कैलाली : जिल्ला प्रशासन कार्यालय कैलालीले चाडपर्व मनाउँदा समाजको संस्कृति, परम्परा, मर्यादा र अनुसाशन विपरीत शान्तिसुरक्षा प्रभावित हुने गरी अवाञ्छित गतिविधि नगर्न/नगराउन आग्रह गरेको छ। सो कार्यालयद्वारा जारी सार्वजनिक सूचनामा चाडपर्व मनाउँदा पटाका, अतसबाजी जस्ता प्रज्वलनशील एवं विस्फोटक पदार्थको उत्पादन, ओसारपसार, बिक्री वितरण तथा प्रयोग नगर्न/नगराउन, मादक पदार्थ सेवन गरी पर्वको समयमा सार्वजनिक स्थलमा होहल्ला झैझगडा गरी शान्तिसुरक्षालाई असर पार्ने गतिविधि नगर्न र देउसी, भैलो राति ९बजेसम्म मात्र खेल्न तथा यस्ता कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने गतिविधि नगर्न/नगराउनसमेत आग्रह गरिएको छ ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : नेपाल सरकारले सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । टिकटकबाट सामाजिक सद्भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो । मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ, त्यसका लागि कुनै डेडलाइन तोकिएको छैन । ‘टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन्, ‘त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ ।’
डडेल्धुरा : डडेल्धुरामा युवाहरूले दिदीबहिनी र फुपूका लागि नि:शुल्क बाइक सेवा सुरु गरेका छन्। युवा रमेश भट्ट र प्रकाश जोशीले नि:शुल्क बाइक सेवा सुरु गरेका हुन्। तिहारमा टाढाबाट भाईटिकामा माइतीघर जानका लागि डडेल्धुरा सदरमुकामबाट माइतीघरसम्म यातायात असुबिधा भएका दिदीबहिनी र फुपूलाई ५ किलोमिटर दूरीसम्म सेवा दिने भट्टले बताए। उनकाअनुसार सेवा कार्तिक २७ देखि २९ गतेसम्म रहनेछ। रमेश भट्टको मोबाइल ९८४८७३७९२१ र प्रकाश जोशीको मोबाइल ९८४८७१७८७९ मा फोन गरेर सेवा लिन सकिनेछ।
दार्चुला : दार्चुलामा खलंगाको सिमा पुलको खुल्ने समय एक घण्टा छोट्याइएको छ। भारतसँग सीमा जोडिएको महाकाली नगरपालिका –४ खलंगास्थित झोलुङ्गे पुल खुल्ने समय हेरफेर गरिएको हो। आजदेखि विहान ६ बजे खुलेर साँझ ६ बजे बन्द हुने दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन्। यसअघि बिहान ६ बजे खुलेर वेलुकी ७ बजे बन्द हुँदै आएको सीमा पुल अब एक घण्टा छिटो बन्द हुने उनको भनाइ छ। उनकाअनुसार दिनहरु छोटा भएकाले पुल खुल्ने समय पनि एक घण्टा छोट्याइएको हो। ग्रीष्मकालिन समयमा यो नाका बिहान ६ बजे खुल्ने र साँझ ७ बजे बन्द हुने गरेको छ। शीतकालिन समयमा छिटै अध्याँरो हुने भएकाले…
हेटौंडा : हेटौँडा उपमहागनरपालिका-११ राप्ती पुलनजिक आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक युवककाे मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका – ४ कमलडाँडा बस्ने २२ वर्षीय महेन थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । थापाले चलाएकाे माेटरसाइकलमा दुई युवती सवार थिए । दुई जना युवती घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा बजारबाट थानाभर्याङतर्फ जाँदै गरको ना ६५प ७०५५ नम्बरको मोटरसाइकल तीव्र गतिमा रहेकाले आफैँ अनियन्त्रित भएर दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ । मगरको हेटौँडा अस्पतालमा उपचारको क्रममा ११ बजेर ५ मिनेटमा मृत्यु भएको डीएसपी भण्डारीले जानकारी दिए ।…
मोरङ: मोरङको उर्लाबारीमा गएराति भएको आगलागीमा २८ जना घाइते भएका छन्। घाइते भएकामध्ये केहीको अवस्था गम्भीर छ। घाइते हुनेहरुमा चार जना प्रहरी पनि रहेका जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालले जानकारी दिए। स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी भएको हो। घाइतेहरुको विराटनगर र बिर्तामोडका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। लक्ष्मी पूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा प्रहरी समेत घाइते भएका हुन्। आगलागी नियन्त्रणमा आएको र अरु विस्तृत विवरण सङ्कलनको काम भइरहेको डीएसपी दाहालले जानकारी दिए।
धनगढी : कैलालीसँग जोडिएको सीमावर्ती भारतीय बजार वनगाउँमा नेपालीमाथि कुटपिट गरिएको छ। किनमेलका लागि सीमावर्ती बजार वनगाउँ पुगेका कैलालीका तीन जनामाथि त्यहाँका स्थानीय व्यापारीले कुटपिट गरेका हुन्। कुटपिटबाट २३ वर्षीय झलक कुँवरसहितका तीन जना घाइते भएका छन्। कुटपिटमा परेका अन्य दुई जनाले भने परिचय गोप्य राखिदिन आग्रह गरेका छन्। कपडा किन्न वनगाउँ पुगेका बेला कपडा व्यापारीले टाउकोमा हानेको कुँवरले बताए। लुगा नेपालभन्दा महँगो भयो भनेकै कारण व्यापारीहरु मिलेर आफूमाथि कुटपिट गरेको उनको भनाइ छ। उनीमाथि वनगाउँ बजारमा रहेको न्यू बलाजी किराना स्टोर र गोल्डी कल्थ कलेक्सनका सञ्चालकले कुटपिट गरेका हुन्।
भोजपुर : लक्ष्मीपूजाको लागि बालिएको दियोबाट आगोलागी हुँदा भोजपुरमा २६ लाखभन्दा बढीको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलबहादुर राईले भोजपुर नगरपालिका–८ पोखरे बरबोट स्थित ज्ञानराज विष्टको घरमा लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगलागी हुँदा २६ लाख ५८ हजार बराबरको क्षति भएको जानकारी दिए। आगलागीबाट दुई तले घर जलेको छ भने घरभित्र रहेका लत्ताकपडा, अन्नपात भाडावर्तन, सुनका गरगहना, र नगद रु १५ हजारसमेत नष्ट भएको उनले बताए। जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, स्थानीयवासी र बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
राैतहट : रौतहटको चन्द्रपुर नगरपालिकामा लुटेरा समूहले लाखौँको धनमाल लुटपाट गरेका छन्। सो क्रममा लुटेरा समूहले आक्रमण गर्दा दुई जना महिला घाइते समेत भएका छन्। आइतबार राति ४ जना भन्दा बढीको सङ्ख्यामा आएका लुटेराहरूले चन्द्रपुर ५ का सोनेलाल चौधरीको घरमा लुटपाट गरेको प्रहरीले जनाएको छ। घरको मुलगेट फुटाएर प्रवेश गरेका उनीहरूले चौधरीको श्रीमती कान्ति चौधरी र छोरी नीकम चौधरीलाई धारिलो हतियार प्रहार गरी घाइ बनाएका हुन्। लक्ष्मीपूजा गर्ने क्रममा राखिएको नगद १ लाख ४५ हजार, १४ तोला सुन, ५४ तोला चाँदी लुटेरा समूहले लगेको पीडित परिवारले जनाएको छ। घाइते दुवै जना महिलाहरूको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ। इलाका प्रहरी कार्यालय…
कैलाली: जिल्ला प्रशासन कार्यालय कैलालीले चाडपर्व मनाउँदा समाजको संस्कृति, परम्परा, मर्यादा र अनुसाशन विपरीत शान्तिसुरक्षा प्रभावित हुने गरी अवाञ्छित गतिविधि नगर्न/नगराउन आग्रह गरेको छ। सो कार्यालयद्वारा जारी सार्वजनिक सूचनामा चाडपर्व मनाउँदा पटाका, अतसबाजी जस्ता प्रज्वलनशील एवं विस्फोटक पदार्थको उत्पादन, ओसारपसार, बिक्री वितरण तथा प्रयोग नगर्न/नगराउन, मादक पदार्थ सेवन गरी पर्वको समयमा सार्वजनिक स्थलमा होहल्ला झैझगडा गरी शान्तिसुरक्षालाई असर पार्ने गतिविधि नगर्न र देउसी, भैलो राति ९ बजेसम्म मात्र खेल्न तथा यस्ता कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने गतिविधि नगर्न/नगराउनसमेत आग्रह गरिएको छ।