Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा नेपालले आज कुवेतसँग खेल्दैछ । खेल बिहान सवा ११ बजे हुने छ । नेपाल समूह डी को विजेता हो भने कुवेत समूह ए को उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेको हो । नेपालले समूह चरणमा भुटान र हङकङलाई ८ ८ विकेटले हरायो भने माल्दिभ्सलाई २ सय १४ रनको फराकिलो अन्तरले हराएको थियो । आजको खेल जिते नेपालले मलेसिया र जापानको विजेतासँग खेल्नेछ ।

Read More

डोटी : डोटीमा बाघले ९ बाख्रा मारेको छ। जिल्लाको जोरायल गाउपालिका वडा नम्बर ६ गावरमा बाघले खोरमा पसेर सबै बाख्रा मारेको हो। सोमबार राति स्थानीय धर्मादेवी साँउदको घर नजिकैको बाख्रा खोरमा बाघ पसेर खोर नै रित्याईदिएको छ। ९ बटा बाख्रा रहेको खोरमा बाघले सबै बाख्रा मारेको हो। राति पसेको बाघले बाख्राको घाटीबाट रगत खाएर मारेर छोडेको छ । पहिले पनि सो क्षेत्रमा वनमा चर्न गएका बाख्रा बाघले मार्ने गरेको थियो।

Read More

महेन्द्रनगर : पछिल्लो समय कञ्चनपुरमा चैते धानखेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ। असारको धानखेती भन्दा राम्रो उत्पादन र मुनाफा हुने गरेको भन्दै कृषकले चैत धानखेतीको क्षेत्रफल विस्तार गर्दै लगेका हो। कृषि ज्ञान केन्द्रका अनुसार कञ्चनपुरमा ७० हेक्टर क्षेत्रफलमा चैते धानखेती हँुदै आएको छ। कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत जागृत खनालले पछिल्लो समय चैते धानखेतीतर्फ आकर्षण बढिरहेको बताए। उनले चैते धानखेतीमा आबद्ध विकासलाई अनुदान, बीउबिजनलगायत सहुलियतका लागि आवेदन खोलिएको बताए। “यसपाली ४० हेक्टरजतिमा चैत धान लगाउने किसानका आवेदन आएका छन्”, उनले भने, “चैते धानको क्षेत्र विस्तार र कृषकलाई सुविधा दिँदै आएका छौँ।” त्यसैगरी प्रधानमन्त्री कृषि आयोजनाका प्रमुख सञ्जु उपाध्याय रिमालले ५१÷५२…

Read More

काठमाडौँ : आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ ।  विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।  आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । सरस्वतीका मन्दिरमा आज बिहानैदेखि…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।   कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। 

Read More

पाल्पा : पाल्पामा मंगलबारअपराह्न भएको जीप दुर्घटनामा १० जनाको मृत्यु भएको छ। ​ ८ जनाको घटनास्थलमै र दुईजनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो। तिनाउ गाउँपालिका–६ मस्यामका २८ वर्षीया उर्मिला अस्लामी, ३९ वर्षीय रामबहादुर अस्लामी, ६० वर्षीया यनकुमारी पन्त र ६७ वर्षीय कृष्णबहादुर अस्लामीको मृत्यु भएको हो। यस्तै रूपन्देहीको बुटवल उपमहानगरपालिका–१४ तामनगर बस्ने ७० वर्षीय चन्द्र रणपाल र श्रीमती ६० वर्षीय चुना रणपालको मृत्यु भएको हो। तिनाउ गाउँपालिका–२ खुर्सानेकी २० वर्षीया गीता सुनार, रूपन्देही देवदह नगरपालिका-५ की २९ वर्षीया दिलमाया जिसी, रिब्दीकोट गाउँपालिका–१ ख्याहाका ६५ वर्षीया दिलकुमारी सुनार र ६६ वर्षीया विष्णुकला कामीको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी…

Read More

काठमाडौँ : प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरेको छ । सरुवा सूची अनुसार २३ जिल्लाका इन्चार्ज परिवर्तन भएका छन् ।  काठमाडौं परिसरका एसपी कुमोध ढुंगेललाई जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मेवारी दिएको छ । त्यसैगरी सम्पत्ति सुदृढीकरणकी एसपी बसुन्धरा खड्कालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा रन्जित सिंहले राठौरलाई पठाएको छ । चितवनमा भावेश रिमाल सरुवा भएका छन् भने सिन्धुपाल्चोकमा सन्तोष खड्कालाई पठाएको छन् । त्यसैगरी, झापामा मिलन केसी, मोरङमा नवराज कार्की, सिरहामा सन्तोष आचार्यको सरुवा भएको छ । सरुवा भएका एसपीहरुको फागुन महिना देखिको तलब–भत्ता नयाँ दरबन्दी…

Read More

धनगढीः कञ्चनपुरमा अवैध प्याजसहित मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। हिजो (मंगलबार) सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह (आरआइटी) र त्यहाँको स्थानीय प्रहरीले बेवारिसे अवैध सामान बरामद गरेको हो। प्रहरीका अनुसार लालझाडी गाउँपालिका १ मा ३ क्विन्टल प्याज र ३ बाइक बरामद गरिएको हो। अहिले सो सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले धनगढीमा २९ औं जनयुद्ध दिवस मनाएको छ । क्रान्तिकारी कैलाली बहुमुखी क्याम्पस र ऐश्वर्य बहुमुखी क्याम्पसद्वारा संयुक्तरुपमा धनगढीको पार्कमोडमा दिप प्रज्वलन गरेर जनयुद्ध दिवस मनाएको हो । कार्यक्रममा अखिल क्रान्तिकारीका प्रदेश कमिटी अध्यक्ष दिपक डिसि, माओबादी केन्द्र प्रदेश कमिटी सदस्य निर्मल शाह, अखिलका प्रदेश कमिटि उपाध्यक्ष गोकुल बिसि, माओबादी केन्द्रका युवा नेता ललित खत्री लगायतको उपस्थिती रहेको थियो ।

Read More

धनगढी : कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख खडक बहादुर रावतले श्रीमतीलाई खुशी पार्न नगरपालिकाको सरकारी स्कुटर घरमा लगेका छन् । नगरपालिकाको सरकारी नम्बर प्लेट भएको सु.प. प्र.०१–००१ ब २०५९ नम्बरको स्कुटर आफ्नी श्रीमतीलाई दैनिक कामकाजमा सजिलो होस भन्ने उद्देश्यले नगरप्रमुख रावतले घर लगेका हुन । मंगलबार बिहान छोरालाई विद्यालय पुराउन स्कुटरमा जान लागेकी उनकी श्रीमती यमुना रावतलाई हामीले बुझ्दा ‘आफ्नो सजिलोका लागि नगरप्रमुखले घरमा स्कुटर ल्याइदिएको’ बताइन् । त्यस्तै छोराको उपचारका लागी भन्दै आइतबार सो स्कुटर चलाएर नगरप्रमुख रावतकी श्रीमती घोडाघोडी नगरपालिका–१ मा रहेको घोडाघोडी अस्पताल पुगेकी थिइन । नगरप्रमुख रावतकी श्रीमती बिमा अभिकर्ता समेत भएका कारण बिमा पोलिसी खोज्न समेत…

Read More