Author: महेन्द्रनगर पोष्ट

महेन्द्रनगर : सशस्त्र प्रहरी बलले कञ्चनपुरमा नेपाल–भारत सीमा स्तम्भ रङ्गरोगन गरेको छ । सरकारले पहिलोपटक सीमा स्तम्भ मर्मत एवं रङ्गरोगनको जिम्मेवारी दिएपछि सन् २०१४ पछि बनेका सीमा स्तम्भमध्ये बिजोडी स्तम्भ सशस्त्र प्रहरीले रङ्गरोगन गरेको हो । यहाँस्थित सशस्त्र प्रहरी बल ३५ नं गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले सशस्त्र प्रहरी बलको जिम्मा दिइएका ६६ सीमा स्तम्भ हालै रङ्गरोगन गरिसकिएको बताए। ‘डोकेबजारमा रहेको सीमा स्तम्भ सात सय ५३ देखि भीमदत्त नगरपालिका–९ खल्ला मसेटीमा रहेको आठ सय १६ सीमा स्तम्भसम्म रहेका बिजोडी सङ्ख्याका स्तम्भ हामीले रङ्गरोगन गरिसकेका छौँ’ उनले भने, ‘जोर सङ्ख्याका स्तम्भहरू भारतीय सीमा सुरक्षा बल (एसएसबी) लाई रङ्गरोगनको…

Read More

कैलाली : बैंकिङ कसुर मुद्दाकी कञ्चनपुरकी फरार प्रतिबादी जानकी कुवँर धनगढीबाट पक्राउ परेकी छिन्। जिल्ला अदालत कञ्चनपुरले २०८० पुस २ गते बैंकिङ कसुर मुद्दामा १ महिना कैद र ५ लाख ६० हजार जरिवाना फैसला सुनाएपछि कुवँर फरार रहेकी थिइन्। कञ्चनपुरको भीमदत्त नगरपालिका १८ बस्ने ४५ वर्षीया कुवँरलाई जिल्ला प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बिहीवार दिउँसो धनगढीबाट गरेको बताएको छ।

Read More

बाजुराः बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन्। त्रिबेणी नगरपालिका ४ घट्टेखोला स्थित सोही ठाउँ बस्ने ४२ वर्षीय रुपक साउँद बिहीवार दिउँसो मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट आवश्यक अनुसन्धान भई रहेको जनाइएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरको एक घरमा आगलागी भएको छ। हिजो जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रह्मा टोलका लक्ष्मण जोशीको भान्सा कोठामा आगलागी भएको हो। विद्युतको तार सर्ट भएर आगलागी भएको बताइएको छ। आगलागीबाट अन्दाजी ८० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ। 

Read More

कपिलवस्तु : ‘राति ९ बजेतिर कोहलपुरमा खाना खाएपछि काठमाडौँतर्फ अघि बढेको बसको सिटमा म निदाउन आँटेकी थिएँ, बस तीव्रगतिमा भएर होला पहाडमा ठोक्किँदा ठूलो आवाज आयो’, बुटवलस्थित चौराहा अस्पतालमा उपचाररत ५५ वर्षे यात्रु नारायणी थापाले सुनाए। उनले छोरीसँगै काठमाडौँ जान बुधबार दिउँसो साढे दुई बजे महेन्द्रनगरबाट छुटेको गाडी चढेका थिए। सुनौलो महाकाली यातायातको बस कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै दुर्घटना हुँदा उनी घाइते भइ हाल अस्पतालमा उपचाररत छन्। सो दुर्घटनामा परी सात पुरुष र तीन महिला गरी १० जनाको मृत्यु भयो भने ३० जना यात्रु घाइते भए। ‘दुर्घटनापछि यात्रुहरु बचाउबचाउ भन्दै गरेको आवाज दिइरहेको सुनेपछि मैले पनि आवाज दिए। त्यसपछि…

Read More

भक्तबहादुर गाहा, डोटी: डोटीको आदर्श गाउँपालिकाको एक वडाले २४सैं घण्टा सेवा दिइरहेको पाइएको छ। अन्य वडा कार्यालयमा कर्मचारी समयमा नआएर सेवाग्राहीलाई सास्ती पाइरहेको समचार सुनिरहदा डोटीको आदर्श गाउँ पालिका वडा नम्बर ६ ले भने नागरिकलाई चौबिसै घण्टा सेवा दिने गरेको पाइएको हो । आदर्श गाउँपालिकाकै विकट मानिने ६ नम्बर वडाले त्यहाँका नागरिकलाई आवश्यक परेको समयमा जुनसुकै समयमा कार्यालयले सेवा दिने गरेको वडाका सचिव श्याम सिंह धामीले बताए । सचिव धामीका अनुसार दुरीको हिसाबले ६ न. वडा निकै दुर्गम भएको र पालिका तथा जिल्ला प्रशासन लगाएत अन्य कार्यालय जान बिहानै जानूपर्ने भएकोले पनि सेवाग्राही कार्यालयमा बिहानै पुग्ने गरेको बताए । वडा…

Read More

काठमाडौँ : राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारीले फट्याइँ गरेका छन् । बैंकको महाराजगञ्ज शाखामा कार्यरत पाँचौ तहका पियन पुण्यप्रसाद अधिकारीले मृत्यु भैसकेका निजामती कर्मचारीको खाताबाट पेन्सन निकालेको पाइएको हो। रामेछापको लिखु तामाकोशी गाउँपालिकाका ५५ वर्षीय अधिकारीले नक्कली कागजात बनाएर विभिन्न व्यक्तिहरुको पेन्सन खाताबाट रकम निकाल्ने गरेका थिए। मृतकहरु कृष्णबहादुर रोक्का क्षेत्री, निना शाही, तुल्सीमाया श्रेष्ठ, बद्रीबहादुर खड्का क्षेत्री, सुरेश्वर देवकोटा, माधव थापाक्षेत्री, सानुचा पोडे र गायत्री कुमारी कटुवालको रकम उनले निकालेको भेटिएको हो। दस्तखत नमूना परिवर्तन गर्ने निवेदन दिएर आरोपी आफैंले रकम निकाल्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले बताए। उनलाई पक्राउ गरेर प्रहरीले बैंकिङ कसुर तथा ठगीसम्बन्धी…

Read More

काठमाडौँ : मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेशका लागि आज नेपालले मलेसियासँग खेल्दै छ । मलेसियासँगको खेलमा जित जिकाले नेपाल एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेश गर्नेछ ।  बुधवार भएको खेलमा जापानलाई १६ रनले पराजित गर्दै मलेसिया प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । यसअघि बुधबार नै कुवेतविरुद्धको खेलमा नेपाल डकवर्थ लेविस पद्धति (डीएलएस) अनुसार आठ विकेटले विजयी भएको थियो । यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छ ।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहको छ। तराइका थोरै स्थानहरूमा हुस्सु लागेको छ। आज दिउँसो कोशी, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।  आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले…

Read More

धनगढी : नेपाली राष्ट्रिय क्रिकेट टिमको ब्याकअपको रुपमा रहेको ‘ए’ टिमले मुलपानी मैदानमा तीन खेल खेल्दैछ।  नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाल र क्यानडाबीच मुलपानीमा फागुन ६, ८ र १० गते तीन वटा एकदिवसीय खेल हुनेछ। नेपाली क्रिकेटको इतिहासको ए टिम खेल्न लागेको पहिलो पटक हो। टिमको कप्तानी विनोद भण्डारीले गर्नेछन्। टिममा अधिकांस युवा खेलाडीले स्थान बनाएका छन्। ए टिमको प्रशिक्षक पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र कलाम अली छन्। नेपाल ‘ए’ टिमविनोद भण्डारी (कप्तान), प्रतिश जी.सी, आशुतोष घिरैया, रसिद खान, अर्जुन कुमाल, रिजन ढकाल, बशीर अहमद, सागर ढकाल, विवेक यादव, शाहब आलम, हेमन्त धामी, सन्दीप जोरा, किरण ठगुन्ना, शेर मल्ल,…

Read More