काठमाडौं: जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्की नक्साल तानिएका छन्। उनको सरुवा गर्दै प्रहरी प्रधान कार्यालय नक्साल तानिएको हो।
उनलाई नौ महिनामा हटाएर एसपी राजन लिम्बुलाई खटाइएको छ। एसपी कार्की गत पुसमा मोरङ गएका थिए।
नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा उनको सरुवा भएको थियो। आर्थिक अनियमिततामा मुछिएको पाइएपछि प्रहरी हेडक्वार्टरले उनको जिम्मेवारी खासेको बताइन्छ।
६ महिनाअघि मात्र बढुवा भएका एसपी लिम्बुलाई त्यहाँ पठाइएको हो। लिम्बु प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वपिएसओ हुन्।
Facebook Comments Box