Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहको छ। तराइका थोरै स्थानहरूमा हुस्सु लागेको छ। आज दिउँसो कोशी, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।  आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले…

Read More

धनगढी : नेपाली राष्ट्रिय क्रिकेट टिमको ब्याकअपको रुपमा रहेको ‘ए’ टिमले मुलपानी मैदानमा तीन खेल खेल्दैछ।  नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाल र क्यानडाबीच मुलपानीमा फागुन ६, ८ र १० गते तीन वटा एकदिवसीय खेल हुनेछ। नेपाली क्रिकेटको इतिहासको ए टिम खेल्न लागेको पहिलो पटक हो। टिमको कप्तानी विनोद भण्डारीले गर्नेछन्। टिममा अधिकांस युवा खेलाडीले स्थान बनाएका छन्। ए टिमको प्रशिक्षक पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र कलाम अली छन्। नेपाल ‘ए’ टिमविनोद भण्डारी (कप्तान), प्रतिश जी.सी, आशुतोष घिरैया, रसिद खान, अर्जुन कुमाल, रिजन ढकाल, बशीर अहमद, सागर ढकाल, विवेक यादव, शाहब आलम, हेमन्त धामी, सन्दीप जोरा, किरण ठगुन्ना, शेर मल्ल,…

Read More

काठमाडौं : नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बिहीबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । डिजेल मट्टितेल र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ । भारतीय आयल कर्पोरेसनबाट प्रतिलिटर १.५६ रुपैयाँले मूल्य बढेर आएपनि निमगले प्रतिलिटर २ रुपैयाँले मूल्य बढाएको हो । निगमका अनुसार हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य यथावत छ । निगमका अनुसार बढेको मूल्य शुक्रबार विहान १ बजेदेखि नै लागू हुने छ ।

Read More

धनगढी : बझाङको तल्कोट गाउँपालिकाको साईलाबगडमा नजिक जिप दुर्घटना हुँदा एक जना मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । तल्कोट १ का सुस्मिता कठायतलाई बेहोस अवस्थामा जिल्ला अस्पताल पुर्‍याइएको र अस्पतालले उनको मृत्यु घोषणा गरेको छ भने चालक तल्कोट ३ का राजेश कडाल र सहचालक मष्टा ५ का कमल कठायतको अवस्था हाल मध्यम रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक भरत बहादुर शाहका अनुसार तलकोटबाट चैनपुर आउने क्रममा से १ ज ८६८ नम्बरको जीप बिहिबार साझ अनियन्त्रित भएर सडकबाट ७० फिट तल खसेको थियो । दुर्घटनामा घाइते भएकाहरु दुबै जनाको उपचार जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । १. जिल्ला बझाङ तलकोट गा.पा.३…

Read More

धनगढी : दाङमा डिउटीमा रहेकी एक महिला प्रहरी जवानलाई गोली हानेर हत्या गरिएको छ । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत जवान धनमाया थापाको घोराहीको दामोदर चोकमा आज साँझ करिब ७ बजेतिर गोली हानी हत्या गरिएको हो । गोली हान्नेमा उनकै श्रीमान यमबहादुर झाक्री रहेका छन् । उनले प्रहरीले पक्राउ गरि थप अनुसन्धान गरिरहेको छ ।

Read More

धनगढी : कालिमाटीस्थित अमन खाद्य स्टोरमा २७ माघमा मध्यराति चोरी भएको कुरा भोलिपल्ट स्टोर संचालकले थाहा पाए । त्यसपछि उनले प्रहरीमा उजुरी गरे । बाराको गढीमाई घर भएका ४७ वर्षीय मनोज कुमार गुप्ताले संचालन गरेको खाद्य स्टोरबाट २० लाख रुपैयाँ नगद चोरी भएको हो । चोरीमा संलग्न आरोपमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ घर भएका लोकसिंह ठगुन्नालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए । २२ वर्षका ठगुन्नाले राति १२ बजेतिर सटर फुटाएर चोरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । खाद्य स्टोरको चेनगेट खुला देखेपछि ठगुन्ना साँझ ९ बजेतिर भित्र छिरेका हुन् । तर, राति १२ बजेसम्म उनी प्यासेजमा…

Read More

धनगढी : बझाङको तल्कोट गाउँपालिकाको साईलाबगडमा नजिक जिप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइतेहरुमध्ये एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक भरत बहादुर शाहका अनुसार तलकोटबाट चैनपुर आउने क्रममा से १ ज ८६८ नम्बरको जीप बिहिबार साझ अनियन्त्रित भएर सडकबाट तल खसेको थियो । दुर्घटनामा घाइते भएकाहरु तीनै जनाको उपचार जिल्ला अस्पताल बझाङमा उपचार भईरहेको छ ।

Read More

धनगढी : नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई कारबाही गरिएको छ । बिहिबार केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य महरले दिएको राजीनामा स्वीकृत गरेको उल्लेख गरेको छ । तर महरले राजीना नदिएको र उनलाई कारबाही भएको बुझिएको छ । पार्टीका एक नेताका अनुसार महर विभिन्न विवादहरुमा मुछिएकाले केन्द्रीय सचिवालय बैठकले उनलाई कारबाही गरेको बताए । महर विरुद्ध सचिवालयमा उजुरी समेत परेको बुझिएको छ । गत मंसिरमा महरको भनिएको ‘यौनसम्बन्धी विवाद’को एक अडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

Read More

धनगढी : नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले राजीनामा दिएका छन् । केन्द्रीय सचिवालय बैठकले उनको राजीनामा स्वीकृत गरेको केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै सिराज अहमत फारुकीको राजीनामा पनि स्वीकृत भएको छ ।

Read More

काठमाडौँ : बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ दोषी ठहर भएका छन् । विशेष अदालतले भाटभटेनीका सञ्चालक गुरुङलाई २ वर्ष कैद र ८० लाख जरिवानाको सजाय सुनाएको छ । अदालतले गुरुङसहित रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई पनि सोही सजाय तोकिएको छ ।

Read More