Author: महेन्द्रनगर पोष्ट

काठमाडौंः प्रहरी नियमावलीअनुसार प्रहरी अधिकारीहरूको सरुवा अवधि एक वर्ष तोकिएको भएपनि विभिन्न २१ जिल्लाका प्रहरी उपरीक्षक (एसपी)को सरुवा रोकीएको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका कारण एसपीको सरुवा अलपत्र परेको हो। प्रहरी उपरीक्षकसम्मको सरुवाको अधिकार प्रहरी नियमावलीअनुसार प्रहरी महानिरीक्षक (आईजीपी)लाई दिइएको छ। तर, कुनैपनि आईजीपीले गृहमन्त्रीको अनुमतिबिना सरुवा गर्ने परम्परा नै नबसाल्दा प्रहरीको सरुवा–बढुवामा गृहमन्त्री हाबी हुँदै आएका छन्। झापा, पर्सा, कैलाली, सिन्धुली, सिन्धुपाल्चोक र सुर्खेत जिल्ला प्रहरी प्रमुख एसपीले कमान्ड सम्हालेको १३ महिना पूरा भएको हो। उनीहरूको २०७९ पुसमा सरुवा भएको थियो। मोरङ, महोत्तरी, सिरहा, रुपन्देही, चितवन, बर्दिया, कञ्चनपुर, काभ्रे, धादिङ, तनहुँ, स्याङ्जा, बागलुङ,…

Read More

धनगढी : एकजना मुस्लिम महिलाले नेपालमा पहिलो पटक संस्कृतमा विद्यावारिधि (पिएचडी) गरेकी छन्। नेपालगञ्ज घर भएकी तबस्सुम सिद्धिकीले नेपालमा संस्कृतमा पहिलो पटक पिएचडी गरेकी हुन्। सिद्धिकीले नेपाल संस्कृत विश्वविद्यालयबाट संस्कृतमा विद्यावारिधि (पिएचडी) गरेकी हुन्।

Read More

काठमाडौं : क्यानडाविरुद्धको तीन खेलको ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा आरिफ शेख पनि ३८ रन बनाएर पेभेलियन फर्केका छन्। ३९ ओभरको पाचौँ बलमा ५० बलमा ४ चौका हानेका आरिफ उदय भगवानको बलमा बोल्ड आउट भए। त्यसअघि कुशल मल्ल २० रन बनाएर क्याच आउट भए। ३२ बलमा १ चौका र १ छक्का हानेका कुशल मल्ल क्याच आउट भए। नेपालले चौथो विकेटका रुपमा भिम सार्कीलाई गुमायो। २३ ओभरको तेस्रो बलमा भिम साद विन जफरको बलमा एलबीडब्लु धरापमा परे। २६ बलमा २ चौका हानेका भिम १७ रनमा बनाउँदै पेभेलियन फर्के। १९ ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल ६२ रन बनाउँदै आउट भएका थिए। ५७…

Read More

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले घटेको हो। महासंघका अनुसार बिहीबार छापावाल सुन एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। बिहीबार चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलाको १३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी तोलाको १३७५ रुपैयाँमा कारोबार भएको थियो।

Read More

काठमाडौं : प्रहरीले ललितपुरको चाँगाथलीबाट लागुपदार्थ कारोबारीहरुलाई पक्रेको छ। गोलीसहितको पेस्तोल बोकेर महालक्ष्मी नगरपालिका–७ मा रहेको लायोक कङ्दङ्वा (लिम्बू) को घरमा ब्राउन सुगरको कारोबार गरिरहेका चार जनालाई रंगेहात पक्राउ गरिएको बताइएको छ। प्रहरी नायव निरीक्षक सन्तोष बुढाथोकीको नेतृत्वमा खटिएको टोलीले उनीहरुको साथबाट झण्डै १७ ग्राम ब्राउनसुगर, दुई राउण्ड ९ एमएमको गोली, पेस्तोल, फलामको रड, एटीएम कार्डहरु बरामद गरेको छ। हिजो साँझदेखि प्रहरी बृत्त सात दोबाटोमा राखिएकामा स्थानीय ३१ वर्षीय सुरेश उप्रेती, घरबेटी लिम्बू, प्युठान घर भई भक्तपुरको सिरुटार बस्ने २५ वर्षे मनोज थापा र भारतको मधुवनी काठमाडौंको सिनामंगल बस्ने सञ्जय मेहता हुन्।

Read More

काठमाडौं : अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत ‘विवादित’ इन्सपेक्टर बिनु शाहीलाई कारबाही गर्न दुईपटक प्रधान कार्यालयबाट पत्र आएको खुलेको छ । गत बैशाखमा महेन्द्रनगरको सुकासाल चोकमा प्रहरी र भारतबाट क्यारिङमा सामान बोक्नेहरुबीच झडप भइरहेका बेला भिडिओ खिचिरहेको अवस्थामा पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। कुँवरलाई त कुटपिट समेत गरिएको थियो। सो घटनापछी प्रहरीको व्यापक आलोचना हुनका साथै कारबाहीको माग गरिएको थियो। घटनाको छानविन गरी प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी, सिताराम विष्ट, बिनुकुमारी शाही र प्रहरी सहायक निरीक्षक अम्मर कार्कीलाई विभागीय कारबाही गर्न प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट पत्र नै आएको थियो । तर, कञ्चनपुर…

Read More

डडेल्धुरा : डडेल्धुराको स्याउलेमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । बुधबार राति बाजुराबाट नेपालगञ्जतर्फ गइरहेको ना६ख ५४५० नम्बरकाे बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घाइतेमध्ये ४ जनाको अवस्था मध्यम रहेको र बाँकी सबै खतरामुक्त रहेको बताइएको छ । घाइतेहरुको डडेल्धुरा अपस्तालमा उपचार भइरहेको छ । प्रेसर पाइप फुट्दा दुर्घटनाबाट जोगाउन चालकले बस नालीतर्फ लग्दा दुर्घटना भएको डडेल्धुरा प्रहरीका सूचना अधिकारी कुसुम नायकले बताए ।

Read More

कैलाली : कैलालीम दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएका छन्। घोडाघोडी नगरपालिका-४ स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेकोे घोडाघोडी नगरपालिका-१ का २९ वर्षीय प्रकाश बिनाडीले चलाएको से७प ४२१९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको घोडाघोडी नगरपालिका-१० का ३१ वर्षीय दिपेन्द्र कठायतले चलाएको प्रदेश ०३०२०–१२ प ५६३६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा ४ जना घाइते भएका छन्। ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुवै मोटरसाइकल चालक र प्रकाशको पछाडी सवार ४० वर्षीया राधिका पाण्डे तथा दिपेन्द्रको पछाडी सवार २८ वर्षीय अशोक सुनार घाइते भएका छन्। घाइते चारै जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएर थप…

Read More

धनगढीः कैलालीको धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-१५ कनरीबाट २१० मिलिग्राम ब्राउन सुगरसहित सोही ठाँउ बस्ने २४ वर्षीय नविन चौधरी बुधवार दिउँसो पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

Read More

बारा : टिपरको ठक्करबाट राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रहरी नायब उपरीक्षक विष्णु थापाको मृत्यु भएको छ । मोटरसाइकलमा पिलुवाबाट कलैयातर्फ जाँदै गरेका निजलाई कलैयाबाट पिलुवातर्फ गइरहेको टिपरले हिजो साँझ बडहर्वा चोकमा ठक्कर दिँदा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा कलैया प्रदेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  कलैया उपमहानगरपालिका–७ बरेवा निवासी थापा राष्ट्रिय अनुसन्धान विभागबाट हालै सेवा निवृत्त हुनुभएको हो । ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिएर फरार त्यसका चालकको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ । 

Read More