Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : १५ लाख घुससहित पक्राउ परेका बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादेविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार बादेविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। वडाध्यक्ष बादे माघ ३ गते १५ लाख घुससहित पक्राउ परेका थिए। उनले घरबाटो सिफारिस गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेका थिए। उक्त घुस लिएको पुष्टि भएको भन्दै अख्‍तियारले उनीविरूद्ध मुद्दा दायर गरेको हो। अख्तियारले उनलाई दुई वर्ष ६ महिनादेखि चार वर्षसम्म कैद सजाय माग गरेको छ। यस्तै उक्त बिगो बमोजिमको जरिवाना समेत माग गरेको छ।

Read More

काठमाडौं: गोपीकृष्ण सिनेमा हल आगामी १ फागुनदेखि बन्द हुने भएको छ। गोपीकृष्ण सिनेमा हल आगामी १ फागुनदेखि बन्द हुनेबारे शुक्रबार गोपीकृष्ण मुभिज प्रालिले विज्ञप्ति जारी गरेर जानकारी दिएको हो। कोरोनाकालदेखि चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दी र राज्यको राज्यको विद्यमान कर प्रणालीको कारण १ फागुनदेखि हल बन्द गने निर्णय लिइएको प्रबन्ध निर्देशक नीरक पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। गोपीकृष्ण सिनेमा हल २०५२ सालदेखि सञ्चालनमा आएको थियो।

Read More

काठमाडौं : नेपाली काँग्रेसको काठमाडौं जिल्ला सम्मेलनमा कार्यकर्ताको उपस्थित न्यून रहेपछि सभापति शेरबहादुर देउवाले व्यङ्ग्य गरेका छन्। सभापति देउवाले शुक्रबार काठमाडौँको राष्ट्रियसभा गृहमा जिल्ला सम्मेलनको उद्घाटन गर्दै कार्यकर्ता नआएपछि भित्तालाई कुराकानी सुनाउने भन्दै व्यङ्ग्य गरेका हुन्। ‘मान्छे बोल्दा बोल्दा हल खालि भइसकेको हुन्छ। एक जना बसेको हुन्छ। धन्यवाद है तपाई मेरो भाषण सुन्न बस्नुभएकोमा भन्छन्,’ देउवाले भने, ‘तर, उ भाषण सुन्न होइन माइक आफूले ल्याएकाले बसेको हुन्छ। हाम्रा साथीहरुको लामो बोल्नुपर्ने छ। कुरा सुनाउनै पर्‍यो। कहिले कहीँ कुरा भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ। केही छैन त्यो।’ सभापति देउवाले काठमाडौँ जिल्ला सभापति सबुज बानियाँलाई आगामी चुनावमा टिकट दिने भन्दै जिताएर पठाउन आग्रह…

Read More

काठमाडौं : न्याय सेवा आयोगले झण्डै चार दर्जन जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान गरेको छ। आयोगको परीक्षा महाशाखाले आज सूचना प्रकाशित गर्दै ४३ जना जिल्ला न्यायाधीशका लागि दरखास्त मागेको हो।  संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (ख) र (ग) बमोजिम उक्त पदमा आन्तरिक खुला, खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्धारा पदपूर्ति गर्नका लागि योग्यता पुगेका उम्मेदवारलाई आवेदन दिन भनिएको छ। आन्तरिक खुलातर्फ २१, खुलातर्फ १२, महिलातर्फ चार, आदिवासी जनजाति र मधेशीतर्फ दुई-दुई तथा दलित र अपांगतातर्फ एल-एक जनाका लागि दरखास्त खुलेको सूचनामा उल्लेख छ। जिल्ला न्यायाधीश हुनुका लागि संविधानमा तोकिएबमोजिम आवश्यक न्यूनतम योग्यता र अनुभव भएका व्यक्तिलाई आगामी ३०…

Read More

काठमाडौं : अध्यागमन कर्मचारीसँग भएको विवादमा कारबाहीका लागि सिफारिस भएका तीन प्रहरी अधिकारीलाई विमानस्थलबाट सरुवा गरिएको छ। उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले छानबिन समितिको प्रतिवेदनपछि सोधपुछका लागि भन्दै सरुवा गरेको एक प्रहरी अधिकृतले बताए। सरुवा हुनेमा प्रहरी सहायक निरीक्षक सञ्जय तामाङ, प्रहरी जवान रविरञ्जन गुप्ता र राजकुमार महतो छन्। माघ १२ मा अध्यागमन विभागका शाखा अधिकृतलाई सुरक्षा जाँच गर्ने क्रममा विवाद भएको थियो। विवादकै क्रममा हातपात भएको थियो। सोही घटनामा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति बनाएको थियो। समितिले असई तामाङ र जवान गुप्ताले कर्मचारीमाथि हातपात गरेको र निलम्बन गर्न सिफारिस गरेको थियो।

Read More

काठमाडाैं : धोकेबाज गायिका अर्थात् एलिना चौहानको ब्रेकअपको खबर अहिले चर्चामा छ। एलिनाका प्रेमी भनिएका विष्णु सापकोटाले धोका दिएको बताइएको छ। व्रेकअप भएको खबर लगत्तै एलिनाले ‘कट्टा हान्दिन्छु’ बोलको गीत बजारमा ल्याइन्। त्यसपछि उनको व्रेकअपको विषयले झनै चर्चा पायो। तर, एलिनालाई धोका दिइएका भनिएका विष्णु टिकटबाट उदाएकी टिकटकर मिस पविसँग देखिएका छन्। एलिनाका प्रेमी भनिएका बिष्णु अष्ट्रेलियामा छन्। मिस पवि पनि केही दिन यता विदेश भ्रमणमा छन्। सोही क्रममा विष्णु र मिस पवि नजिकिएको बताइएको छ। सार्वजनिक भएको भिडिओमा मिस पवि र विष्णु प्रफुल्लित मुद्रामा देखिएका छन्। कतिपयले विष्णुले एलिनालाइ धोका दिएर मिस पविसँग अफेयरमा रहेको समेत बताएका छन्।

Read More

काठमाडौं : ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको भ्यानबाट लडेर प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, गएराति ११ः१५ बजे ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको बा १ झ ७४१८ नम्बरको गाडीबाट लडेर एलजीको मृत्यु भएको हो। प्रहरीका अनुसार, सतुंगल नजिकै कोठामा जाँदा ओर्लिने बेला पछाडिबाट सडकमा खस्दा मृत्यु भएको प्रारम्भिक जाँचमा देखिएको छ। कर्तव्य पालनाको सिलसिलामा गाडीको पछाडिबाट लडेर उनको मृत्यु भएको उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले जानकारी दिए। उनले भने, ‘तत्काल उद्धार गरेर नजिकै रहेको मिड पोइन्ट अस्पताल र त्यसपछि बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पताल लगिएको थियो, चिकित्सकहरुले मृत्यु भएको घोषणा गरे।’ प्रहरीले…

Read More

काठमाडौं: सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार तोलामा १०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। साथै तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको  महासंघले  जनाएको छ।

Read More

धनगढी : धनगढीमा कार र स्कुटर एकआपसमा ठोक्किएका छन्। हिजो (बिहीबार) धनगढी उपहानगरपालिका-४ चटकपुरमा कार स्कुटर ठोक्किएका हुन्। ३० वर्षीय मनिष कुँवरले चलाएको बा ९ च २६२५ नम्बरको कार र विपरीत दिशाबाट आएको से ६ प ७१८७ नम्बरको स्कुटर आपसमा ठोक्किएको प्रहरीले जनाएको छ। स्कुटर चालक गोदावरी नगरपालिका-५ गेटा वस्ने २७ वर्षीय रस्सन र सोही ठाउँकी ३० वर्षीया चन्द्रा चाैधरी घाइते भएकाे कैलाली प्रहरीले जनाएको छ। स्कुटरमा सवार दुबै जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको र चाैधरीको अवस्था सिकिस्त रहेको बताइएको छ। स्कुटर चालकले मापसे सेवन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। कार चालक कुँवर नेपाल विद्यार्थी संघ कैलालीका सभापति हुन्।

Read More

महेन्द्रनगर: कञ्चनपुर प्रहरीको कमाण्डको जिम्मेवारी एसपी कमल थापाको काँधमा छ। तर, विवादित छविको उपमा पाएका एसपी थापाले कमाण्ड सम्हालेदेखि जिल्लामा तल्लो तहका प्रहरी कर्मचारी मात्रै पीडित बनेका होइनन्, आपराधिक क्रियाकलापमा समेत बढावा भएको पाइन्छ। एसपी थापाले कञ्चनपुर प्रहरीको कमाण्ड सम्हालेसँगै तस्करहरु खुसी भएको बताइदै आइएको थियो। सेटिङ र लेनदेनमा कुरा मिलाएर तस्करी गर्न पाइने भन्दै तस्करी गर्नेहरु खुसी भएका थिए। त्यहीँ बेलादेखि खुला सीमानाका भएको कञ्चनपुरमा तस्करी मौलाएको पाइएको छ। जिल्लाका विभिन्न नाकामा उखुदेखि अन्य मालसमानको तस्करी हुने गरेको हो। विशेषगरी प्रहरीकै सेटिङमा भारतीय उखुको तस्करी हुने गरेको हो। तस्करसँग कञ्चनपुर प्रहरीको साँठगाँठ, एसएसबीसँग बैठक कञ्चनपुरमा भारतसँग सिमा जोडिएका क्षेत्रमध्ये झिलमिला,…

Read More