपाईंको साथको अझ धेरै जरुरत छ ।’ यस्तै सभापति लामिछानेले आफूहरु सहकार्य गर्न खुला रहेको बताए । ‘सहकार्य…

Read More

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने र नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशसरण महत धनगढीबाट काठमाडौं फर्किएका छन्। हिजो धनगढी हुँदै डडेल्धुरा पुगेका महत र आज पार्टीको कार्यक्रममा सहभागी भएका रवि एकसाथ काठमाडौं फर्किएका हुन्। उनीहरू बेलुका एकसाथ राजधानी फर्किएको बताइएको छ। यसैक्रममा नेपाल प्रहरीका एआईजी सुदीप गिरी सुदूरपश्चिम पुगेका छन्। उनी आज बेलुका धनगढी ओर्लिएको बताइएको छ। स्रोतका अनुसार गिरी प्रहरीको आन्तरिक निरीक्षण एवं अनुगमनका लागि त्यहाँ पुगेका हुन्।

Read More

काठमाडौँ : नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए। बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा १२ः३० बजे बस्ने उनले बताए। भदौ १८ र १९ गते बसेको पार्टी पोलिटब्युरो बैठकमा आएका सुझावका आधारमा सचिवालयले वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिने सहमति भएको थियो।

Read More