धनगढी: कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अनेरास्ववियुका अशोक गौतम विजयी भएका छन्। क्याम्पसको आईतबार प्रकाशित नतिजा अनुसार गौतम ६७० मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्धन्द्धी अखिल क्रान्तीकारीका गणेश भण्डारीले ४२८ मत ल्याए। शनिबार भएको मतदानमा अखिल क्रान्तिकारीका भण्डारी अध्यक्ष रहेको प्यानलले अन्य तीन सङ्गठनलाई समेटेर संयुक्त प्यानल बनाएको थियो भने नेपाल विद्यार्थी सङ्घसहितको संयुक्त प्यानलबाट अनेरास्ववियुका गौतम अध्यक्षमा थिए। यस्तै अनेरास्ववियूका यामबहादुर खत्रीको छुट्टै प्यानल थियो। निर्वाचनबाट सचिवमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का प्रविण भण्डारी ५५५ मत ल्याएर विजयी भए। उनीसँग नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूका भुवनराज जैसी ४९० मत ल्याउँदै पराजित भए। उता कोषाध्यक्षमा अनेरास्ववियुका सञ्जीवकुमार चौधरी…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: भारतीय राजनीतिज्ञ तथा नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) का भारतीय संयोजक भगत सिंह कोशियारी आज नेपाल भ्रमणमा आइपुग्ने भएका छन्। उनी आज दिउँसो पौने २ बजे एअर इण्डियाको उडानमार्फत नयाँ दिल्लीबाट काठमाडौं आउन लागेको स्रोतले जनाएको छ। ८३ वर्षीय कोशियारी भारतीय जनता पार्टी (भाजपा) निकट राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का वरिष्ठ नेता हुन्। उनी यसअघि भारतको महाराष्ट्र राज्यका गभर्नर तथा उत्तराखण्ड राज्यका मुख्यमन्त्री समेत भइसकेका छन्। सन् २००८ देखि २०१४ सम्म राज्यसभाका सांसद रहेका कोशियारीलाई भारतीय राजनीतिक वृत्तमा प्रभावशाली नेताका रूपमा चिनिन्छ। कोशियारीसँगै भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारका प्रमुख सल्लाहकार पनि सोही उडानमार्फत काठमाडौं आउँदै छन्। यिनीहरूको भ्रमणलाई…
धनगढी: गौरीगङ्गा नगरपालिका–९ का आइते भुल बिहानै कामका लागि घरबाट निस्कन्छन्। ज्यालादारी गरेर जीविकोपार्जन गर्ने उनलाई अचेल खाली हात बस्नुपरेको छैन। गौरीगङ्गा साझेदारी वनमा काम पाएपछि भुल काम गर्नमै व्यस्त छन्। उनी भन्छन्, ‘एक हप्ताभन्दा बढी भयो काठ दाउरा काट्ने काम पाएको छु, दैनिक एक हजार आम्दानी भइरहेको छ।’ घोडाघोडी–८ का रजुल चौधरी पनि आजभोलि साझेदारी वनको काममै व्यस्त छन्। ‘खाली बसिरहेको थिएँ, अहिले काठदाउरा काट्ने काम गरिरहेको छु,’ उनी भन्छन्। आइते र रजुलजस्तै गौरीगङ्गा साझेदारी वनमा ८० जनाभन्दा बढीले रोजगारी पाएका छन्। काठ काट्नेले दैनिक रु एक हजार आम्दानी गरिरहेका छन्। गौरीगङ्गा–१० का सागर धामी भन्छन्, ‘मासिक तलबमा काम…
धनगढी: नेपाली काँग्रेसका नेता तथा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाका पिताको निधन भएको छ। आज आइतबार बिहान ४ बजेको समयमा उनका पिताको ९६ वर्षको उमेरमा निधन भएको हो। परिवारका अनुसार मृतकको आजै अन्तिम संस्कार गरिदैछ। थापाका पिता केही समयदेखि अस्वस्थ थिए भने उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ। नेता थापाका पिताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै विभिन्न नेताहरू, सामाजिक अभियन्ता तथा सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका छन्।
धनगढी: नेकपा एमालेले धनगढीमा प्रदेशस्तरीय विशेष सभा आयोजना गर्ने भएको छ। नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले आगामी चैत २९ गते धनगढीमा बृहत विशेष सभा आयोजना गर्ने जनाएको छ। नेकपा एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दले विशेष सभा आयोजना हुने र त्यसको तयारी तीब्र पारिएको जानकारी दिए। लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा, र पछिल्लो समय देखिएका अराजकताविरुद्ध सभा आयोजना गर्न लागिएको हो। नेकपा एमालेले देशभर सञ्चालन गरिरहेको वडा केन्द्रित टोल अभियानको निरन्तरताका रुपमा कैलालीमा सभा आयोजना गर्न लागिएको पार्टीका प्रदेश सचिव चन्दको भनाई छ। उनले भने , ‘एकातिर हाम्रो टोल केन्द्रित वडा अभियान चलिरहेको छ, त्यसै अभियानको भागका रुपमा यो सभा…
अछाम: अछामको साँफेबगर नगरपालिका–५ नोवाठानामा एकजनाको मृत्यु भएको छ। मासुको सानो हड्डी घाँटीमा अड्किएपछि एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। शनिबार दिउँसो चैते अष्टमीको अवसरमा गाउँमा खसी काटेर मासु पकाइएको थियो। सोही मासु खाने क्रममा स्थानीय ४२ वर्षीय डम्मर बहादुर कुँवरको घाँटीमा मासुको सानो हड्डी अड्किएको थियो। हड्डी अड्किएलगत्तै उनी अचानक बेहोस भएका थिए। उनलाई तत्कालै उपचारका लागि बयलपाटा लैजाने प्रयास गरिए पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
धनगढी: सुदूरपश्चिमको कैलालीस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ वाहिनी मुख्यालयले हालसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ। शुक्रवार २४ औं स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रममार्फत बाहिनीपति तथा डीआईजी दीपक अधिकारीले विवरण सार्वजनिक गरे। उनले सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत सुदूरपश्चिमस्थित बाहिनीले आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न कार्यहरुको समष्टिगत प्रगति विवरण सार्वजनिक गरेका हुन्। जसमा उनले BIRD (Border Security, Internal Security, Revenue Support तथा Disaster Management) अवधारणालाई आत्मसात गर्दै सीमा सुरक्षा, आन्तरिक शान्ति, राजस्व सुरक्षण र विपद् व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरिएको जानकारी दिए। प्राकृतिक विपद् व्यवस्थापनमा प्रभावकारी परिचालनडीआईजी अधिकारीका अनुसार सुदूरपश्चिममा बाढी, पहिरो, आगलागी, चट्याङ्ग लगायत विभिन्न…
धनगढी: बाजुराको बडीमालिका नगरपालिका–९ चौराटाका ४२ वर्षीय सूर्य विष्ट बाउली खोलामा मृत अवस्थामा फेला परेका छन्। तीन दिनदेखि सम्पर्कविहीन रहेका विष्टको शव नेपाल विद्युत प्राधिकरणको बाजुरा वितरण केन्द्र नजिकैको बाउली खोलामा भेटिएको हो। प्रहरीका अनुसार विष्ट सम्पर्कविहीन बनेको तेस्रो दिनमा उनको शव खोलामा फेला परेको हो। घटनास्थल नजिकै उनको मोबाइल फोन, एक जुत्ता र अर्को जुत्ता छुट्टाछुट्टै स्थानमा भेटिएको थियो। मोबाइल दुई दिनअघि ठूली साँगुमा, एक जुत्ता सडक किनारमा र अर्को जुत्ता खोलाको किनारमा फेला परेको थियो। शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। विष्टको शवलाई पोष्टमार्टमका लागि बाजुरा जिल्ला अस्पतालमा राखिएको छ भने घटनाको प्रकृति र कारणबारे थप…
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको निवासमा गएराति पुगेको प्रहरी टोलीको कार्यशैलीप्रति रास्वपाले कडा आपत्ति जनाएको छ। उच्च अदालत दाङको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएलगत्तै डिएसपी दीपक खड्काको नेतृत्वमा प्रहरी टोली बूढानीलकण्ठस्थित लामिछाने निवासभित्रै पुगेको थियो। रास्वपाका अनुसार प्रहरी टोली सभापतिको निजी शयनकक्ष (बेडरुम)सम्म पुगेको थियो र लामिछानेलाई पक्राउ गर्ने क्रममा ‘अन्तिम इच्छा के हो?’ भनी प्रश्न गरिएको थियो। सामाजिक सञ्जालमा रास्वपा नेताहरूले यस कार्यशैलीलाई ‘राणाकालीन शैली’ भन्दै आलोचना गरेका छन्। “अदालतको आदेश भन्दैमा यति अपमानजनक व्यवहार गर्नु जायज होइन,” रास्वपाका एक नेताले सामाजिक सञ्जालमा लेखेका छन्, “यो राजनीतिक प्रतिशोधको शैली देखिन्छ।” यसअघि…
धनगढी: बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएको छन्। शुक्रबार राति पौने ९ बजे दशरथचन्द नगरपालिका–११ नानीगाडस्थित देहीमाण्डौ– गिरेगडा भित्री सडक खण्डमा बीएसी ५६५९ नम्बरको बोलेरो जीप अनियन्त्रि भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर जीपमा सवार पञ्चेश्वर गाउँपालिका–५ बस्ने ५४ वर्षीय चंचले दयालको मृत्यु भएको छ। गम्भिर घाईते अवस्थामा जिल्ला अस्पताल पुगाइएका दयाललाई चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेका थिए। जीप चालकसहितका अन्य ३ जना भने घाइते भएका छन्। घाइते हुनेमा चालक पञ्चेश्वर गाउँपालिका–६ बिजुल बस्ने ३५ वर्षीय राकेश कोली, रोडीदेवल बस्ने ५२ वर्षीय लालिराम कोली र दशरथचन्द नगरपालिका–१० बाराकोट…