काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग-२ को (२०२३- २०२७) को साइकलको सिरिज आजदेखि सुरु हुँदै छ। २०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रिया अन्तर्गत आजदेखि काठमाडौंमा पहिलो सिरिज हुन लागेको हो। आइसीसीले क्रिकेट विश्वकपमा छनौट हुन यस अघि (२०१९- २०२३) मा पनि यही फर्म्याटमा प्रक्रिया सुरु गरेको थियो। लिग- २ मा ८ देश खेलिरहेका छन्। जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन्। आईसीसीका अनुसार लिग-२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडि रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन्। क्रिकेट विश्वकप लिग-२ को २०२३- २०२७ साइकलको…
Author: महेन्द्रनगर पोष्ट
कैलाली : सुदूरपश्चिम प्रदेश बाँकेको कोहलपुरमा जारी सुशील कोइराला मेमोरियल यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। सुदूरपश्चिमले उपाधिका लागि भोलि (बिहीवार) कोहलपुर मेयर–११ सँग भिड्नेछ। सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको समान ४ अंक रहे तापनि नेट रन रेटमा अघि रहँदै सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा रहेर फाइनल प्रवेश गरेको हो। सुदूरपश्चिमको नेट रन रेट ०.०६६१, गण्डकीको ०.३१५ र बागमतीको –०.४९२ रह्यो। लिग चरणका सबै ४ खेल जित्दै ८ अंकसहित कोहलपुर मेयर–११ अंकतालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा स्थान पक्का ग¥यो। सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई तथा कोहलपुर मेयर–११ ले बागमती प्रदेशलाई पराजित ग¥यो। सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित…
कैलाली : कैलालीको घोडाघोडी नगरपालिका मेयर खडक रावत घाइते भएका छन्। मंगलबार राति घर नजिकै चक्कर आएर ढलेका रावतको टाउकोमा चोट लागेको हो। घाइते प्रमुख रावतको घोडाघोडी अस्पतालमा उपचार गरिएको छ। चोट लागेको ठाउँमा चार टाँका लागेको घोडाघोडी अस्पतालका चिकित्सक राहुल कुमार सिंहले बताए। अचानक लडेका रावतलाई स्थानीयले घोडाघोडी अस्पतालमा पुगाएका थिए। नगरप्रमुख रावतले चोटका कारण घरमै आराम गरिरहेको बताएका छन्।
काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहको छ। बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ। कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।
कञ्चनपुर : कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज विहान सडकबाट दुई सय मिटर तल खसेको थियो। दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृतकको विवरण आइसकेको छैन। कार्यालयका एसपी नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका र ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ। बसमा ४० यात्रु सवार सवार रहेको र चालक पनि घाइते रहेको प्रहरीले बताएको छ।
धनगढी: कञ्चनपुर प्रहरीले विद्युतीय अपराध सम्बन्धी मुद्दा चलाएर समातेका २ पत्रकार रिहा भएका छन्। प्रहरी स्रोतका अनुसार (बुधबार) मध्यरातमा पत्रकारद्वय पुष्कर भट्ट र ऐश्वर्य कुँवरलाई मध्यरातमा थुनामुक्त गरिएको हो। पत्रकारद्वयका अधिवक्ता बिनोद भट्टले उनीहरुलाई रिहा गराएको पुष्टि गरे। यस अगाडि हिजो (मङ्गलबार) र आज (बुधबार) समेत पक्राउ परेका ४ जना पनि आजै रिहा भएका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दका अनुसार आज समातिएका माओवादी केन्द्रका प्रदेश सदस्यसमेत रहेका भीमदत्त नगरपालिका–१८ का चन्द्रकान्त भट्ट (सिके), अर्का स्थानीय पुस्कर भट्ट, पूर्व प्रहरी हवल्दार भीमदत्त नगरपालिक–१८ का कर्णबहादुर चन्द र भीमदत्त नगरपालिका–१६ का दशरथ धानुक पनि छुटेका थिए। अनुसन्धानका बखत…
काठमाडौँ : कोरियन भाषा परीक्षा (ईपीएस) फागुन ७ गतेदेखि हुने भएको छ । ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै फागुन ७ गतेदेखि परीक्षा सञ्चालन गर्ने जनाएको हो । परीक्षा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान, भैसेपाटीमा हुनेछ । परीक्षामा मोबाइल फोन, इलेक्ट्रेनिक डिस्नरी, स्मार्ट वाच लगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरू परीक्षा हलभित्र पूर्णतः निषेध गरिएको छ । परीक्षामा चिट, कपि गरेको तथा अन्य अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुका साथै ४ वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिएको ईपीएस कार्यालयले जनाएको छ । तोकिएको परीक्षा समयभन्दा १ घण्टा अगावै परीक्षा हलमा ओरेन्टेशन सुरु हुनेछ । ओरेन्टेशन र बायो–मेट्रिक भेरिफिकेशन…
धनगढी : दुर्गम जिल्ला रहेको बाजुराले कृषि बस्तु निर्यातको सूरुवाती गरेको छ । कृषकहरुले अनुदान पाउन थालेपछी उत्पादनमा बृद्धि भएर निर्यात हुन थालेको हो । जसमा बाजुरा जिल्लाबाट २०८०र८१ को आर्थिक बर्षमा मात्रै ६ करोड भन्दा बढिको कृषि वस्तु निर्यात गरेको तथ्याकं रहेको छ । चालु आर्थिक वर्ष २०८०र८१ को साउनदेखि माघ मसान्तसम्म रु ६ करोड ७३ लाख बराबरको कृषि वस्तु निर्यात भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख मिनप्रसाद जैशीले बताएका छन । बाजुराबाट सबैभन्दा धेरै तरकारी, अन्नबाली र फलफुल निर्यात भएको पाईन्छ । चालु वर्षको १० महिनामा मात्रै ३ करोड बराबरको कोदो, २० लाख बराबारको स्याउ, १६ लाख बराबारका…
काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ए टिम घोषणा गरेको छ । यसअघि ३६ जना खेलाडीको नाम सार्वजनिक गरेको क्यानले १६ सदस्यीय टिम घोषणा गरेको हो । १६ सदस्यीय टोलीमा आशुतोष घिरैया, अर्जुन कुमाल, बसिर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मयन यादव छन् । यस्तै प्रतिश जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, साहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया पनि टोलीमा छन् । नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली छन् ।
धनगढी : कञ्चनपुरमा प्रहरीले ६ लाख रुपैया भन्दा बढि मुल्यका भन्सार छलीका सामानहरु बरामद गरेको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १७ मझँगाउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ५ हजार रुपैष बराबरको कपाल बाध्ने रबर, लालझाँडी गाउपालिका १ डाडा बिछुवाबाट अन्दाजी मूल्य ५ लाख ६७ हजार रुपैया बराबरको प्याज, ३ थान मोटरसाईकल बरामद गरेको छ । यस्तै कञ्चनपुरकै बेलौरी नगरपालिका वडा नम्बर १, २ बैजुडाडा र भैसोरबाट अन्दाजी २९ हजार ५ सय ५ रुपैया बराबरको खाने तेल, अण्डा, बिस्कुट, खेलौना लगायतका सामानहरु गरि जम्मा ६ लाख १ हजार ५ सय ५ रुपैया बराबरको सामानहरु प्रहरी गस्ती…