धनगढी । कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
कैलालीको गोदावरी नगरपालिका—१ बसन्तपुरबाट २ ग्राम २३० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित बझाङ्गको केदारस्युँ गाउँपालिका —७ बस्ने ३८ वर्षीय खडक धामीसहित दुई जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागूऔषध फेला पारी दुबैलाई पक्राउ गरेको बताएको छ।
Facebook Comments Box