Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल प्रहरीमा रिक्त रहेको एउटा एसएसपी पदमा बढुवाका लागि रमेशकुमार बस्नेत सिफारिस भएका छन्। आइतबार बसेको बढुवा समितिको बैठकले उनलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो। प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार मोहन पोखरेलले अवकाश पाएपछि एउटा एसएसपीको दरबन्दी रिक्त थियो।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सभाले आइतबार प्रदेश सभा दिवस मनाएको छ । सो अवसरमा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी र जवाफदेही हुनु पर्ने बताए । सभामुख भीमबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता राजेन्द्रसिंह रावलले प्रदेश सरकारका कारण सङ्घीयता र गणतन्त्र कमजोर भइरहेको बताए । उनले प्रदेश सभालाई सरकारले कामविहीन बनाएको बताउदै प्रदेश सभाका कर्मचारीले अझै मर्यादाक्रम बारे जानकारी नराखेर काम गरिरहेको बताए । छोटो बोल्नु पर्यो भन्दै दिइएको चिटमा पनि नेता रावलले आक्रोश पोख्दै, म नबोलौ छोडेर जाउ, आजको दिनमा पनि बोल्न नदिने भनेका…

Read More

धनगढी : आइसिसी यू १९ विश्वकप क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डले नेपाललाई ३०३ रनको लक्ष्य दिएको छ । दक्षिण अफ्रिकामा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले स्नेहिथ रेडीको शतकमा ८ विकेटको क्षतिमा ३०२ रन जोड्यो । रेडीले नटआउट १४७ रन जोड्ने क्रममा १२५ बलमा ११ चौका र ६ छक्का प्रहार गरे। कप्तान ओस्कार ज्याकसनले पनि उत्कृष्ट ब्याटिङ गरे।ज्याकसनले ७५ रन जोड्ने क्रममा ८१ बलमा ३ चौका र ५ छक्का प्रहार गरे। ४१.५ ओभरमा आउट हुनुअघि उनले चौथो विकेटका लागि रेडीसँग १५७ रनको साझेदारी गरेका थिए। ज्याकसनलाई चौथो विकेटको रुपमा आउट गर्ने क्रममा नेपालका आकाश त्रिपाठीले बोल्ड गरे। त्यसअघि न्युजिल्यान्डले १४.३ ओभरमा…

Read More

दिपायल : पर्यटनको आकर्षक गन्तव्यका रुपमा रहेको डोटीको दक्षिणी भेगमा पर्ने बडीकेदारधाम पछिल्लो समय पर्यटकको पर्खाइमा रहेको छ। समुद्री सतहदेखि दुई हजार पाँच सय मिटर उचाइमा पर्ने बडीकेदारधाम दक्षिण डोटीको बडीकेदार र बोगटान फुड्सिल गाउँपालिकाको दोसाँधमा अवस्थित छ। प्रचारप्रसारको अभावमा ओझेलमा परेको यो स्थल पदयात्राका लागि उपयुक्त गन्तव्य मानिए पनि पूवार्धार निर्माण नहुँदा यहाँ आन्तरिक पर्यटक मात्रै पुग्ने गरेका छन्। स्थानीयवासीले यस क्षेत्रको विकासका लागि सरोकारवाला निकायसँग माग गरिरहेका छन्। सहजपुर विपीनगर बोगटान दिपायल सडकबाट गाडीमा करिब दुई घण्टाको पैदलयात्रामा बडीकेदारधाम पुग्न सकिन्छ। ग्रामीण कला, संस्कृति र परम्परासँग रमाउँदै बडीकेदार पुग्न सकिने भए पनि अहिलेसम्म यस क्षेत्रको पूर्वाधार निर्माणमा कसैको…

Read More

काठमाडौं : १५ वर्षअघि हत्या गरिएका कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोप लागेका अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहसहित छ जनालाई पक्राउ गर्न सुर्खेत प्रहरीले जिल्ला अदालतबाट पक्राउ अनुमति पाएको छ। प्रहरीका अनुसार अदालतले शुक्रबार पक्राउ अनुमति दिएको हो। प्रहरीका अनुसार किटानी जाहेरीमा नाम उल्लेख भएका कालिकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएका सिंहसहित ‘टाइगर’ भनिने पदमबहादुर रावत, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो। प्रहरीले यसअघि जिल्ला अदालतबाट २०७९ साउन १३ गते पक्राउ लिएको थियो। ‘किटानी जाहेरीमा नाम उल्लेख भएका छ जनाविरुद्ध…

Read More

काठमाडौं : सशस्त्र प्रहरी बलले ‘क्वीक इम्पेक्ट प्रोग्राम’ सञ्चालन गरेको छ। आफ्नो २३औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीले यो योजना ल्याएको हो। यसअन्तर्गत सशस्त्र प्रहरी बलको नेपाल नम्बर–९ पशुपतिनाथ बाहिनीले संगठन र नागरिकबीचको सम्बन्धलाई विस्तार गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रमअन्तर्गत बाहिनीले अशक्त दर्शनार्थीको सहजताका निम्ति पशुपति विकास कोषलाई ह्वील चियर हस्तान्तरणका साथै मन्दिरको सरसफाइ गरेको छ। बाहिनीका प्रमुख एवं डीआईजी पुरुषोत्तम थापाले कोषका सदस्यसचिव राजुकुमार क्षेत्रीलाई चारथान ह्वील चियर हस्तान्तरण गरेका हुन्। यस्तै, सशस्त्र प्रहरी बल पशुपतिनाथ बाहिनीले तारकेश्वर नगरपालिका–५, गोलढुंगामा रुद्रमती किरियापुत्री धाम निर्माण गरेर धाम सञ्चालक समितिका अध्यक्ष नवराज चापागाईंलाई हस्तान्तरण गरेको छ। यही माघ ९…

Read More

काठमाडौं: त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आधा किलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ। कार्यालयको टोलीले कतारको दोहाबाट नेपाल आएका झापाका खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित आज दिउँसो विमानस्थलबाट पक्राउ गरेको हो। कार्यालयका प्रमुख डा टोकराज पाण्डेले कतारको दोहाबाट तरल पदार्थ बनाएर तस्करी गरी ल्याएको ४९९ ग्राम सुनसहित पक्राउ गरिएको जानकारी दिए। हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट कतारको दोहादेखि काठमाडौँ आएका दर्जीलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको डा पाण्डेले बताए। बरामद भएको सुन दर्जी आफैले ल्याएका हुन् या सुन ल्याइदिनका लागि उनी कसैको भरिया भएका हुन् भन्नेबारेमा आवश्यक अनुसन्धान भइरहेको पाण्डेले बताए।

Read More

काठमाडौं : समस्याग्रस्त सहकारीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गर्ने भएको छ। सहकारी विभागको अनुरोधमा समस्याग्रस्त सहकारीबारे अनुसन्धान थालिन लागेको हो। सीआईबी प्रमुख तथा एआईजी किरण बज्राचार्यले सबै समस्याग्रस्त सहकारीको अनुसन्धान थालिएको जानकारी दिइन्। सीआईबी स्रोतका अनुसार त्यसमा पोखरास्थित सूर्यदर्शन सहकारी पनि रहेको छ। जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ग्यालेक्सी टेलिभिजनका लगानीकर्ता गितेन्द्रबाबु (जीबी) राई पनि जोडिएका छन्। राई अहिले फरार छन् भने लामिछानेले आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन्। ब्यूरो स्रोतका अनुसार पोखराबाट पनि फाइल मगाएर अध्ययन गर्न लागिएको छ। ‘सबै अनुसन्धान गर्दा उहाँहरू संलग्न रहेको सहकारीमाथि पनि अनुसन्धान हुन्छ, आवश्यक परे उहाँहरूमाथि पनि…

Read More

धनगढी : कैलालीमा परेको अवस्थामा पाटे बाघ मृत भेटिएको छ। जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा आइतबार पासोमा परेको अवस्थामा पाटे बाघ मृत भेटिएको हो। जिल्ला प्रहरी कार्यालयकाअनुसार स्थानीयले पासोमा परेको अवस्थामा बाघ मृत भेटिएको देखेपछि खवर गरेपछि प्रहरी घटनास्थल पुगेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमले प्रहरीको टोली घटनास्थल पुगेको बताउँदै वनका कर्मचारीलाई बोलाइएको जानकारी दिए।

Read More

धनगढी: मानव सेवा आश्रम र दृष्टि फाउन्डेसनलाई नेपाल विद्यार्थी संघ धनगढीले सहयोग गरेको छ। आज (आइतबार) नेविसंघले चिसोको मौसमलाई मध्यनजर गर्दै दाउरा र केही थान कपडा सहयोग गरेको हो। नेविसंघ धनगढीका सभापति दिपेश बोहराले चिसोमा केही राहत होस् भनेर सहयोग गरेको बताए।

Read More