Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : लुम्बिनी प्रदेशका राप्रपा सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कपिलवस्तु क्षेत्र नम्बर ३ (२) का सांसद यादवसहित १९ जनाविरूद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याएर भ्रष्टाचार गरेको आरोपमा काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको हो। कपिलवस्तुको गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले कटान गरेको काठ लुकाएर मिलेमतोमा अनियमितता गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो। आर्थिक वर्ष २०७४/०७५ मा ठेकेदार समेतले ६ वटा कटान प्लटहरूको ३७ हजार क्यूफिट काठ काटी निकाल्ने ठेक्का स्वीकृत गराएको अख्तियारले जनाएको छ। कर्मचारीहरूसँग मिलेमतो गरी केही काठ लुकाएर नजिकैको स-मिललाई बिक्री गरी अनियमितता गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। उक्त उजुरीपछि…

Read More

काठमाडौं : क्यानडा एघारसँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल ए २ विकेटले विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा जितका लागि पाएको २४१ रनको लक्ष्य नेपालले खेल सकिन ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो । यो जितसँगै नेपालले ३ खेलको शृंखला १-१ को बराबरी गरेको थियो । पहिलो एक दिवसीयमा नेपाल ४ विकेटले पराजित भएको थियो । नेपाललाई जिताउन कप्तान सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय पारी खेले । ७४ बलमा सन्दीपले ७ चौका र १ छक्काको मद्दतमा ६६ रन बनाए । ए टिमका कप्तान विनोद भण्डारी बिरामी भएकाले जोरा कप्तानी गर्ने अवसर पाएका थिए । यस्तै बसिर…

Read More

धनगढी: नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया सुरू भएकाे छ। जिल्ला निर्वाचन कमिटीले मतदाता नामावली प्रकाशन, दाबी विराेध लगायतका सूचना जारी गर्दै प्रक्रिया सुरू गरेकाे छ। आज साँझ ५ बजे मतदाताकाे अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवार फारम वितरणकाे प्रक्रिया अघि बढाइएको निर्वाचन कमिटीले जारी गरेकाे सूचनामा उल्लेख गरिएको छ। ७  बजे उम्मेदवारकाे नामावली प्रकाशन गरेर उजुरी तथा दाबी विराेधकाे काम सकेर राति सवा १० बजे अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन कमिटीले जनाएको छ। भाेलि बिहान १० देखि दिउँसो २ बजेसम्म मतदानकाे कार्यतालिका तय गरिएको छ। एमाले कैलालीमा सहमतिमै नेतृत्व चयन गर्ने नेताहरूकाे प्रयासले सार्थकता नपाएपछि निर्वाचन प्रक्रिया…

Read More

धनगढी : मंगलबार बिहान धनगढी विमानस्थलमा नेकपा एमाले सचिव लेखराज भट्ट र पूर्व उपाध्यक्ष भीम रावलबीच जम्काभेट भएको छ। भट्ट केन्द्रीय समितिको बैठकमा सहभागी हुन जाने र रावल वैधनाथ कोटीहोमको लागि अछाम जाने क्रममा भेट भएको हो। भेटका क्रममा दुई नेताहरुबीच रमाइलो गफ सुरु भयो। दुवैले एकअर्काको हालखबर घर परिवारको सन्चो बिसन्चो सोधे। रावलले भट्टलाई तपाईंको घरको महायज्ञ सकियो कि भनेर सोधे, अनि भट्टले महायज्ञ सकिएको छैन अछाम जाँदा मेरो घर पसेर प्रसाद ग्रहण गरेर जानूहोला भने। करिब आधा घण्टा सँगै बिताएका दुई नेताहरुले खुलेर गफ गरेका थिए। गफकै क्रममा भट्टले ठट्टा गर्दै रावललाई भने, ‘कमरेड अब पार्टी बनाउन एउटा…

Read More

सल्लेरी- पर्यटकीय क्षेत्र सोलुखुम्बुको नाम्चे र खुम्जुङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ। गत माघ २२ गतेको हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि विद्युत् ठप्प भएको हो। अहिले यो क्षेत्रमा सञ्चार सेवा ठप्प छ। एटीएम सेवासमेत प्रभावित बनेको इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक कविन राईले बताए। अधिकांश विदेशी नगदका लागि एटीमएममा निर्भर हुने भएकाले समस्या भएको पर्यटन व्यवसायी बताउँछन् । नाम्चेमा विद्युत सेवा नभएपछि सो क्षेत्रमा पुगेका आफूहरूसमेत समस्यामा परेको प्रहरी निरीक्षक राईले जानकारी दिए। ‘हाम्रो सञ्चार सेवा पनि अहिले अवरुद्ध छ। विद्युत् नभएर मोबाइल चार्ज गर्न नपाएर सबै ठप्प छ’, उनले भने,…

Read More

अछामः अछाममा मल्लेखको एक किराना पसलमा चट्याङ्ग लागेर आगलागी भएको छ। मल्लेख गाउँपालिका-६ नम्बर वडाको नन्देश्वरी बस्ने ५५ वर्षीय दिपक बोहोराको २ कोठे किराना पसलमा गएराति १० बजेतिर चट्याङ्ग लागेर आगलागी भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। आगलागीबाट अन्दाजी ७ लाखको क्षति भएको प्रहरीले जनाएको छ।

Read More

कैलाली : कैलालीको घोडाघोडी नगरपालिकाको जङ्गलमा विद्युतीय धराप थाप्ने थप ३ जना परेका छन्। पक्राउ पर्नेमा घोडाघोडी–४ बस्ने ४९ वर्षीय जितबहादुर चौधरी, ३८ वर्षीय सुधराम चौधरी र घोडाघोडी-५ बस्ने ४० वर्षीय राजकुमार चौधरी रहेका छन्। उनीहरूले जंंगली जनावरको सिकार गर्न गत माघ १० गते स्थानीय तुलसीपुर सामुदायिक वनमा थापेको धरापमा परि घोडाघोडी–१० का धनबहादुर शाहीको ज्यान गएको थियो भने मोहन्याल गाउँपालिका–३ का दुर्गा खत्री घाइते भएका थिए। घटनामा संलग्न घोडाघोडी–४ का मनीराम चौधरीलाई सुखड प्रहरीले यस अघि नै पक्राउ गरेको थियो। मनीराममाथि मुद्दा चलिरहेको छ। घटना अनुसन्धानमै रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले बताए। 

Read More

काठमाडौँ : दोलखा जिल्ला केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो। केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मिनेट जाँदा हाट डाँडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो। यसअघि शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

Read More

अछाम : अछाममा बदेँलको आक्रमणबाट एक पुरुष घाइते भएका छन्। मंगलसेन नगरपालिका–६ का ४९ वर्षीय रामप्रसाद भण्डारी गम्भीर घाइते भएका हुन्। सोहि पालिकाको–७ को खेताडा टोलमा बस्तिमा छिरेको बदेललाइ लखेटने क्रममा आक्रमणमा परेर भण्डारी गम्भीर घाइते भएका हुन्। भण्डारीको अनुहार, तिर्घा, दुवै हात लगायत शरिका अन्य भागमा चोट लागेको प्रहरीले जनाएको छ। उनलाई जिल्ला अस्पताल अछामले सामान्य उपचार गरेर सुर्खेत प्रादेशिक अस्पतालमा रेफर गरेको छ।

Read More

बझाङ : सुदूरपश्चिम प्रदेशको गेम चेन्जर आयोजनाको रुपमा हेरिएको चैनपुर सेती जलविद्युत परियोजना मुख्य सुरुङ मार्गतर्फ जाने बाटो (अडिट टनेल) को निर्माणको काम सुरु भएको छ। नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने २ सय १० मेगावाट क्षमताको यो आयोजनाको रुमाली गाड र बस्टीको दुई वटा टनेल निर्माणको काम एकसाथ सुरु भएको हो। मुख्य सुरुङमा जान निर्माण हुने तीन वटा अडिट टनेल मध्ये तलकोट गाउँपालिका–३ रुमाली गाडमा एउटा र बस्टीमा २ वटा रहनेछन्। टनेल निर्माणको बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले उद्घाटन गरेका छन्। तीन मध्ये बस्टीगाउँको बस्तीनजिक रहेको अर्को सुरुङ भने स्थानीयले सिँचाई र रोजगारीको माग गर्दै विवाद गरेका कारण निर्माण…

Read More