Author: महेन्द्रनगर पोष्ट

दार्चुला : शुक्रबार बिहान दार्चुलामा भएको बस दुर्घटनामा १६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुइजनाको अवस्था गम्भीर रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ। दार्चुलाको दुहुँ गाउँपालिका–५ बस्ने ५२ वर्षीय दिलबहादुर बम र व्यास गाउँपालिका–४ बस्ने ५४ वर्षीय परमानन्द भट्ट गम्भीर घाइते भएका हुन्। अन्य १४ जना घाइतेको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ। महेन्द्रनगरतर्फ गइरहेकाे सुपप्र०२ ००१ ख १०३१ नम्बरको दिवा बस दार्चुलाको महाकाली नगरपालिका ५ खेतेबगर भन्ने ठाउँमा दुर्घटना भएको थियो। अन्य १४ घाइते: १) बैतडीको पाटन नगरपालिका–१० खोड्पे बस्ने १७ वर्षको लक्ष्मण महरा२) बैतडीको दशरथचन्द नगरपालिका–४ खलंगा बस्ने…

Read More

गुजरात: भारतको गुजरातमा रहेको वडोदराको हरनी तालमा पल्टिँदा डुब्दा १४ जनाको ज्यान गएको छ। छ जना बेपत्ता भएका छन् ।  हिजो भएको दुर्घटनामा १२ जना बालबालिका र दुई जना शिक्षकको ज्यान गएको बीबीसीले जनाएको छ। डुङ्गामा २७ जना रहेकामा सात जनालाई उद्धार गरेर अस्पतालमा भर्ना गरिएको छ। हराएकाहरुकाे खोजी भइरहेको खबरमा उल्लेख छ। प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले मृतकका आफन्तलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ।

Read More

धनगढीः धनगढीको एक घरमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका–५ हसनपुरमा रहेको रूमा देवी चौधरीको घरमा भएको गएराति आगलागी हो। धनगढी उपमहानगरपालिकाको दमकल टोली र नगर प्रहरीले आगलागी नियन्त्रणमा लिएका छन्। आगलागीको कारण तथा क्षतिको विवरण संकलन भइरहेका जनाइएको छ।

Read More

काठमाडौँ : वरिष्ठ गायक तथा सङ्गीतकार योगेश वैद्यको बिहीबार निधन भएको छ। उनको बिहीबार राति साढे १२ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। ७७ वर्षका गायक वैद्य नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र सङ्गीतकार हुन्। नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लोकप्रिय छन्।

Read More

कञ्चनपुर : कञ्चनपुरमा लागुऔषधसहित ४ जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-१० दिपाघाँटबाट १ ग्राम ८८० मिलिग्राम खैरो हेरोइनसहित लालझाडी गाउँपालिका-५ बस्ने २१ वर्षीय प्रकाश महरासहित दुई जना बिहीवार साँझ पक्राउ परेका हुन्। प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको उनीहरुलाई चेकजाँच गर्दा लागुऔषध फेला पारी दुवैजनालाई पक्राउ गरेको जनाएको छ। यस्तै भीमदत्त नगरपालिका-४ सब्जिमण्डीबाट ०.१० ग्राम लागूऔषधसहित सोहि ठाउँ बस्ने १९ वर्षीय अनुराग तोकेसहित दुई जना बिहिवार साँझ पक्राउ परेका छन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

Read More

दार्चुला : दार्चुलामा बस दुर्घटना  भएको छ। दार्चुलाबाट  महेन्द्रनगरका लागि छुटेको  बस आज बिहान दुर्घटनामा परेको हो। महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको सुप प्र ०२००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका- ५  फोहोर सङ्कलन केन्द्र खेट्टेवगरमा दुर्घटना परेको बताइएको  छ।  दुर्घटना परी चालकसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। घाइतेहरुको विवरण तथा दुर्घटनाको कारण खुलेको छैन।

Read More

बझाङ : पारू गिरीको फोनमा नेटवर्कले काम नगरेको एक साता भएको थियो। प्रत्येक रात डरलाग्दो सपनाका आउन थालेपछि उनी राम्ररी निदाउन समेत सकेकी थिइनन्। छोराबुहारीको हालखबर बुझ्न गाउँमा अरू कसैको मोबाइमा पनि नेटवर्क थिएन। सातापछि बल्ल मौसम खुल्यो। नेटवर्क आयो र फोनमा कुरा भयो। सबैलाई सञ्चो भएको खबर सुनेपछि बल्ल पारुको मन शान्त भयो। आफ्ना वरिपरि रहेकालाई आफ्नो बेचैनीबारे सुनाउँदै थिइन् पारू। पारू छबिसपोखरी गाउँपालिका-१ परिङालमा दुई नातिलाई लिएर बसेकी छन्। छोराबुहारी रोजगारीका लागि भारतको बैङ्लोर गएका रहेछन्। बेलाबेला उनीहरूको चिन्ताले पारू बेचैन बन्छिन् र वरिपरिकालाई सुनाउँछिन्। ‘हाम्रा लागि परदेशिएकाहरूको कथा सुन्नु, सुनाउनु, टोलाउनु, आँसु चुहाउनु नियति नै हो। लेखान्तमा…

Read More

काठमाडौं : नेपाल प्रहरीका प्रहरी हवल्दारबाट वरिष्ठ हवल्दारमा बढुवा तथा पदस्थापना गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीमा रिक्त रहेको बरिष्ठ हवल्दारका लागि ८२६ जना हवल्दारहरुलाई बढुवा तथा पदस्थापन गरेको हो । सूचीः यहाँ क्लिक गर्नुस् Download

Read More

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । साथै  देशको तराईका अधिकांश भूभागमा हुस्सु लागेको छ। आज दिउँसो  कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च…

Read More

धनगढी : टीकापुर नगरपालिकामा नगर प्रमुख रामलाल डगौरा थारुले स्वेच्छाचारी निर्णय गरेको भन्दै उपप्रमुखसहित बहुमत कार्यपालिका सदस्यले विरोध जनाएका छन् । टीकापुरमा स्थानीय सरकार सञ्चालन ऐन, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र र टीकापुर नगरपालिकाद्धारा जारी ‘टीकापुर नगरपालिकामा करार प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७५’ को ठाडो उल्लङ्घन गर्दै १८ जना कर्मचारी भर्ना गरेको विषय केही दिन अघि नेपाल प्रेसले सम्प्रेषण गरेको थियो । आज उपमेयर सहितका बहुमत कार्यपालिका सदस्यले त्यस बिषयमा पत्रकार सम्मेलनै गरेर साझा धारणा सार्वजनिक गरेका छन् । ‘मिति २०८० पौष २१ गते बोलाइएको कार्यपालिका बैठकमा प्रस्तुत हुने विषय सूची हामी कार्यपालिका सदस्यलाई पौष २०…

Read More