Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बिहिवार साँझ धनगढी उपमहानगरपालिका-१८ “ई” गाँउस्थित सडकको छेउमा भुखाली चौधरीले रोकी राखेको ठेलामा से ६ प ९७२२ नम्बरको मोटरसाइकल ठोक्किदा चालक कैलारी गाँउपालिका-३ दक्षिण भरडी बस्ने २३ वर्षीय अनुज चौधरीको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

काठमाडौं : नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) को लागि माग पद संख्या थप गरेको छ । प्रहरी प्रधान कार्यालयको भर्ना शाखाका अनुसार यसअघि कार्तिक ३ गते  माग गरिएको २६० असईमा थप १०५ जनाको संख्या थप गरी जम्मा ३६५ जनाको पद संख्या कायम गरिएको हो ।

Read More

कैलाली : कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–७ जोखरतालबाट ७५० मिलिग्राम खैरो हेरोइनसहित सोही ठाँउका २९ वर्षीय रामकृष्ण चौधरीलाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। यस्तै बर्दगोरिया गाउँपालिका– १ झगडपुरबाट १ ग्राम ६५० मिलिग्राम लागुऔषधसहित सोही ठाँउका २८ वर्षीय अनिल विक र २७ वर्षीय सन्तोष विकलाई पनि बिहीवार प्रहरीले पक्राउ गरेको हो। तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी  प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति  गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More

काठमाडौं : नेपाली सेनाको सैनिक कल्याणकारी निर्देशनालयले विभिन्न पदका लागि करारमा आवेदन माग गरेको छ । पूर्णकालिन, ज्यालादारी र फ्ल्याट बेसिसमा भर्ना गर्ने गरि सेनाले यही फागुन ११ गतेसम्म आवेदन दिनसक्ने गरि विभिन्न पदका लागि ११९ जनाका लागि आवेदन माग गरेको हो ।

Read More

काठमाडौं : नेपाल प्रहरीले २ हजारभन्दा बढी प्रहरीका लागि दरखास्त आह्वान गरेको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै प्रहरी जवानदेखि भान्छे, हजाम, कुचीकार र खेलाडीका लागि दरखास्त आह्वान गरेको हो। जस अन्तर्गत प्रहरी जवानका लागि १ हजार ८५६ जना, ५३ जना भान्छे, ७ जना हजाम, २० जना कुचिकार र १४ जना खेलाडी माग गरिएको छ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले  फागुन २ गतेदेखि चैत ९ गतेसम्म तोकिएको प्रहरी कार्यालयमा उपस्थित भई दरखास्त दिन सक्नेछन्।

Read More

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि गठित समितिले उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको अल्पसूची सार्वजनिक गरेको छ ।  ४३ जनाले आवेदन दिएकामध्ये समितले १४ जनालाई अल्पसूचीमा राखेको हो । अल्पसूचीमा पर्नेमा कुसुम शाक्य, केशरजंग बराल तथा गोविन्द सुवेदीलाई सर्ट लिस्टमा राखेको छ । त्यस्तै चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्र प्रसाद पौडेल, टंकनाथ धमला, तीर्थराज खनिया र नारायणप्रसाद बेलवासे रहेका छन् । त्यसैगरी प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्र पव्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा पनि अल्पसूचीमा परेका छन् । उनीहरुमध्येबाट अब समितिले अन्तर्वार्ता र कार्ययोजनाको प्रस्तुतीकरणका आधारमा तीन जनाको नाम प्रधानमन्त्री तथा कुलपति प्रचण्डलाई सिफारिस गर्नेछ ।  प्रधानमन्त्री…

Read More

धनगढी : सूचनाकाे हकका लागि सुदूरपश्चिम प्रथम प्रदेश महाधिवेशन हुने भएकाे छ। सूचनाकाे हकका लागि राष्ट्रिय महासंघ सुदूरपश्चिम प्रदेश समितिले महाधिवेशन गर्न लागेकाे हाे। धनगढी उपमहानगरपालिका वडा नम्बर १६ भादामा शुक्रबार र शनिबार महाधिवेशन हुने भएकाे आयाेजकले जनाएकाे छ। कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह प्रमुख अतिथी रहने सूचनाकाे हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष श्रवण देउवाले बताए । सुदूरपश्चिमका प्रदेशका सचिव तथा कार्यालयहरुका सूचना अधिकारी हरुसँग पनि छलफल गरिने उनले बताए ।

Read More

धनगढी : धनगढी हसनपुरमा रहेकाे गाेठालाे डेरीले प्रेम सप्ताह नयाँ तरिकाले मनाईरहेकाे छ।  आजसम्म प्रेम सम्बन्धमा नरहेका युवायुवतीका लागि उक्त अफर ल्याएकाे हाे।  आफ्ना ग्राहकहरुकाे चिया र केकले मन जित्दै आएकाे गाेठालाेले पछिल्लो समय आफ्ना सेवाहरुमा छुट अफरहरु दिँदै आएकाे छ।  गाेठालाेमा आउने ग्राहकहरुले फारम भरेर गाेठालाेका प्रतिनिधिले प्रमाणित गरे ग्राहकलाई एक कप चिया फ्रि दिने अफर ल्याएकाे गाेठालाेले जनाएकाे छ। गाेठालाेले प्रेम सप्ताहभर गाेठालाेकाे केकमा १० प्रतिशत र अन्तिमदिन (भ्यालेन्टाइन्डे) काे दिन २० प्रतिशत छुटकाे पनि व्यवस्था गरेकाे छ। गाेठालाेले काम गर्ने शैलीकै कारण मन्त्री, मेयर, सांसद तथा अन्य ग्राहकहरुकाे हाैसला पाइरहकाे छ।

Read More

डडेल्धुरा : डडेल्धुरा अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  विशेषज्ञसहितको एकदिने निः शुल्क स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको हो । काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोग, डडेल्धुरा अस्पताल व्यवस्थापन तथा अमरगढी नगरपालिकाको आयोजनामा बृहत स्वास्थ्य शिवीर आयोजना गरिएको थियो । शिविरमा १ हजार ५ सय  जनाले सेवा लिएका आयोजक अमरगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख गणेश बिष्टले जानकारी दिए  ।  शिविरमा स्वास्थ्य परीक्षण गर्दा केहिमा जटिल समस्या देखापरेकाले उनीहरुको काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।  शिविरमा जनरल मेडिसिन, स्त्री तथा प्रसुती रोग सेवा, बाल रोग सेवा, शल्यक्रिया, हाडजोर्नी तथा नशा रोग, छाला तथा यौन रोग,…

Read More