कञ्चनपुर : कञ्चनपुरमा घर बनाउने क्रमममा एक मिस्त्रीको ज्यान गएको छ ।
आज दिउँसो बेलडाडी -३ खैरीघाटमा घरको सिढी निर्माणका क्रममा सिढी खस्दा बेलडाडि गाउँ पालिका-३ बैवाहाका मिस्त्री २८ वर्षिय सन्तोष डगौराको मृत्यु भएको हो ।
सन्तोष ठेक्का लिइ घर निर्माणको गरिरहेका थिए । आफैले निर्माण गरेको सिढी खस्दा घाइते भएका सन्तोषको उपचारको क्रममा धनगढीको निसर्गमा मृत्यु भएको हो । शवको पोस्टमार्टमका लागि सेतीमा लगिएको छ ।
Facebook Comments Box