धनगढीः डडेल्धुरामा दाउरा काट्ने क्रममा एक जना घाइते भएका छन्।
परशुराम नगरपालिका–३ कटानका जनकराज भट्ट दाउरा काट्ने क्रममा गम्भीर घाइते भएका हुन्।
उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ। दाउरा काट्ने क्रममा उनको खुट्टा भाँचिएको छ।
भट्टले अप्रेसन गर्न लाग्ने रकम अभाव भएको भन्दै सहयोगका लागि अपिल गरेका छन्।
Facebook Comments Box