Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीस्थित धनगढीको नेपाल–भारत सीमावर्ती सुडा क्षेत्रमा सञ्चालन हुँदै आएको तस्करीको सञ्जाल पर्दाफास भएको छ। गौरीफन्टा कोतवाली प्रहरीले सीमा क्षेत्र हुँदै नेपालबाट भारत लैजान लागेको करोडौं रुपैयाँ बराबरको सेक्स टोय बरामद गरेको हो। भारतीय प्रहरी र भन्सार विभागको संयुक्त अपरेशनमा करिब ४० हजार थान चाइनीज सेक्स टोय बरामद गरिएको जनाइएको छ। बरामद गरिएको सामग्रीको एक थानको मूल्य नेपाली बजारमा झन्डै ५,५०० रुपैयाँ र भारतीय बजारमा करिब ३,५०० रुपैयाँ पर्छ। कुल मूल्य करोडौं रुपैयाँ बराबर हुने अनुमान गरिएको छ। स्रोतका अनुसार तस्करीको मुख्य केन्द्र नेपालतर्फ रहेको अवैध सुडा मन्डी थियो। सो सामान कैलालीको भजनीबाट सुखड हुँदै हसुलियाबाट जुगेडा हुँदै पारी पुगेको…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशमा तीन जनामा काेराेना संक्रमण पुष्टि भएको छ। भारतसँग जाेडिएकाे गाैरीफन्टा नाकामा तीन जनामा काेराेना संक्रमण पुष्टि भएकाे प्रदेश स्वास्थ निर्देशनालयले जनाएको छ। भारतबाट फर्किने ३६ जनाकाे परीक्षण गरिएकोमा तीन जनामा संक्रमण पुष्टि भएको हाे। भारतमा काेराेनाकाे नयाँ संक्रमण देखिएका बेला त्यहाँबाट फर्किनेहरूमा समेत संक्रमण देखिन थालेकाे हाे।

Read More

धनगढी: कैलाली प्रहरीले विभिन्न माध्यममार्फत सूचना तथा समाचारहरू सार्वजनिक गर्दै आए पनि आफ्नै प्रहरी संलग्न गैरकानुनी घटनाहरू भने गोप्य राख्ने गरेको आरोप लागेको छ। यस्तै एक घटना हालै धनगढी क्षेत्रमा सार्वजनिक भएको थियो। जसमा एक प्रहरी जवान लागुऔषध सेवनको अवस्थामा फेला परेका थिए। कारोबारीसमेत रहेका ती जवानलाई पक्राउ पनि गरिएको थियो। तर मुद्दा चलाइएन। उसो त कैलाली प्रहरीका प्रमुख एसपी बाल नरसिंह राणाले आउँदा आउँदै पहिले प्रहरीमै आन्तरिक सुद्धिकरण गर्ने भाषण गरेका थिए। तर व्यवहारमा भने त्यो देखिएन। सुरक्षा स्रोतका अनुसार ती जवान डम्बर साउद हुन्। उनलाई जिल्ला प्रहरीकै टोलीले नसाले लठ्ठ परेका अवस्थामा पक्राउ गरेको थियो। पक्राउ गरेपछि उनलाई…

Read More

धनगढी: धनगढी उपमहानगरपालिकाका नगर प्रहरी पुनः समातिएका छन्। जिल्ला प्रहरी कार्यालयको हिरासतबाट थुनामुक्त भएका धनगढीका नगर प्रहरीहरु फेरी पक्राउ परेका हुन्। कैलालीको धनगढीस्थित त्रिनगर भन्सारका प्रमुख अनन्त तिमिल्सिनामाथि कुटपिट गरेपछि १२ जेठमा पक्राउ परेका धनगढी नगर प्रहरीका प्रमुख लक्ष्मणसिंह धामीसहितका चार जना मंगलबार जिल्ला प्रहरी कार्यालयको हिरासतबाट थुनामुक्त भएका थिए। उनीहरु थुनामुक्त भएपनि भन्सार कार्यालयले भन्सार ऐनअनुुसार अनुसन्धान अघि बढाएपछि फेरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले भन्सार कार्यालयले भन्सार ऐनअनुसार अनुसन्धान गरिरहेकाले नगर प्रहरीलाई फेरी हिरासतमा राखिएको बताए। पक्राउ परेका मध्ये नगर प्रहरीका सवारी चालक हसनबहादुर मल्ललाई भने स्वास्थ्य समस्याका…

Read More

धनगढीः धनगढीको बोराडाँडी चोकमा बोलेरो जिप दुर्घटना भएको छ। धनगढी छ लेन सडकको बोराडाँडी चोकमा साइकील यात्रीलाई बचाउने क्रममा तरकारी बोकेको रा १ च १२९८ नम्बरको बोलेरो जिप दुर्घटना भएको प्रहरीले बताएको छ। दाङको घोराही ७ बस्ने २३ वर्षीय बिरबहादुर चौधरीले चलाएको जिप आज बिहान दुर्घटना भएको प्रहरीले बताएको छ। दुर्घटनामा मानविय क्षति नभएको प्रहरीले जनाएको छ।

Read More

धनगढी: भ्रष्टाचार मुद्दा लागेपछि नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारी सांसद पदबाटै निलम्बित भएका छन्। गैरकानुनी रूपमा सम्पत्ति थुपारेको आरोपमा अख्तियारले १ करोड ८ लाख ३८ हजार ३ सय २ रुपैयाँ बिगो दाबीसहित सोडारीविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराएको हो।  भ्रष्टाचार निवारण ऐन, २०५९ मा सार्वजनिक पद धारण गरेका व्यक्तिविरुद्ध मुद्दा दर्ता भएपछि त्यो किनारा नलागेसम्म पदबाट निलम्बन हुने उल्लेख छ। योसँगै अब नेकपा एकीकृत समाजवादीको सुदूरपश्चिम संसदीय दलको नेता पद रिक्त भएको छ। अब उक्त दलमा नयाँ नेता को बन्ला भन्ने चासो बढेको छ। नेकपा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको उपस्थिति सुदूरपश्चिममा तुलनात्मकरूपमा बलियो छ। सुदूरपश्चिम प्रदेश सभामा नेकपा…

Read More

धनगढी: कञ्चनपुरको महेन्द्रनगर हुँदै कैलालीको अत्तरिया र धनगढी आउने भन्सार छलिका सामान बोक्ने गाडीहरुसँग प्रहरीले सेटिङ र बार्गेनिङ गर्ने गरेको खुलेको छ। प्रहरीकै स्रोतले दिएको जानकारी अनुसार घुमुवा प्रहरी (सादा पोसाकमा खटिने) को मिलेमतोमा सेटिङ हुने गरेको हो। आर्थिक चलखेलका आधारमा बार्गेनिङ र सेटिङ मौलाएको स्रोतको दाबी छ। स्रोतका अनुसार महेन्द्रनगरबाट न्यून भन्सार मूल्यांकन तथा भन्सार चोरी निकासी गरि कैलालीको अत्तरिया हुँदै सुदूरपश्चिमको पहाडी जिल्ला र धनगढीतर्फ आउने गाडीसँग घुमुवाले सेटिङ गर्ने गर्दछ। जसमा राजस्व चुहावटको सामान हुने गरेको र त्यसमा सेटिङ हुने गरेको बताइएको हो।प्रहरीले नै विभिन्न स्थानमा गाडी रोकेर पैसा बुझ्दै गाडी छोड्ने गरेको स्रोतले जनाएको छ। घुमुवा…

Read More

काठमाडौं: रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षमा पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ। मंगलबार भएको फाइनलमा पञ्जाब किङ्सलाई ६ रनले हराउँदै बेंगलुरुले आईपीएलको उपाधि जितेको हो। बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनायो। अन्तिम ओभरमा २९ रन आवश्यक हुँदा शशांक सिंहले ३ छक्का र चौका प्रहार गरेपनि पर्याप्त हुन सकेन। शशांक ३० बलमा ६१ रनमा अविजित रहे। जोश इङ्लिसले ३९ रन बनाए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो। विराट कोहलीले सर्वाधिक ४३ रन बनाए। त्यस्तै कप्तान रजत पाटिदारले २६…

Read More

काठमाडौं: नेपाली सेनाका प्रवक्ता फेरिएका छन्। सहायक रथी राजाराम बस्नेतलाई सैनिक प्रवक्ताको जिम्मेवारी दिइएको सैनिक स्रोतले जनाएको छ। यसअघिका सैनिक प्रवक्ता गौरव कुमार केसीलाई सरुवा गरिएको छ। उनी पूर्वी पृतना मुख्यालय इटहरीमा सरुवा भएका छन्।  बिहीबार सैनिक प्रवक्ताको जिम्मेवारी बरबुझारथ कार्यक्रम राखिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

Read More

धनगढी: सुदूरपश्चिममा पूर्वमन्त्रीका सचिवालयका मान्छेहरू गम्भीर आरोपमा मुछिएका छन्। सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री झपट साउदका सचिवालयमा आबद्ध व्यक्तिहरू आपराधिक गतिविधिमा मुछिएका हुन्। प्रहरी स्रोतका अनुसार कोही थुनामा छन् भने कोही फरार अवस्थामा रहेको खुलासा भएको छ। अछामका पूर्वसचिवालय प्रमुखसहितका मान्छे फरार छन्। उनीहरु अहिले कुन ठाउँमा लुकेर बसेका छन् भन्ने खुलेको छैन। अर्का साउद थरी सहयोगीसमेत अहिले सम्पर्कविहीन छन्। यसैबीच, साउद निकट मीन बाब्ली मिलन बैतडीस्थित इलाका प्रहरी कार्यालयको थुनामा छन्। उनलाई सुरुमा कैलालीको सुखडबाट पक्राउ गरिएको थियो। त्यसपछि सुखडमा थुनेर डडेल्धुरा हुँदै बैतडीको पाटन पुर्‍याइएको हो। उनीमाथि ‘बजेट हालिदिने’ भन्दै लाखौं रुपैयाँ असुली गरेको आरोप लागेको छ। विभिन्न पीडितले…

Read More