Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीमा बस र कार एकआपसमा ठोकिएका छन्। जिल्लाको घोडाघोडी ताल क्षेत्रमा टीकापुरदेखि विद्यार्थी ल्याएको ना ६ ख १३३९ नम्बरको बस र बा १७ च ७२५७ नम्बरको कार ठोकिएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशका सभापति प्रकाश विष्ट सवार कार र पार्किङमा राखिएको बस फर्काउदा दुर्घटना भएको कैलाली प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन। कारको अगाडिको भागमा क्षति भएको छ। बस बझाङको बुंगल नगरपालिका-११ का २८ वर्षीय मानबहादुर पातलीले चलाएका थिए। कार टीकापुर नगरपालिका- ४ का प्रताप चौधरीले चलाएका थिए।

Read More

धनगढी : कञ्चनपुरमा प्रहरीले  पत्रकारलाई पक्राउ गरेपछि पत्रकार संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आज (शनिबार) संयुक्त विज्ञप्ति प्रकाशित गर्दै नेपाल प्रेस युनियन कञ्चनपुर,प्रेस चौतारी नेपाल कञ्चनपुर र प्रेस सेन्टर नेपाल कञ्चनपुरले गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्। प्रहरीले पत्रकार पुष्कर भट्ट र ऐश्वर्या कुँवरलाई विद्युतीय कारोबार सम्बन्धी मुद्‍दामा जिल्ला अदालत, कञ्चनपुरबाट पक्राउका लागि अनुमति ल्याइएको थियो। उनीहरुले केही दिनदेखी जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा भईरहेका गलत गतिविधीहरुको निरन्तर रिर्पोटिङ गरिरहेका थिए। तीनवटै संगठनले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्, ‘कञ्चनपुर प्रहरीको कार्यशैलीलाई लिएर निरन्तर समाचार प्रकाशन तथा सम्प्रेषण भइरहेको अवस्थामा प्रतिशोधपूर्ण तरिकाले पत्रकारलाई पक्राउ गरिएको संगठनहरुको ठहर छ। त्यसकारण पत्रकारद्वयको तुरुन्त…

Read More

धनगढी : नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले प्रहरीले पक्राउ गरेका पत्रकारलाई तुरुन्त रिहा गर्न आग्रह गरेको छ। आज (शनिबार) सचिव राजेन्द्रप्रसाद अवस्थीद्वारा हस्ताक्षरित विज्ञप्तिमा गम्भीर ध्यानाकर्षण भएको भन्दै उनीहरूलाई रिहा गर्न आग्रह गरेको हो। नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका सदस्य ऐश्वर्या कुंवर र माउन्टेन टेलिभिजनका कञ्चनपुर समाचारदाता पुष्कर भट्टलाई प्रहरीले विद्युतिय कारोवार ऐन, २०६३ को दफा ४७ को दुरुपयोग गरि ‘विद्युतिय कारोवार कसुर’ अन्तंगत मुद्दा चलाई पक्राउ गरिएकोप्रति नेपाल पत्रकार महासंघ कञ्चनपुरको गम्भिर ध्यानाकर्षण भएको समेत जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘एउटा प्रयोजनका लागि आएको कानुनको अर्कै प्रयोजनमा प्रयोग गरि पत्रकारलाई पक्राउ गरिएकोले पत्रकारद्वयको तुरुन्त रिहाईका लागि सम्वन्धित पक्षसँग माग गर्दछौं।…

Read More

काठमाडौं : मैत्रीपूर्ण फूटबल खेलमा चिनियाँ टोलीमाथि नेपाली राष्ट्रिय यू–२३ टोलीले फराकिलो जीत निकालेको छ। काठमाडौंको दशरथ रंगशालामा शनिवार भएको खेलमा घरेलु टोली नेपालले चीनको प्रान्तीय यू–२३ टोली छिङ हाई युसमाथि ५–१ गोल अन्तरको फराकिलो जीत निकालेको हो। नेपाली टोलीका लागि समीर तामाङले २ गोल गरे। यस्तै सञ्जीव विष्ट, छिरिङ लामा र नीराजन धामीले पनि १–१ गोल थपेका हुन्। चीनका तर्फबाट झाक्सी पेङगुकोले सान्त्वना गोल फर्काए। चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा यो मैत्रीपूर्ण खेल भएको हो। चीनको कुनै पनि फूटबल टोली २९ वर्षपछि पहिलोपटक नेपाल आएर खेलेको हो। नेपालको युवा टोलीमा ५ जना सिनियर टोलीका खेलाडी समावेश थिए। जसमा कप्तान मनीष…

Read More

धनगढीः कैलाली जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिकाले जितेको छ। धनगढी रंगशालामा शनिबार सम्पन्न भएको प्रतियोगितामा धनगढी उपमहानगरपाका ३० स्वर्ण, ६ रजत र ९ कास्य गरी ४५ पदक सहित उपाधि जितेको हो। प्रतियोगितामा २२ स्वर्ण, १७ रजत र १७ कास्य गरि ५६ पदक सहित घोडाघोडी नगरपालिका दोस्रो र ५ स्वर्ण, २४ रजत र १० कास्य गरि ३९ पदक सहित गोदावरी तेस्रो भएका छन्। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पालिकालाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। प्रतियोगितामा सहभागी अन्य पालिकामा लम्किचुहा नगरपालिकाले ८, टीकापुर नगरपालिकाले १६, गौरीगंगा नगरपालिकाले १७, बर्दगोरीया गाउँपालिकाले २, जोशिपुर गाउँपालिकाले ६,…

Read More

धनगढी : खप्तड राष्ट्रिय निकुञ्ज भित्र फुरु (तिल्याइलो रुखको गाँठोबाट बनाइने काठको भाँडा) काट्न गएका चार जनालाई निकुञ्जले पक्राउ गरेको छ । उनीहरुलाई शुक्रबार राति निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्ने चारै जना पुरुष रहेको र उनीहरु हुम्लाको नाम्खा गाउँपालिका ३ का बासिन्दा रहेको निकुञ्ज कार्यालयले जनाएको छ । पक्राउ पर्नेहरु नाम र अन्य विवरण भने खुलाइएको छैन । खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नं २ मा पर्ने रानीढुङा मध्यवर्ती सामुदायिक वनक्षेत्रको हाँडेढुङाको खोलाको किनारमा उनीहरुलाई राति सात बजे तिर काठ काट्ने विद्युतीय आरा र बन्दोबस्तीका सामान सहित…

Read More

धनगढी : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले ५ वर्ष सरकारको नेतृत्व गर्न पाए देशमा धेरै परिवर्तन गर्नसक्ने बताएका छन् । शनिबार बुटवलमा आयोजित अन्तर्क्रियामा उनले संविधान संशोधन, जनमत संग्रह वा निर्वाचन जुनसुकै विधिबाट आफू सरकारको नेतृत्व गर्न तयार रहेको बताए । ‘जनमत संग्रह, निर्वाचन वा संविधान संशोधन जेबाट भएपनि जनताबाट चुनिएर सरकारको नेतृत्वमा जाने कुरामा हाम्रो विमति छैन, तर त्यसो गर्दा स्थिरता हुनुपर्छ, किसान र मजदुर वर्गको प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ’, विप्लवले भने, ‘एकपटक सरकारको नेतृत्वमा पुगेर गोरुझैं जोतिएर ५ वर्ष काम गरी देशलाई परिवर्तन गर्ने असाध्यै हुटहुटी छ ।’ उनले अन्य दलहरुसँग एकपटक आफूलाई सरकारको नेतृत्व दिन आग्रह…

Read More

धनगढी : भीमदत्त नगरपालिकाकी उपप्रमुख निलम लेखक (जोशी) ले पत्रकारलाई समात्ने विषय दुखद भएको बताइन्। प्रहरीले शनिबार बिहान माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुस्कर भट्ट र सगरमाथा टेलिभिजनमा कार्यरत पत्रकार ऐश्वर्य कुँवर नियन्त्रणमा लिएपछि उपप्रमुख लेखक समात्ने विषय दुखद बताएकी हुन । यस्तै पत्रकारलाई प्रहरीले अपराधीको जस्तो व्यवहार गरेर थुनेको बताइन् भन्दै प्रहरीले समाचार लेखेको कारण प्रतिशोधपूर्ण कारबाही गर्न खोजेको बताइन् । उनले अब आफूहरु जिल्ला प्रशासन र प्रहरीमा बुझ्ने बताइन्। प्रहरी पत्रकार भट्ट र कुवँरविरुद्धमा विद्युतीय कारोबार सम्बन्धी मुद्‍दामा पक्राउ गरेको छ । उनिहरुले केही दिनदेखी जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा भईरहेका गलत गतिविधीहरुको निरन्तर रिर्पोटिङ गरिरहेका थिए ।

Read More

धनगढी : कञ्चनपुरमा प्रहरीले दुईजना पत्रकार पक्राउ गरेपछि प्रधानमन्त्री र गृहलाई ध्यानाकर्षण गराईएको छ । प्रहरीले शनिबार बिहान माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुस्कर भट्ट र सगरमाथा टेलिभिजनमा कार्यरत पत्रकार ऐश्वर्य कुँवर पक्राउ गरेपछि प्रदेश सभा सासंद ओमबिक्रम भाट (सरल)ले प्रधानमन्त्रीको सचिवालय र गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएको बताएका छन् । सासंद भाटले लोकतन्त्रमा लेख्न, बोल्न र आफ्ना कुरा राख्न पाइने भन्दै समाचार लेखेकै भरमा पत्रकारलाई पक्राउ गर्न नहुने भनेका छन् । उनले प्रहरी प्रशासन जिम्मेवार एवं गम्भीर बनेर तत्काल पत्रकारद्वयलाई थुनामुक्त गरि रिहा माग गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन् : कञ्चनपुरका पत्रकारद्वय पुष्कर भट्ट र ऐश्वर्य कुँवरलाई पक्राउ…

Read More

काठमाडौं : क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पनि नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो । नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६, अनिलकुमार साहले ५०,भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे ।

Read More