धनगढी : बझाङको जयपृथ्वी नगरपालिका-१ का दुई जनालाई सरकारले सहिद घोषणा गरेको छ । प्रज्वल शाही र रामबहादुर सिहंलाई सहिद घोषणा गरिएको हो ।
गत पुस २४ गते बसेको मन्त्री परिषद् बैठकले उनीहरु सहित २ हजार ६७४ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो । मन्त्री परिषद्को निर्णय अनुसार उनीहरूको नाम फागुन २२ गते राजपत्रमा प्रकाशित भएको छ।
शाही र सिहंको भिन्दाभिन्दै बम बिस्फोटमा मृत्यु भएको थियो ।
बझाङबाट उच्च शिक्षाका लागि काठमाडौं गएका प्रज्वल तत्कालिन समयमा नेत्रविक्रम चन्दसँग विप्लव विद्यार्थी सङठनका केन्द्रीय सदस्य थिए ।
प्रज्वलको २०७६ जेठ १२ घट्टेकुलोस्थित आफ्नै कोठामा बम बनाउने क्रममा विस्फोट हुदाँ मृत्यु भएको थियो ।
यस्तै २०७६ साउन २ गते धनगढीको सहिद गेटनजिकै रहेको निलम होटलमा बम बिस्फोट हुँदा घाइते भएका रामबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको थियो ।
उनी पनी विप्लव कार्यकर्ता थिए । झोलामा बम बोकेका सिहंको गल्तीले चिया खानेसमयमा बिस्फोट भएको थियो ।