धनगढी : कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा १० खमौरा गाउँ बाट सब डिभिजन बन अत्तरिया बाट गएको गस्ती टोलिले सालको ठूलो परिमाण चिरान काठ सहित चिरान गर्ने सामाग्री बरामत गरेको छ ।
सब डिभिजन बन कार्यलय अतरिया बाट कार्यलय प्रमुख निराजन कडालको नेतृत्वमा करिब दिन देखि पछ्याउँदै गर्दा आज खमौरा गाउँमा बस्दै आएका शेर बहादुर चौधरीको घरमा लुकाइ छिपाइ गरेर राखिएको अवस्थामा सालको चिरान काठ बरामत गरिएको छ ।
खमौरा का ३३ वार्षिय शेर बहादुर चौधरीलाई पक्राउ गरिएको बरामत सालको काठ चिरान २ सय ५० थान १ सय २० क्युफिट काठ बरामत सब डिभिजन बन कार्यालय अत्तरियाले नियन्त्रणमा राखिएको छ ।
उक्त घटनामा संलग्न रहेका चौधरीलाई बन ऐन २०७६ अनुसार कामकारबाही गरिने कडालले जानकारी दिए ।
Facebook Comments Box