Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : काठमाडौँको ढुंगे अड्डामा दुध बोक्ने ट्यांकरको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन् । चन्द्रागिरी नगरपालिका १५ मा आज बिहान नैकापबाट कलंकीतर्फ जाँदै गरेको ट्यांकरले ठक्कर दिँदा ६५ बर्षीय महेन्द्रलाल दास घाइते भएका हुन् । घाइते दासको सतुंगलस्थित एपीएफ अस्पतालमा उपचार भइरहेको छ । उनी स्थानीय विष्णुदेवी हाउजिङमा बस्दै आएका थिए । ट्यांकर र चालक सुरेश श्रेष्ठलाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धान थालेको बताइएको छ ।

Read More

धनगढी : कैलालीमा टिप्पर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–२ पाण्डेचोकमा ना ४ ख १३६५ नम्बरको टिप्पर अनियन्त्रित भएर आइतबार राति दुर्घटना भएको हो । दुर्घटनामा टिपरमा सवार बाँके कोहलपुर नगरपालिका–७ का २४ वर्षीय दिनदयाल थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका टिपर चालकको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

Read More

धनगढी : मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कैलालीले धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालको घरमा माघ १० गते कालो ब्यानर टाँस्ने कार्यक्रम रहेको सार्वजनिक गरेको छ । आज धनगढीमा पार्टीले पत्रकार सम्मेलन गर्दै उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत अल्टीमेटम पठाउँदा समेत समाधानतर्फ ध्यान नदिएपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो । ‘धनगढी उप महानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका बिषयमा पौष २१ गते नगर प्रमुखलाई सम्बोधन गरी ४८ बुँदे मागपत्र १५ दिने अल्टीमेटम सहित हुलाक मार्फत पठाइएको र उक्त मागहरु सम्वन्धमा कुनै सुनुवाई नभएकोले समस्याहरुको समाधानका लागि केही भएनन्’ पार्टीका बाजुरा इन्चार्ज केशब उपाध्यायले भने । उनका…

Read More

काठमाडौं : देशको सार्वजनिक ऋण करिब २३ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ। अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पछिल्लो ६ महिनामा मात्रै ८५ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ। गत असार मसान्त २०८० सम्म देशको कूल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ रहेको थियो। ६ महिनामा (साउनदेखि पुस मसान्तसम्म) ८५ अर्ब २३ करोड ३५ लाख रुपैयाँ थपिँदा देशको सार्वजनिक ऋण २३ खर्ब ८४ अर्ब ४८ करोड ६० लाख रुपैयाँ पुगेको हो। जसमध्ये ११ खर्ब ९८ अर्ब ४ करोड २२ लाख रुपैयाँ आन्तरिक ऋण रहेको छ भने ११ खर्ब ८६ अर्ब ४४ करोड ३८…

Read More

धनगढी : धोकेबाज गायिकाको उपमा पाएकी एलिना चौहानले निजी जीवनमा आफैं धोका खाएकी छन्। उनले प्रमी विष्णु सापकोटासँग धोका खाएकी हुन्। एलिना र विष्णुको ब्रेकअप भएको छ। अष्ट्रेलियामा बस्ने विष्णुसँग एलिनाको प्रेम ठीक एक वर्ष अगाडि सार्वजनिक भएको थियो। गत वर्षको तिजमा सांगीतिक प्रस्तुतिका लागि एलिना अष्ट्रेलिया जाँदा विष्णुलाई भेटेकी थिइन्। त्यसपछि उनीहरू प्रेममा परेका थिए। एलिनाले पनि यसको खुला स्वीकारोक्ति गरेकी थिइन्। विष्णुसँग विवाहको योजनासमेत बुनिरहेकी एलिना मंसिर विवाह हुन सक्ने आफ्ना साथीहरूलाई बताउने गर्थिन्। तर, अहिले उनको प्रेम टुटेको निकट स्रोतले बतायो। विष्णुले केही समयदेखि एलिनालाई मानसिक तनाव दिइरहेको स्रोतको दाबी छ। आफ्नो चरित्रमाथि नै विभिन्न प्रश्न उठाउने,…

Read More

धनगढीः भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्या नगरमा बनाइएको भव्य राममन्दिरको उद्घाटन भइरहँदा नेपालका स्वर्गीय ज्योतिष वंशीधर जोशी (अटल) को चर्चा चुलिएको छ। चर्चा चुलिनुको कारण हो, ज्योतिष जोशीको भविष्यवाणी। बैतडी पुर्ख्यौली घर भएका जोशीको जन्म विस १९८७ कार्तिकमा भएको थियो। उनी कञ्चनपुरमा बस्दै आएका थिए। विस २०५४ माघ २४ गते निधन भएका जोशीले १५ पुस २०४९ उनले भविष्यवाणी गर्दा अयोध्यामा हिन्दु र मुष्लिमबीच धर्मको युद्ध चलिरहेको थियो। हिन्दूहरुले भगवान रामको जन्मभूमि मान्दै आएको स्थानमा १६ औँ शताब्दीमा बनेको एउटा मस्जिद रहेको थियो। जसलाई सन् १९९२ मा हिन्दूहरुले भत्काइदिएका थिए। उक्त धार्मिक हिंसामा कम्तीमा दुई हजार मानिसको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले…

Read More

काठमाडौँ : माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आयोगले माघ ८ गते (सोमबार) राति १२ बजेपछि मतदान कार्य समाप्त नहुन्जेलसम्म निर्वाचनको प्रचारप्रसारमा रोक लगाएको छ। आयोगका अनुसार राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाउनेछैनन्। त्यस्तै कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना…

Read More

काठमाडौं: भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरमा प्राण प्रतिष्ठा गरिएको छ। उत्तर प्रदेशको अयोध्यामा रहेको राम मन्दिरमा सोमबार दिउँसो १२ बजेर २९ मिनेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष पूजा गरेर प्राण प्रतिष्ठा गरेका हुन्। सन् २०२० अगष्ट ५ मा प्रधानमन्त्री मोदीले उक्त मन्दिरको शिलान्यास गरेका थिए। राम मन्दिर निर्माण गरिएको स्थान लामो समयदेखि विवादित थियो। मुस्लिम समुदायले उक्त स्थानमा भत्काइएको बाबरी मस्जिद बनाउनुपर्ने बताउँदै आएका थिए। सन् २०१९ मा सर्वोच्च अदालतले सो ठाउँमा राम मन्दिर बनाउन आदेश दिएपछि मन्दिरको शिलान्यास भएको थियो। सोमबार मन्दिर उद्घाटन हुँदा पनि सम्पूर्ण रूपमा बनिनसकेको र मन्दिर नबन्दै प्राण प्रतिष्ठा गर्न नहुने महन्थहरूले बताउँदै आएका…

Read More

डडेल्धुरा : डडेल्धुरामा अनाथ बालबालिकालाई न्यानो कपडा, खाद्यान्न र फलफूल सहयोग गरिएको छ। आज (सोमबार) २३ औं सशस्त्र प्रहरी दिवस २०८०को अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५२ गुल्म हेड क्वाटर डडेल्धुराले अमरगढी नगरपालिका–७ पोखरामा रहेको बेदस्था बालगृहलाई उक्त सामग्री सहयोग गरेको हो। प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेको उपस्थितिमा बेदस्था बालगृहमा रहेका अनाथ बालबालिकालाई न्यानो कपडा, खाद्यान्न र फलफूल सहयोग गरेको ५२ गुल्म हेड क्वाटर डडेल्धुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्रबहादुर पालले जानकारी दिए। र, यो पनि : डडेल्धुरामा १४ जना सशस्त्र प्रहरीले गरे रक्तदान

Read More

काठमाडौं : प्रहरीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली डाक्टर ४० वर्षीय सम्बुद्ध भट्टाचार्यलाई नियन्त्रणमा लिएको हो। कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार भट्टाचार्यलाई सोमबार नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार भट्टाचार्यले धौलागिरि पोलिक्लिनिक सञ्चालन गर्दै आएका थिए। भट्टाचार्य मोरङको विराटनगर महानगरपालिका वडा नम्बर २ का हुन्। उनले अहिलेसम्म ४० जना बिरामीलाई उपचार गराएको प्रारम्भिक बयान दिएका छन्। उनले चीनबाट एमबिबिएस गरेको र शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत रहेको बताउने गरेका थिए। प्रहरीका अनुसार उनले विदेश जाने व्यक्तिको मेडिकल रिपोर्टसमेत बनाउने गरेका थिए। उनले नेपाल मेडिकल काउन्सिलको नक्कली दर्ता प्रमाण पत्र देखाएर पोलिक्लिनिक सञ्चालन गर्दै आएका थिए।

Read More