Author: महेन्द्रनगर पोष्ट

बैशाख : नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफुहरुलाई कसैले कमजोर ठान्ने कुचेष्टा गर्यो भने देशमा फेरी अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिएका छन् । आफु देशका ठूला हस्ती राजा विरेन्द्र देखी ज्ञानेन्द्र, गणेशमान देखी कृष्णप्रसाद भट्टराई, गिरजाप्रसाद कोइरालादेखी प्रचण्ड सम्मलाई सामना गरेर आएको नेता भएकोले आफु र आफना पार्टीलाई कसैले कमजोर नठान्न नेता नेपालको चेतावनी दिएका हुन । गृह जिल्ला रौतहटको गौर नगरपालिका–२ महादेवपट्टि स्थित लालबकैया नदिमा नवनिर्मित मधेश प्रदेश कै सबभन्दा दोश्रो लामो झोलुङ्गे पुलको शुक्रवार उद्घाटन गर्दै अध्यक्ष माधव नेपालले यस्तो बताएका हुन् । झोलुङ्गे पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एसका अध्यक्ष…

Read More

पाल्पा : पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका छन । जसमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । पाल्पाको निस्दी–३, खाँदरमा जिप दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ । शुक्रबार राती लु १ ज २५३५ नम्बरको जिप जन्ती लिएर निस्दी खाँदरबाट सहलकोटतर्फ जाने क्रममा सो दुर्घटना भएको हो । भित्री कच्ची सडकमा दुर्घटना हुँदा जिपमा सवार १७ जनामध्ये १० जना घाइते हुन पुगेका थिए । घाइतेहरूको उपचारका लागि रामपुर अस्पतालमा पठाइएको छ । सो जीपका चालक फरार रहेकाले खोजी कार्य जारी राखिएको छ ।

Read More

काठमाडौं : झापाको कचनकवलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। तीनजना गम्भीर घाइते भएका छन्। बनियानीमा शुक्रबार राति दुई मोटरसाइकल ठोक्किँदा वडा नंं ४ का ४१ वर्षीय कृष्णप्रसाद शाहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। केचनाबाट बनियानीतर्फ आउँदै गरेको मे ८ प ८१७ नम्बर को मोटरसाइकल र बनियानीबाट केचनातर्फ जाँदै गरेको बीआर ३६ एक्स ३९४४ नम्बरको मोटरसाइकल ठक्कर खाएका हुन्। पछाडि बसेका १४ वर्षीय सन्दीप माझी गम्भीर घाइते भएका छन्। अर्को मोटरसाइकलमा सवार कचनकवल(६ बस्ने २१ वर्षीय गोपाल राजवंशी र ७ बस्ने २५ वर्षीय रामबहादुर राजवंशी घाइते भएका छन्।

Read More

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विनाविभागीयको हैसियतमा रहेका दुई मन्त्रीलाई जिम्मेवारी दिएका छन्। आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले दुवै मन्त्रीलाई जिम्मेवारी दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता प्रवीण ढकालले जानकारी दिए। मुख्यमन्त्री अधिकारीले बिनाविभागीय मन्त्री हरिबहादुर चुमानलाई आर्थिक मामिला र राजीव गुरुङ (दीपक मनाङे) लाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बनाएको स्रोतले जनाएको छ। उनीहरूलाई पदभार ग्रहण भने आइतबार मात्रै गराउने तयारी छ। सभामुखलाई समेत प्रयोग गरेर मुख्यमन्त्री नियुक्त हुन गैरसंवैधानिक भन्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराजले चैत २७ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। अदालतले सरकारलाई कामचलाउ हैसियतमा मात्र काम गर्न भनेको छ। प्रदेश सभामा विश्वासको…

Read More

रुपन्देही : पश्चिमनवलपरासीको पाल्हीनन्दन पाल्हीनन्दन गाउँपालिका–६ स्थित पडरी गाउँमा आगलागी हुँदा १० घर जलेर नष्ट भएका छन् । आगलागीमा ८ वटा बाख्रा पनि मरेको डिएसपी रेशम बोहोराले जानकारी दिएका छन्। आगलागीबाट मानवीय क्षति भने नभएको र अन्य क्षतिको एकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । दिउँसो ४ बजेतिर लागेको आगो प्रहरी, नेपाली सेना, स्थानीय, रामग्राम र बर्दघाट नगरपालिकाको दमकलको सहयोगमा साँझ पौने ६ बजेतिर नियन्त्रणमा आएको थियो । गर्मी बढेसँगै हावाहुरी चल्दा तराइका जिल्लामा आगलागीको जोखिम थप बढेको छ ।

Read More

कञ्चनपुरः कञ्चनपुर प्रहरीले सवारी ज्यान मुद्दाका एक फरार प्रतिबादीलाई पक्राउ गरेको छ। सवारी ज्यान मुद्दामा २ महिना ८ दिन कैद सजाय र ७० हजार जरिवाना ठहर भई फरार रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–६ सुकासाल बस्ने ५१ वर्षीय करन चन्दलाई शुक्रवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। जिल्ला अदालत कञ्चनपुरले २०८० माघ ८ गते चन्दलाई फैसला सुनाएपछि उनी फरार रहेका थिए। उनलाई पक्राउ गरी सजाय भुक्तानका लागि अदालतमा पेस गरिएको छ ।

Read More

काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका केही भूभागमा शनिबार पनि वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना छ। राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने…

Read More

झापा : भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । पूर्वी नाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया हिजो भारतले रोकेको हो । चिया निर्यातको अनुमति नपाएर रोकिएका ती ट्रकहरु पानीटङ्कीको सडकमा असुरक्षित अवस्थामा रहेका छन । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले भारतीय भन्सारमा नेपाली चिया रोकिएको स्वीकार गर्दै त्यसलाई खुलाउन स्थानीय र केन्द्रीय तहबाट प्रयास भइरहेको बताएका छन । चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि अग्रवालका अनुसार पानीटङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयले हरेक ट्रकमा नेपाली चियाको अलग–अलग गुणस्तर परीक्षण गरिनुपर्ने नयाँ नियम लगाएर निर्यातमा रोक लगाएको हो…

Read More

काठमाडौं : नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि शुरु हुदै छ । यस बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने भएका छन् । एमालेका महासचिव शंकर पोखरेलले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने जानकारी दिएका छन् । उनले यस बैठकले पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयको निर्क्योल गर्ने बताए । बैठकमा मिसन ग्रासरुट संगठन सुदृढकरण अभियान र समृद्धिका लागि संकल्प यात्राका रुपमा गरेको झुलाघाट( चिवाभज्याङ यात्राको समीक्षा हुने उनले बताए । यसैगरी आगामी दिनमा वार्षिक कार्ययोजनाहरूलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पनि बैठकमा समीक्षा हुने महासचिव पोखरेलले जानकारी दिएका छन् ।…

Read More

काठमाडौं : धनकुटामा माइक्रोबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। काठमाडौंको कोटेश्वरबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटा नगरपालिका–९ स्थित मूलघाट(रुद्रबारी सडकखण्डमा राति २ बजे दुर्घटना भएको हो। माइक्रोबस अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलकुमार शाहले जानकारी दिए।

Read More