Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठले संसदीय दलको नेताबाट आफूलाई हटाइएको विषयमा जानकारी नै नभएको बताएकी छन्। महेन्द्रनगरपोष्टसँग कुरा गर्दै रञ्जिताले आफूलाई दल नेता परिवर्तनको विषय जानकारीमा नआएको बताइन्। यस्तै उनले आफू मन्त्री बन्ने कुरा पनि तलमाथि नभएको बताएकी छन्। आजमात्रै उनलाई दलको नेताबाट हटाएर गङ्गा चौधरीलाई नेता चयन गरिएको थियो। यसअघि प्रमुख सचेतक रहेका चौधरीलाई बहुमत सांसदले संसदीय दलको नेता चयन गरेका हुन्। यस्तै प्रमुख सचेतकमा पार्टीका संरक्षक रेशमलाल चौधरीका बुबा तथा रञ्जिताका ससुरा लालवीर चौधरी तोकिएका छन्। नाउपाका चार सांसदमध्ये गङ्गा चौधरी, अरुण चौधरी र लालवीर चौधरीले रञ्जिता श्रेष्ठलाई उक्त जिम्मेवारीबाट हटाएका हुन्। प्रधानमन्त्री…

Read More

कञ्चनपुर: कञ्चनपुर स्थित महाकाली नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । सुर्खेतको बाराहाताल गाउँपालिका-७ घर भएका ४५ वर्षीय धन बहादुर गुरुङको डुबेर मृत्यु भएको हो । गुरुङ कञ्चनपुरको भीमदत्त नगरपालिका १२ स्थित महाकाली पक्की पुलमा मजदुरी गर्दै आएका थिए । हिजो बिहान ११ बजेतिर महाकाली नदीमा माछा मार्न गएको अवस्थामा डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई खोजतलास गर्दा साँझ ६ बजेको समयमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

Read More

धनगढीः कैलालीमा आफैँले चलाएको चम्पा ट्याक्टरले एक जनाको मृत्यु भएको छ। कैलारी गाउँपालिका-४ का ४० वर्षीय देवल चौधरीको आइतवार मृत्यु भएको हो। चौधरी आफैँले चलाएको चम्पा ट्याक्टर घर नजिकै पार्किङ गर्ने क्रममा पराल राख्न गाडेको काठमा ठोक्किएर घाटीमा चोट लागेपछि गम्भिर घाइते भएका थिए। उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

Read More

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्री दाहालसँग भेट्न उनी केहीबेर अघि मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले ओलीबीच बलकोटमा भएको भेटवार्तापछि सत्ता समीकरण तरंगित बनेको छ । सत्ता समीकरण फेरिने हल्ला चलेको छ भने राजनीतिक भेटघाट पनि बाक्लिएको छ । आइतबार मात्र प्रधानमन्त्री प्रचण्ड, ओली र गृहमन्त्री रवि लामिछानेबीच पनि भेटवार्ता भएको थियो ।

Read More

जाजरकोट : पहिरोले पुरिएर जाजरकोटमा एक बालकको मृत्यु भएको छ । भेरी नगरपालिका–५ इबरका रमेश बिकका ५ वर्षीय छोरा प्रिन्स बिकको मृत्यु भएको हो । गए राति परेको बर्षातका कारण आएको पहिरोले घर पुर्दा ती बालकको मृत्यु भएको हो । पहिरोमा परी बुबा रमेश घाइते भएका छन् । उनको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । ६ जनाको परिवार अरु सबै सकुशल छ्न् ।

Read More

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक परीक्षा आगामी साउन २३ गतेदेखि सञ्चालन गरिने भएको छ । यसपालीको मौका परीक्षामा एसईई परीक्षा अनुत्तीर्ण सबैले सहभागी हुन पाउने छन् । गत विहिबार सर्वजनिक भएको एसइईको नतिजामा २ लाख ४२ हजार ३१३ जना अनुतिर्ण भएका थिए । अब उनीहरु सबैले मौका परीक्षा दिन पाउने भएका छन् ।   यसअघि साउन १८ र १९ गते परीक्षा सञ्चालन गर्ने तयारी रहेपनि सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी हुन दिने निर्णय भएपछि परीक्षाको पूर्व निर्धारित तालिका संशोधन गरिएको हो ।

Read More

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । गएराती देखि लागु हुने गरि निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजल र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ । यो मुल्य वृद्धिसँगै काठमाडौँमा पेट्रोल प्रतिलिटर १६७ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १५७ पुगेको निगमले जनाएको छ ।

Read More

धनगढी : नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ पत्रकार कर्णदेव भट्टको निधन भएको छ । महेन्द्रनगर कञ्चनपुर निवासी भट्टको सोमबार निधन भएको हो । सुदूरपश्चिमको पत्रकारिताको विकासमा कर्णदेव भट्टको योगदान अविस्मरणीय रहेको छ। उनी सुप प्रदेशकै जेठो पत्रिका “फारवेष्ट टाईम्स” का प्रकाशक तथा सम्पादक थिए। भट्टको नेतृत्वमा फारवेष्ट टाईम्सले क्षेत्रीय पत्रकारितामा महत्वपूर्ण भूमिका खेलेको थियो। नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपाध्यक्षको रूपमा भट्टले देशभरका पत्रकारहरूको हक हितको लागि उल्लेखनीय काम गरेका थिए। उनले आफ्नो जीवन पत्रकारिता तथा समाजसेवामा समर्पित गरेका थिए। उनको निधनले पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको छ। यस दुःखद घडीमा शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै…

Read More

काठमाडौं : नेपाल प्रहरी अधिकारीले अनुचित लेनदेन (मिटरब्याज) सँग सम्बन्धित सबै उजुरी लिन नसकिएको स्पष्ट पारेका छन् । गृह मन्त्रालयका अधिकारी, मिटरब्याज सम्बन्धी छानबिन आयोगका पदाधिकारी र उच्च प्रहरी अधिकृतबीच आज भएको छलफलमा उनीहरूले हदम्यादको अन्योल र अदालतबाट जारी निषेधाज्ञाका कारण मिटरब्याजसँग सम्बन्धित सबै उजुरी लिन नसकिएको स्पष्ट पारेका हुन् । आयोग बनेपछि पनि अनुचित लेनदेन सम्बन्धी सुनुवाइ तीब्र नभएको गुनासो बढेपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहितको छलफलमा प्रहरीसम्म पुगेका निवेदनको किसिम, त्यस उपर कारवाहीका लागि भएको कानुनी अड्चन र सम्बोधनका उपायबारे परामर्श भएको थियो । आयोगका पदाधिकारीले प्रहरी प्रशासनले निवेदन लिन नमानेको गुनासो आइरहेकाप्रति गृह मन्त्रालयको ध्यानाकर्षण गराएका थिए…

Read More

धनगढी : बैतडीमा शिक्षकले नाबालिकामाथि जबरजस्तीकरणी गरेको घटनामा पीडितका परिवारले १५ लाखमा मिलापत्र गराएको तर पैँसा नपाएपछि प्रहरीमा किटानी जाहेरी दिएको घटना सार्वजनिक भएको छ । पाटन नगरपालिकाको एक विद्यालयकी १३ वर्षीया नाबालिकामाथि सोही विद्यालयका शिक्षक २८ वर्षीय शिक्षक लक्ष्मीकान्त पनेरुले गत १२ चैतको राति आफ्नै कोठामा बोलाएर जबरजस्ती गरेको घर परिवारले थाहा पाएका थिए । त्यसपछि शिक्षक नाबालिकाका परिवारलाई १५ लाख दिन तयार भएपछि कहीकतै उजुरी नगर्ने सहमती भएको खुलेको छ । शिक्षक र नाबालिकाका परिवारबीच उमेर २० वर्ष पुगेपछि विावह गर्ने, त्यो बेलासम्म पालन पोषण गर्ने र तत्काल घरपरिवारलाई १५ लाख रुपैयाँ दिने सहमती भएको थियो । उक्त…

Read More