धनगढी : कैलालीको मोहन्याल गाउँपालिकामा मनोमानी ढंगले नदिजन्य सामाग्री उत्खनन गरिरहेको पाइएको छ ।
मंगलबार जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा गएको टोलीले गाउँपालिकाले वातावरणीय प्रभाव मूल्यांकनले तोकेको भन्दाबढी उत्खन्न गरिरहेको पाएको हो ।
मोहन्याल गाउँपालिका ३ स्थित फल्लेविसौनीमा रहेको भैसिमारहान्ने खोलामा गाउँपालिकाले तोकिएको विवरणभन्दा बढी नदिजन्य सामाग्री उत्खन्न गराइरहेको टोलीले भेटाएको जिल्ला समन्वय समितिका सूचना अधिकारी विमलप्रकाश जोशीले बताए ।
‘आइइ प्रतिवेदनमा तोकिएको भन्दा बढी गहिराई पारेर गाउँपालिकाले नदिजन्य सामाग्री उत्खन्न गराइरहेको पाइएको थियो’ उनले भने –‘अहिले एक जेसिवी र ट्याक्टर नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयमा बुझाइएको छ ।’
उनले गाउँपालिकाले तोकिएको राजश्व तिरेपछिमात्र ती उपकरणहरु छोडने बताए ।
Facebook Comments Box