Author: महेन्द्रनगर पोष्ट

धनगढी : ज्योतिषी सुरेश चन्द्र रिजालले बलात्कार अभियोगमा ८ वर्ष कैद सजाय पाएका क्रिकेटर सन्दीप लामिछानेको फैसला उल्टिने ग्रहयोग परेको बताएका छन् । बुधबार जिल्ला अदालत काठमाडौँले लामिछानेले काल्पनिक नाम गौशाला २६ रहेकी युवतीलाई बलात्कार गरेको ठहर गर्दै ८ वर्ष कैद र ५ लाखको जरिवानाको फैसला गरेको छ । सो फैसलापछि ज्योतिजी रिजालले वक्रदृष्टि खण्डित ग्रहयोगमा आठ वर्ष कैद सजाय भएकोले छिट्टै फैसला उल्टने संकेत रहेको बताएका छन् । बुधबार साँझ सामाजिक सञ्जालमा उनले भनेका छन्,‘जबरजस्ती करणी कसुरमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले आठ वर्ष कैद सजाय तोकेको समय नै खण्डित वक्रदृष्टि ग्रहयोगमा परेकाले जिल्ला अदालतको…

Read More

धनगढी : कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा १० खमौरा गाउँ बाट सब डिभिजन बन अत्तरिया बाट गएको गस्ती टोलिले सालको ठूलो परिमाण चिरान काठ सहित चिरान गर्ने सामाग्री बरामत गरेको छ । सब डिभिजन बन कार्यलय अतरिया बाट कार्यलय प्रमुख निराजन कडालको नेतृत्वमा करिब दिन देखि पछ्याउँदै गर्दा आज खमौरा गाउँमा बस्दै आएका शेर बहादुर चौधरीको घरमा लुकाइ छिपाइ गरेर राखिएको अवस्थामा सालको चिरान काठ बरामत गरिएको छ । खमौरा का ३३ वार्षिय शेर बहादुर चौधरीलाई पक्राउ गरिएको बरामत सालको काठ चिरान २ सय ५० थान १ सय २० क्युफिट काठ बरामत सब डिभिजन बन कार्यालय अत्तरियाले नियन्त्रणमा राखिएको छ…

Read More

काठमाडौं : जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरी ८ वर्ष कैद सजाय तोकिएका क्रिकेटर सन्दिप लामिछानेलाई प्रहरीले तत्काल पक्राउ गर्छ कि गर्दैन भन्ने धेरैको चासो छ। जिल्ला अदालतले कैद सजाय नै सुनाए पनि लामिछाने तत्कालै पक्राउ भने पर्दैनन्। फैसला आएर पुनरावेदन गर्ने म्याद सम्म लामिछाने पक्राउ नपर्ने जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए। ‘जिल्ला अदालतले कैद सजाय सुनाए पनि पुनरावेदन गर्ने म्याद हुन्जेल उनी पक्राउ पर्दैनन्। पुनरावेदन गर्न पाउने कम्तिमा ७० दिन र थप ३० दिन गरी १०० दिनसम्म म्याद हुन्छ। त्यसैले त्यो अवधिभरि उनी पक्राउ पर्दैनन्,’ उनले भने। त्यो बेला पनि थुना बाहिर बसेरै पुनरावेदन गरिपाउँ भन्दै सन्दिपले निवेदन दिन पाउने कानुनी व्यवस्था छ। मुलुकी फौजदारी…

Read More

काठमाडौं : कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले बाँदर व्यवस्थापनका लागि भेटेरेनरी डाक्टरहरूलाई तालिम दिइने बताएकी छन् । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधबारको बैठकमा बोल्दै सभापति राणाले बाँदरले किसानहरूलाई सताइरहेको पनि बताइन्। किसानहरुको बाली नष्ट गर्ने बाँदरलाई कसरी व्यवस्थापन गर्ने भनेर भारतीय राजदूतलाई पत्र लेखेको पनि बताएकी छन्।‘नेपालका १० जना भेटेरेनरी डाक्टरहरुलाई तालीम र स्काउटहरुलाई तालीमको लागि तयारी गर्छौं,’ उनले भनिन्, ‘तालिमका लागि भारतको हिमाचल प्रदेशमा पठाउने तयारी छ।’ उनले भारतीय दूतावासको सहयोगमा बाँदर व्यवस्थापनका लागि १० जना भेटेरेनरी डाक्टरहरुलाई तालीम दिने तयारी भइरहेको जानकारी दिइन्। उनले कृषिमा सरकारले ५ प्रतिशत बजेटको…

Read More

धनगढी : चिसापानी-मंगलसेन सडकमा पर्ने राष्ट्रिय वनका रूख कटान गर्न मन्त्रीपरिषदकाे बैठकले स्वीकृत गरेकाे छ । बुधबार बसेकाे मन्त्रीपरिषदकाे बैठकले साे सडकमा पर्ने विभिन्न प्रजातिका चार सय ७२ रूख कटान गर्न स्वीकृत गरेकाे हाे । साे सडक कैलाली जिल्लास्थित लम्कीचुहा नगरपालिका ३ र मोहन्याल गाउँपालिका ७ मा पर्दछ । सडककाे लम्बाई १६ किलाेमिर रहेकाे छ । सडकको स्तरोन्नतिका लागि राष्ट्रिय वनको ८.९२ हेक्टर जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका विभिन्न प्रजातीको रुख पोल हटाउन स्वीकृति दिएकाे छ ।

Read More

पर्वत : सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक काठमाडौंले ५० हजार पुरस्कार राशि रहेको खुला राष्ट्रव्यापी कविता प्रतियोगिताको आयोजना गरेको छ। सशस्त्र प्रहरी बलको २३ औँ वार्षिकोत्सवको अवसरमा कविता लेखन तथा वाचन प्रतियोगिताको आयोजना गरिएको सशस्त्र प्रहरी बलले बताएको छ। सशस्त्र प्रहरी बल, नेपाल र यसको कार्यादेशसँग सम्बन्धित विषय वा शीर्षकमा कविता लेख्न सकिने छ। प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने कविताले पुरस्कार स्वरूप क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ नगद पाउने छन्। यस्तै उत्कृष्ट सातमा परेका सात जना प्रतियोगीहरूलाई सात हजार रुपैयाँका दरले प्रोत्साहन गरिने पनि सशस्त्र प्रहरी बलले बताएको छ। प्रतियोगितामा भाग लिन इच्छुकले पुस…

Read More

डडेल्धुरा : फार वेष्टर्न एग्रो जाइन्ट लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा धर्मसिंह ऐर चयन भएका छन्। आज (बुधबार) भएको लिमिटेडको चाैथो वार्षिक साधारण सभाबाट ऐर अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्। सञ्चालक समितिको सदस्यमा दिलबहादुर सिंह, कर्णसिंह साउँद, बिष्णुराज भट्ट, प्रकाशदत्त भट्ट, सकुन्तला नगरकोटी र उत्तरसिंह बिष्ट चयन भएका छन्। फार वेष्टर्न एग्रो जाइन्ट लिमिटेड अर्थात् भटमास उद्योग ७ सय ७७ जना शेयर सदस्य र एक हजार बढी भटमास कृषक मिलेर सञ्चालनमा ल्याइएको हो।  यस कम्पनीले सुदूरपश्चिमका करिब चार सय जनालाई रोजगारी दिने लक्ष्य राखेको छ। भाैतिक निर्माणकार्य सकिएको उद्योगले अबको केही समयमै उत्पादन सुरु गर्नेछ। कम्पनीमा सोयाविन,मसला, टोफो, साबुन खाने तेल…

Read More

बाजुरा : बाजुरामा एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। जिल्लाको बडीमालिका नगरपालिका–६ कोर्धकी ३० वर्षीया सीमा बड’वालको जिल्ला अस्पताल बाजुराबाट नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो। बडुवालको सुत्केरी हुने समय बढी भएको र बच्चा पाठेघरमा अड्किएपछि जिल्लामा सुत्केरी गराउन सम्भव नभएकाले अन्यन्त्रै रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए। अस्पतालले अवस्था जटिल भएपछि जिल्ला प्रशासन कार्यालय बाजुरालाई हेलिकप्टरमा उद्धारका लागि आग्रह गरेकाले प्रशासनले गृह मन्त्रालयलाई पत्राचारपछि नेपाली सेनाको एन ए ९ को हेलिकप्टरमा उद्धार गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी रामकुमार तिमल्सिनाले बताए।

Read More

काठमाडौं : भ्रष्टाचार आरोपमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्व डीआईजी तथा मदन पुरस्कार विजेता साहित्यकार महेशविक्रम शाहलाई ३ वर्ष जेल सजाय भएको छ । विशेष अदालतले बुधबार कैद सजाय निर्धारण गरेको हो । यसअघि क्षेत्रीय तालिम प्रहरी कार्यालय प्रमुख रहेका बेला रकम हिनामिना गरेको प्रकरणमा तत्कालिन डीआईजी शाहसहित २ जना दोषी ठहर भएका थिए । शाहलाई बिगो र बिगो बमोजिम जरिवाना पनि भएको छ । १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो । शाहको पुर्ख्यौली घर सुदूरपश्चिमको अछाम हो। उनको धनगढीको एक होटलसहितको व्यवसायमा पनि लगानी रहेको बताइन्छ।

Read More

काठमाडौं : बूढानीलकण्ठको हात्तीगौडास्थित आलिसान घरमा बस्दै आएका ‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जन मंगलबार पक्राउ परे । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । बम्जनलाई बुधबार सार्वजनिक गरेको प्रहरीले आजै सर्लाही पठाएको छ । उनलाई पक्राउ गर्न सीआईबीका प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीको नेतृत्वको टोली मंगलबार उनी बस्ने घर हात्तीगौडा पुगेको थियो । बम्जनले प्रहरीबाट जोगिन घरको चारैतर्फ नाइट भिजन सुविधायुक्त सीसी क्यामेरा जडान गरेका थिए । तर, मंगलबार साँझ ७:१५ बजे सीआईबीको टोलीले उनलाई पक्राउ गर्न सफल भएको हो ।सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्यले करिब तीन महिनादेखिको निरन्तर प्रयासपछि बम्जनलाई पक्राउ…

Read More