धनगढी : दैलेखमा नेकपा एकीकृत समाजवादी नेकपा एमालेमा समायोजन भएको छ। एसका केन्द्रीय कमिटी सदस्य, कर्णाली प्रदेश कमिटी सदस्य जिल्ला कमिटी उपाध्यक्ष, जिल्ला सदस्य ,नगर कमिटी, गाउँ कमिटी र वडा कमिटीहरु समायोजन भएका छन् ।
आईतबार नेकपा एमाले दैलेखका अध्यक्ष सुर्य बहादुर शाहीको अध्यक्षमा र कर्णाली प्रदेश कमिटी इन्चार्ज लेखराज भट्ट को प्रमुख आतिथ्यमा दुल्लुमा भएको पार्टी आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादी दैलेख जिल्लामा रित्तिएको छ ।
कार्यक्रममा दुई जना केन्द्रीय सदस्य सहित झण्डै २ सय १० जनाबढी नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन ।
उनीहरूलाई नेकपा एमाले सचिव एवंम् कर्णाली प्रदेश ईन्चार्ज लेखराज भट्टले स्वागत गरेका थिए ।
Facebook Comments Box