Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : भोलि मकवानपुरको हेटौंडा जान लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपा नेपाल मकवानपुरले स्वागतको तयारी गरेको छ। हेटौंडाका धार्मिकस्थलको अवलोकन तथा पूजा आरधना र शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाटका लागि जान लाग्नुभएका शाहलाई भव्य स्वागत गर्ने निर्णय भएको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए । पार्टी जिल्ला समितिको हिजो बसेको बैठकले तयारीका लागि जिम्मेवारीको पनि बाँडफाँड गरेको छ। ‘पार्टी अध्यक्ष कमल थापाले व्यापक तयारी गर्न निर्देशन दिनुभएको छ, हामी तयारीमा जुटिसकेका छौं,’ अध्यक्ष सापकोटाले भने। पूर्वराजालाई भोलि मध्यान्ह १२ बजे हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरमा स्वागत गर्ने कार्यक्रम छ। पूर्वराजा हेटौंडा–१३, पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बा र हेटौंडा–१० स्थित भुटनदेवी मन्दिर पनि…

Read More

धनगढीः अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट विक्री भएको पाइएको छ। जारी प्रादेशिक महोत्सवमा २८ वटा ठेली नक्कली टिकट बिक्र हुँदै गरेको भेटिएको हो। महोत्सव आयोजक अत्तरिया उद्योग वाणिज्य संघले २८ वटा टिकटका ठेली नक्कली रहेको भन्दै नियन्त्रणमा लिएको छ। सुदूरपश्चिम प्रादेशिक महोत्सवमा एक लाख ४० हजारको नक्कली टिकट विक्रीका लागि ठेली छपान भएको पाइएको हो।आयोजकले दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, अत्तरियालाई टिकट विक्रीको जिम्मा दिएको थियो। दुर्गालक्ष्मकी बहुमुखी क्याम्पसका स्ववियु सभापछि भूवन महराले प्रति टिकटमा २ रुपैयाँ स्ववियुले पाउने सम्झौताका साथ काम गरेको बताए। अत्तरिया उद्योग वाणिज्य संघले नक्कली टिकटको विषयमा छानबिन जारी रहेको बताएको छ। उद्योग वाणिज्य संघका महासचिव…

Read More

धनगढीः सुदूरपश्चिममा घरमा श्रीमती हुँदाहुँदै  ८० पुरुषले दोस्रो (अर्की) श्रीमती भित्र्याएको पाइएको छ। २०८० असार मसान्तसम्म घरमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेको भन्दै पीडित प्रहरी हुँदै अदालतसम्म पुगेका छन्। घरकी श्रीमतीलाई बेवास्ता गर्दै दोस्रो विवाह गर्ने श्रीमान विरुद्ध पीडित महिला न्यायका लागि प्रहरी हुँदै अदालतसम्म पुगेका हुन्। घरमा श्रीमती हुँदाहुँदै अर्कीलाई भित्र्याएको भन्दै पीडित महिलाले कारबाहीको माग गर्दै प्रहरी र अदालतमा उजुरी दिएका छन्। सुदूरपश्चिमका ९ वटै जिल्लामा गरी असार मसान्तसम्म ८० पुरुषले घरमा श्रीमती हुँदाहुँदै अर्को विवाह गरेको पाइएको छ। बहुविवाहका ८० उजुरी दर्ता भएको पाइएको राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो तथ्यांकले देखाएको छ। मुलुकी अपराध संहिता २०७४ को दफा…

Read More

धनगढी : धनगढीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन हुने भएको छ। धनगढी उपमहानगरपालिकालेे ‘गो डि्रमर्स’ को साझेदारीमा साझेदारीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्ने भएको हो। कार्यक्रम सञ्चालनका लागि शुक्रबार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र गो डि्रमर्सका अध्यक्ष सुवास शाहीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। दुवै पक्षबीच उपमहानगरपालिकाका दुई नमूना विद्यालयमा ग्रासरुट लेभल क्रिकेट कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको मेयरको निजी सचिवालयले जनाएको छ। शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत छनोट भएका धनगढी उपमहानगरपालिका-१२ जुगेडाको सिद्धनाथ माध्यमिक विद्यालय र वड नम्ब १८ को चन्द्रोदय माध्यमिक विद्यालय फुलबारीमा कार्यक्रम सञ्चालन गरिने भएको छ। साझेदारी पत्र आदानप्रदान गर्दै मेयर हमालले नमूना विद्यालयमा क्रिकेटको…

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। बेलडाँडी गाउँपालिका-१ झरना सागर टोलबाट ३ ग्राम २० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला पिलिभित टाटरगञ्ज भारत बस्ने २८ वर्षीय ईरफान अलिसमेत दुई जनालाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध फेला पारी पक्राउ गरेको जनाएको छ। उनीहरुले प्रयोग गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल १ थानसहित दुवै जनालाई पक्राउ गरेको हो प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

दार्चुलाः दार्चुलामा चितुवा मृत अवस्थामा फेला परको छ। मालिकार्जुन गाउँपालिका-५ डाडाकोटस्थित घट्टेगाड खोला किनारमा शुक्रवार चितुवा मृत अवस्थामा फेला परेको हो। अस्थायी प्रहरी पोष्ट डाडाकोट दार्चुलाबाट खटिएको प्रहरी टोलीले मृत चितुवालाई महाकाली सव डिभिजन वन कार्यालय जोलजिबिको जिम्मा लगाएको छ। 

Read More

काठमाडौं : यौनजन्य कसुरको बात लागेका कर्णेल निश्चयजंग रायमाझीले उन्मुक्ति पाएका छन्। स्थपति विभागमा कार्यरत सेनाकी आर्किटेक्ट इञ्जिनियरसँगको आपत्तिजनक सम्बन्धलाई लिएर ती महिलाका पतिले दिएको उजुरीका आधारमा जंगी अड्डाले ब्रिगेडियर जर्नेल रविन्द्र केसीको नेतृत्वमा छानवीन अगाडि बढाएको थियो। उक्त उजुरीमा पत्नीमाथि यौनजन्य हिंसा भएको दावी गर्दै कर्णेल रायमाझीलाई सैनिक ऐनअनुसार हदैसम्मको कारवाही गरियोस् भन्ने माग गरिएको थियो। सोही उजुरीका आधारमा रायमाझीले १० दिन सैनिक हिरासतमा बिताए। तर, महिलाका पतिले त्यस्तो उजुरी आफूले नदिएको, आफ्नो नाममा अरु कसैले झुटो उजुरी दिएर दुःख दिन खोजेको भन्दै होस्टाइल बने। उनले आफ्नी श्रीमती त्यस्तो चरित्रको हुँदै नभएको भनेपछि जंगी अड्डा थप छानवीन कार्यबाट पछाडि…

Read More

कञ्चनपुरः कञ्चनपुरबाट नगदसहित ५ जुवाडे पक्राउ परेका छन्। भीमदत्त नगरपालिका-४ नम्बर १ गल्ली स्थित ओम नास्ता पसलमा जुवातास खेलिरहेको अबस्थामा बेदकोट नगरपालिका-९ बस्ने ३० वर्षीय गोपालबहादुर भण्डारीसहित पाँच जना शुक्रवार साँझ पक्राउ परेका हुन्। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उक्त पसलमा चेकजाँच गर्दा उनीहरुलाई नगद ४४ हजार ९४ र १ गड्डी ताससहित पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More

बझाङ : बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जयपृथ्वी नगरपालिका-१ भण्डार बस्ने श्याम रोकायाको श्रीमती ३० वर्षीया सरिता रोकायाको शुक्रवार मृत्यु भएको हो। शुक्रवार दिउँसो घर नजिकै रहेको भिनटा भिरमा घाँस काट्ने क्रममा एक्कासी ५०० मिटर तल खसेर उनी गम्भिर घाईते भएकी थिइन्। उनको उपचारका लागि जिल्ला अस्पताल बझाङमा ल्याएपछि डाक्टरले चेक गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।  

Read More

काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशको तराईका अधिकांश स्थानहरूमा हुस्सु लगेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का…

Read More