कञ्चनपुर : कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज विहान सडकबाट दुई सय मिटर तल खसेको थियो।
दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृतकको विवरण आइसकेको छैन। कार्यालयका एसपी नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका र ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ।
बसमा ४० यात्रु सवार सवार रहेको र चालक पनि घाइते रहेको प्रहरीले बताएको छ।
Facebook Comments Box