Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा : माघेसंक्रान्तिका अवसरमा डडेल्धुराको परशुरामधाममा आयोजना हुने पर्वमा सहभागी हुन सुदूरपश्चिम प्रदेशक सांसद र देशभरका पालिका प्रमुखलाई निम्तो दिइएको छ । डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले माघ १ गते परशुरामधाममा हुने पर्वमा सहभागिताका लागि सुदूरपश्चिम प्रदेशका सांसद र देशभरका पालिका प्रमुखलाई निमन्त्रणा गरेका हुन्। परशुराम नगरपालिका–५ परीगाउँस्थित परशुराम धाममा प्रत्येक वर्ष महास्नान, भजनकीर्तनलगायत विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइने गरिन्छ। परशुराम धाममा भगवानका दश अवतारमध्ये एक परशुरामको अवतार भएको किम्बदन्ती रहदै आएको छ। उक्त धाममा हरेक बर्ष माघ १ गतेदेखि दुई दिनसम्म मकर मेला लाग्ने गरेको छ। मेला भर्न सूुदूरपश्चिमका बिभिन्न जिल्ला तथा छिमेकी राष्ट्र…

Read More

कैलाली : कैलालीको मोहन्यालमा एक घरमा आगलागी भएको छ। मोहन्याल गाउँपालिका–१ बसन्तगडाका २८ रामबहादुर कसेराको कच्चि एक तले घरमा बच्चाले आगो ताप्ने क्रममा आगो सल्किएर बिहीवार आगलागी भएको जिल्ला आपतकालीन कार्यसंचालन केन्द्र धनगढीले जनाएको छ। आगलागी हुँदा १ लाख ३५ हजार बराबरको क्षति भएको केन्द्रले बताएको छ। घर पुर्ण रुपमा जलि नष्ट भएको र मानविय तथा पशु चौपायाको क्षति नभएको जनाइएको छ। 

Read More

कैलालीको धनगढीबाट लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-१ लालीपुल नजिकबाट १ ग्राम ४२० मिलिग्राम खैरो हेरोइनसहित धनगढी उपमहानगरपालिका-१ का ३० वर्षीय संजय चौधरी र गौरीगंगा नगरपालिका-८ का २९ वर्षीय हरिश चौधरी बिहीवार राति पक्राउ परेका हुन्। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Read More

नेपालगन्ज : सुर्खेतबाट नेपालगन्जतर्फ आइरहेको हायस गाडी कोहलपुर सुर्खेत सडकखण्डअन्तर्गत बबईमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । सुर्खेतबाट नेपालगन्जतर्फ आउँदै गरेको भे १ ख ३६३० नम्बरको हायस सुर्खेत भेरिगंगा नगरपालिका वडा नम्बर ५ बबई नजिकै अनियन्त्रित भई विहिबार साँझ पल्टेर दुर्घटना हुँदा बारबर्दिया नगरपालिका ११ विजयनगर बस्ने वर्ष २३ का रोशन चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक सहित गाडीमा सवार अन्य २५ यात्रु घाइते भएका छन । घाइतेहरुलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर ल्याइएको छ ।

Read More

काठमाडौँ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । एक सूचना जारी गर्दै कम्पनीले नवौँदेखि चौथो तहसम्मका  लागि दरखास्त मागेको हो ।  आन्तरिक र खुला प्रतिस्पर्धाका लागि छुट्टाछुट्टै सूचना निकालिएको छ । 

Read More

अछाम : अछाममा करेन्ट लागेर एक महिला घाइते भएकी छिन्। जिल्लाको साँफेबगर नगरपालिका–११ बैद्यनाथकी १९ वर्षीया विन्द्रा सुनार घाइते भएकी हुन्। उनलाई डालेघाँस काट्ने बेला रुखमा छुनगई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घाइते महिलाको न्यायहेल्थ अस्पताल वयलपाटामा उपचार भइरहेको छ।

Read More

काठमाडौं : नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । यस वर्ष पृथ्वी जयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। यस वर्ष पनि राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउँदै छन् । 

Read More

काठमाडौँ: हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ राति कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

Read More

प्यूठान : रुसी सेनामा भर्ती भएका प्यूठानका एक युवकको मृत्यु भएको छ । रुस युक्रेनको युद्धमा परेर प्यूठान नगरपालिका ४ काठेवरका सोनु सुनारको मृत्यू भएको हो । प्यूठान नगरपालिकाका उपप्रमुख देबेन्द्र बर्माले सुनारको रुस युक्रेन युद्धमा परी मृत्यु भएको खबर आएको जानकारी दिए । रोजगारीको शिलशिलामा कतार पुगेका सुनार उतैबाट दुई महिना गरी रुस गएर त्यहाँको सेनामा संलग्न भएका थिए । दुई साताअघि नै सुनारको युद्धमा परी मृत्यू भएको र हिजोमात्रै सुनारको मृत्युको खबर प्राप्त भएको छिमेकी खगेश्वर थापाले बताए । उनीसँगै घाईते भएका अन्य एक नेपाली युवाले सुनारको मृत्यू भएको खबर परिवारलाई दिएको थापाले जानकारी दिए ।

Read More

काठमाडौं : नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीले विश्वपक अघिको वार्म अप खेलमा नामिबिया यू–१९ टिममाथि जित हात पारेको छ ।दक्षिण अफ्रिकामा भएको खेलमा नेपालले नामिबियालाई ६ रनले हराएको हो । नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको नामिबियाले २९ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३५ रन बनायो । नामिबियाका लागि बुसिङ भोसेन्कले ५० रनको अर्धशतकीय पारी खेले । त्यस्तै मोफितले १८ रनको योगदान गरे ।नेपालका लागि आकाश चन्द र गुलशन झाले समान तीन–तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो । नेपालका लागि दिपक डुम्रेले सर्वाधिक ३२ रन…

Read More