Author: महेन्द्रनगर पोष्ट

धनगढी : बागलुङ ढोरपाटनमा आज बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागिहेलिकप्टरमार्फत पोखरा पठाइएको छ। बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यकातर्फ जाँदै गरेको जीप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो भने ९ जना घाइते भएका थिए। घाइते लक्ष्मी गैरै, जोगनारायण गैरे र निरुता गैरेलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए। अन्य ६जना घाइतेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। दुर्घटनामा जीप चालक ढोरपाटन नगरपालिका-४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका–११ काठमाडौँकी २८ वर्षीया सङ्गीता अधिकारीको घटनास्थलमै…

Read More

कञ्चनपुरः कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतबाट घर फर्किने ३ जनामा कोरोना संक्रमण देखिएको छ। शनिबार एन्टिजेन परीक्षण गरिएका ७९ मध्ये ३ जनामा संक्रमण पुष्टि भएको हो। गड्डाचौकी हेल्थ डेस्कका इन्चार्ज प्रेमसिंह भण्डारीका अनुसार गड्डाचौकी नाकामा लामो समयपछि पहिलो पटक संक्रमण देखिएको हो। उनका अनुसार भारतको हरिद्वार, दिल्ली र पञ्जावबाट आएकाहरूमा संक्रमण देखिएको हो। संक्रमण देखिनेमा २ जना कञ्चनपुरको बेलडाँडी गाउँपालिका र १ जना भीमदत्त नगरपालिकाका हुन्। उनीहरूलाई होम आइसोलेसनमा बस्ने गरी घर पठाइएको छ। शनिबारदेखि गड्डाचौकी नाकामा परीक्षण बढाइएको हो। त्यस्तै कैलालीको गौरीफन्टा नाकामा पुसयता १८ जनामा संक्रमण देखिएको छ। हेल्थ डेस्कका इन्चार्ज गणेश साउदका अनुसार शुक्रबार १ जनामा संक्रमण…

Read More

धनगढीः कैलालीको अत्तरिया बजारमा रहेको सत्कार दोहरी साँझमा कुटपिटमा परि एक जनाको ज्यान गएको छ। २५ गते बुधवार राति कुटपिटमा परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५, गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको हो। २५ गते राति दोहरी साँझमा कुटपिटमा परेका देउवालाई परिवारका सदस्यले राति नै उपचारका लागि धनगढी स्थित निसर्ग हस्पिटलमा ल्याएका थिए। गम्भीर चोट लागेका उनको उपचारकै क्रमम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए । देउवाको अस्पतालमा मृत्यु भएपछि मात्रै परिवारले घटना बारे प्रहरीलाई बताएको प्रवक्ता चन्दले बताए। देउवाको ज्यान गएपछि उनको परिवारले इलाका प्रहरी कार्यालय मालाखेतीमा जाहेरी दिएको थियो। कैलाली प्रहरी…

Read More

काठमाडौं : प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन् । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा शनिबार भएको पहिलो खेलमा नेपाल पुलिसले रासिद खानको शतकको मद्दतमा बागमती प्रदेशलाई ६८ रनले हराएको हो । टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले रासिद खानको शतकको मद्दतमा ५० ओभरमा ८ विकेट गुमाएर २८२ रन बनायो । उसको सुरुवात भने राम्रो थिएन । ७२ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाइसकेको थियो । तर आरिफ शेख र रासिद खानले छैटौं विकेटका लागि १२० रनको महत्वपूर्ण साझेदारी गरे । शेख ५७ रन बनाएर आउट भए । खान क्रिजमा टिकिरहे । कप्तान दीपेन्द्र सिंह ऐरीसँग ४३ र…

Read More

काठमाडाैं : आजदेखि शुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले विजयी सुरुवात गरेको छ। शनिबार मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो। कोशी प्रदेशले दिएको १२८ रनको लक्ष्य पछाएको मधेश प्रदेशले २०.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। मधेशको जितमा अनिल शाहले सर्वाधिक ८८ रनको महत्वपूर्ण पारी खेलेका थिए। यस अघि टस हारेर पहिला ब्याटिङ गरेको कोशी प्रदेशले ४१ ओभरमा अल आउट हुँदै १२७ रन मात्र बनाएको थियो। अब मधेश प्रदेशले अर्को खेल सोमबार टियु मैदानमा त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ भने कोशी प्रदेशले सोमबार मूलपानी क्रिकेट मैदानमा एपीएफ क्लबसँग खेल्ने छ।

Read More

काठमाडौं : आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ। निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो। सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार मैदानमा रहेका छन्। उक्त निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारी मनोनयनपत्र दर्ता भएको थियो। आयोगका अनुसार कोशी प्रदेशमा पाँच, मधेसमा पाँच, बागमतीमा १५, गण्डकीमा आठ र लुम्बिनी प्रदेशमा छ जना उम्मेदवार…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय सञ्चालनको तयारी थालेको छ। सरकारले सम्भाव्यता अध्ययनका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ। सामाजिक विकास मन्त्रालयले शिक्षासम्बन्धी विज्ञ, राजनीतिक दलका नेता, जनप्रतिनिधि र सरोकारवालासँगको सङ्गोष्ठीको आयोजना गरेर यस सम्बन्धमा राय, सल्लाह सुझाव लिएको छ। सो गोष्ठीका अध्यक्ष सामाजिक विकासमन्त्री साउदले सरकारले आफ्नै लगानीमा प्राविधिक धारको विश्वविद्यालय स्थापना गर्न लागेको जानकारी दिए। गोष्ठीमा प्राविधिक विश्वविद्यालय स्थापनासम्बन्धी कार्य गर्न गठित समितिका संयोजक डा. लवदेव अवस्थी, सुदूरपश्चिम विश्वविद्यालयका उपकूलपति प्राडा अम्मरराज जोशी र पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वविद्यालयबारे विविध स्तुतीकरण गरेका छन्। कार्यक्रममा सहभागीहरूले प्रदेशमा छुट्टै आफ्नै प्राविधिक विश्वविद्यालय स्थापना गर्ने सरकारको धारणाको स्वागत गर्दै नाम मात्रैका लागि…

Read More

कञ्चनपुर : शुक्लाफाटा नगरपालिका–३ पिपलाडीका आशिदेवी डगौँरा सामुदायिक वनबाट ल्याएको सालका पातका दुनाटपरी गाँस्ने कार्यमा व्यस्त देखिन्छिन् । माघी पर्व आउन एक दिनमात्रै बाँकी रहदा उनको घरायसी कार्यमा निकै व्यवस्तता बढेको छ ।  “माघीमा घरमा आउने पाहुनालाई परिकार पस्कनका लागि दुना, टपरी बनाउनैपर्यो”, आशिदेवीले भनिन्, “दुना, टपरीमा परिकार दिने चलन पुरानै हो, यसलाई जीवन्त राख्नुपर्यो ।” माघी आउनपूर्व एक महिनादेखि आशिदेवी जस्तै अन्य थारु समुदायका महिलाले तोरीको तेल पेल्ने, अन्ती धान कुटेर त्यसको चामलको गुलियो जाँड बनाउने, रक्सी तयार गर्ने, ढिक्री बनाउनका लागि चामल ढिक्कीमा कुट्नेलगायत काम गर्दै आएका छन् । नदी तलाउबाट माछा मारेर ल्याई आगोमा सुकाएर माघीका बेला…

Read More

काठमाडौं:  नेपाल औषधि लिमिटेडले जनतालाई निःशुल्क वितरण गर्न आवश्यक पर्ने थप २० किसिमका औषधि उत्पादन गर्ने योजना अघि सारेको छ । हाल उत्पादन भइरहेका औषधिका अतिरिक्त निःशुल्क वितरणका लागि आवश्यक औषधि कम्पनी आफैँले उत्पादन गर्ने तयारी गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि सरकारबाट उपलब्ध हुँदै आएका ९८ मध्ये २० किसिमका औषधि लिमिटेडले उत्पादन गर्ने योजना बनाएको छ । स्वदेशमै उत्पादन गरेर लिमिटेडले सरकारलाई औषधि बिक्री गर्ने तयारी गरिरहेको औषधि लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले जानकारी दिए । प्रधानमन्त्रीको निर्देशनसँगै आफूले व्यापारिक योजना तयार गरेर आवश्यक स्रोत जुटाउन लागिपरेको पनेरुको भनाइ छ । उनका अनुसार लिमिटेडको संस्थागत क्षमता अभिवृद्धि गरी दिगोरूपमा सञ्चालन…

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले निर्वतमान अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्ष बनाउने गरी विधान संशोधन गर्ने भएको छ। टीकापुरमा जारी प्रथम केन्द्रीय अधिवेशनबाट पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरी अध्यक्षमा सर्वसम्मत भएपछि उनकी पत्नी रञ्जिताका लागि विधान संशोधन गरी सहअध्यक्ष रहने व्यवस्था गर्ने तयारी गरेको हो। नाउपाका नवनिर्वाचित महासचिव गंगाराम थारूले निर्वतमान अध्यक्षलाई व्यवस्थापन गर्न विधान संशोधन गरेर सहअध्यक्षको व्यवस्था गर्न लागेको बताए। रेशम चौधरी नाउपाको अध्यक्षमा सर्वसम्मत चयन भएपछि रञ्जिता श्रेष्ठले असन्तुष्टि व्यक्त गरेको नेताहरुले बताएका छन्। पत्नीको असन्तुष्टि मात्र नभएर भविष्यमा आउनसक्ने कानुनी जटिलतालाई समेत ध्यानमा राखेर रेशमले पार्टीको विधान संशोधन गर्न लागेको एक नेताले बताए। र, यो पनि…

Read More