Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : हिन्दु धर्मावलम्बीहरुको भावनामा ठेस पुर्याएको भन्दै दक्षिण भारतीय चलचित्रकी चर्चित अभिनेत्री नयनताराविरुद्ध हिन्दु सेवा परिषद् कानुनी लडाईमा उत्रिएको छ। परिषदले उनीविरुद्ध जबलपुरस्थित ओमती प्रहरी चौकीमा जाहेरी दर्ता गराएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। नयनतारा मुख्य भूमिकामा रहेको तामिल चलचित्र अन्नपुर्णीले हिन्दु धर्मालम्बीहरुलाई अपमान गरेको आरोप छ। चलचित्रको केही संवादमा भगवान श्रीरामबारे अभद्र टिप्पणी गरिएको, बिरयानी बनाउनुअघि मन्दिरको पुजारीकी छोरीले हिजाब लगाएर नमाज पढिरहेको देखाइएको, ब्राम्हण हिन्दु केटीले मुस्लिम धर्मलाई प्रेरित गरेको, साँझको समयमा पुजारीको घरमा सन्ध्या आरती भइरहेको बेलामा अभिनेत्रीले मासु पकाइरहेको जस्ता दृश्यका कारण यस्तो विवाद नसकिएको हो। चलचित्रमा नयनताराले मन्दिरको पुजारीको छोरीको भूमिका निभाएकी छन्।

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा)को भावी अध्यक्षका लागि रेशम चौधरीले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ता जारी भएपनि अहिलेसम्म रेशमको एकल उम्मेदवारी परेको हो। रेशम पार्टीका संरक्षक हुन्। नाउपाको वर्तमान अध्यक्ष रेशमपत्नी रञ्जिता श्रेष्ठ छिन्। अध्यक्षमा रेशम बाहेक अन्यको उम्मेदवारी पर्ने सम्भावना न्यून छ। त्यसैले उनी स्वतः अध्यक्ष बन्ने छन्। तर, अध्यक्ष बाहेकका पदमा भने आकांक्षी बढी देखिएका छन्। त्यसकारण अन्य पदमा निर्वाचनको सम्भावना बढेको छ। महासचिवमा गङ्गा चौधरी, धर्म चौधरी, ठाकुर सिंह थारुलगायतको उम्मेदवारी परेको छ। गङ्गा प्रतिनिधिसभा सदस्य हुन् भने धर्म लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री हुन्। सिंह बडियाताल गाउँ पालिकाको अध्यक्ष पदका उम्मेदवार हुन्। यसअघि महासचिव…

Read More

डडेल्धुरा : डडेल्धुरा सदरमुकाममा सयौँ नागरिक मिलेर सुरु गर्न थालेको भटमास उद्योग सञ्चालनको अन्तिम तयारीमा रहेको छ। फार वेस्टर्न एग्रो ज्वाइन्ट लिमिटेडका नामले सञ्चालित  भटमास उद्योगले अबको एक डेढ महिनामै उत्पादन सुरु गर्ने गरी तयारी थालेको हो। तेलको उत्पादन त्यसको रिफाइन र सोयाबिनको उत्पादन तत्काललै सुरु हुने कम्पनीले जनाएको छ। २०७६ मा कम्पनीका रूपमा दर्ता भएको यो उद्योग ७ सय ७७ जना शेयर सदस्य र १ हजारभन्दा बढी भटमास उत्पादक कृषकहरू मिलेर सञ्चालनमा ल्याइएको हो। फार वेस्टर्न एग्रो ज्वाइन्ट लिमिटेडका रूपमा चार वर्षको तयारीपछि उद्योग सञ्चालन सुरु हुन थालेको लिमिटेडका पूर्वअध्यक्ष ताराप्रसाद जोशीले जानकारी दिए। जोशीका अनुसार पूर्वाधारका काम सम्पन्न भइसकेका…

Read More

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियम महसुल नतिरेका ग्राहकको विद्युत् आपूर्ति पुनः जोड्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा आज बसेको प्राधिकरण सञ्चालक समितिको नौ सय ६० औँ बैठकले मन्त्रिपरिषद्को निर्णयबमोजिम काटिएको विद्युत् लाइन जोड्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले रु पाँच करोडभन्दा बक्यौता भएका २४ वटा उद्योगको लाइन काटेको थियो। त्यसमध्ये हिमाल स्टिलले बक्यौता किस्ताबन्दीमा तिर्न सुरु गरेपछि लाइन जोडिएको थियो। सञ्चालक समितिले नेपाल सरकारबाट गठित जाँचबुझ आयोगबाट प्रतिवेदन पेश भई सरकारबाट निर्णय नभएसम्मका लागि लाइन काटिएका उद्योगको विद्युत् लाइन सञ्चालन गराउन प्राधिकरण व्यवस्थापनलाई…

Read More

डडेल्धुरा : नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउदले नेपाल–भारतबीच रहेको सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको बताएका छन्। शुक्रबार बिहान नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले जिल्ला सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा मन्त्री साउदले कालापानी, लिम्पियाधुरा लिपुलेक र सुस्ताबाहेकका सीमामा धेरै सहमति भइसकेको बताए। उनले सीमा विवाद समाधानका लागि दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको जानकारी गराए। ‘कालापानी, लिम्पियाधुरा लिपुलेक र सुस्ताबाहेकमा धेरै सहमति भइसकेको छ। यसअघि भएको सीमा नक्साङ्कन र रेखाङ्कनका बेला केही ठाउँ नेपाल पक्षको भारत र भारततिरको नेपालमा आएको छ’, मन्त्री साउदले भने, ‘यसमा दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको छ। सहमतिका साथ यो काम…

Read More

कञ्चनपुर : थारू समुदायको लोकसंस्कृति जगेर्ना गर्ने उद्देश्यले बेलौरी नगरपालिकामा ‘माघ म्याला’ आयोजना गरिएको छ। थारू कल्याणकारिणी सभाको आयोजनामा म्याला आयोजना गरिएको हो। मेला तीन दिनसम्म सञ्चालन हुने भएको छ। म्यालामा थारू समुदायको लोकसंस्कृति झल्कने गहना, पहिरन, खाद्य सामग्री, सहनसहन, लोककथा, गीत, भाषा, साहित्यसम्बन्धीका वस्तुहरू प्रदर्शनीमा राखिएका छन्। “म्यालमा पुग्ने दर्शक तथा अवलोकनकर्ताका लागि परम्परागत थारू परिकार पस्कने व्यवस्था मिलाएका छौँ,” सभाका बेलौरीका अध्यक्ष खडक चौधरीले भने, “थारू संस्कृतिसँग सम्बन्धित परम्परागत गीतसँगै सखिया, झुम्रा, मुग्रह्वा, मघौटालगायत नृत्य स्थानीय कलाकारले देखाउने व्यवस्था मिलाइएका छौँ।”थारूसँग सम्बन्धित राष्ट्रियस्तरका कलाकारले म्यालामा पुग्ने अवलोकनकर्ता र दर्शकलाई मनोरञ्जन दिने व्यवस्था मिलाइएको उनको भनाइ छ। बुढापाकाबाट युवाले…

Read More

धनगढी : उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले जनताको शिर झुकाउनेगरी कुनै पनि काम नगरेको बताएका छन्। नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका खड्काले आज नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर १ ले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै सरकारले मध्यमस्तरको काम भने गरिरहेको बताएका हुन्। ‘हामीले जनताका लागि कति राम्रो काम गर्न सकेका छौं त्यो छलफल हुने नै छ,’ उनले भने, ‘वर्तमान सरकारले निकै राम्रो काम गरेको छ पनि भन्दिनँ। सरकारले मध्यमस्तरमा रही काम गरेको छ। जनताको शिर झुकाउनेगरी कुनै पनि काम गरेको छैन।’ उपसभापति खड्काले आर्थिक स्रोतको अपर्याप्तताका कारणले विकास निर्माणका काम सुस्त भएको बताए। पर्याप्त बजेट नहुँदा चाहेर पनि…

Read More

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले बढेकाे हो। महासङ्घका अनुसार शुक्रबार छापावाल सुन एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन एक लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर १४०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिव्य धारणालाई अनुसरण गर्दै त्यसको पदचाप पछ्याउनु पर्ने बताएका छन्। ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै पूर्वराजाले पृथ्वीनारायण शाहबाट अभिव्यक्त दिव्य धारणालाई मनन गरेर राष्ट्रलाई सदाचारयुक्त र सम्पन्नशाली बनाउनु पर्ने अहिलेको टड्कारो आवश्यकता रहेको बताएका हुन्। पृथ्वीनारायण शाहलाई गौरवशाली व्यक्तित्वको रूपमा स्मरण गर्नुपर्ने उनको सन्देश छ। उनले आफ्नो इतिहास आफ्नो स्वतत्व र आफ्नो अस्तित्वलाई भुलेर हामी जे जसरी जताततै भड्किए पनि आखिर नेपालको माटो र नेपाली मुटुले आफ्नोपन र पहिचान भुल्न नसक्ने बताएका छन्। उनले शुभकामना सन्देशमा भनेका छन्, ‘सिंगो नेपाल राष्ट्रको अस्तित्व खडा गरेर हामी सबैलाई…

Read More

डडेल्धुरा : इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहल गरिरहेको बताउने परराष्ट्र मन्त्री एनपी साउदले पुनः एकपटक त्यहि आश्वासन दिएका छन् । शुक्रबार डडेलधुरामा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले जोशीको उद्धारका लागि सरकारले पहल गरिरहेको बताएका हुन्। ‘विपिन जोशीसमेत १३२ जना अहिले पनि हमासको नियन्त्रणमा छन् । उनीहरू विभिन्न देशका छन् । हामीले उनको रिहाईका लागि इमान्दार प्रयास गरिरहेका छौँ । युद्धबन्दीकोरुपमा विपिन जोशीको जीवन सुरक्षित छ । हामीले निरन्तर प्रयास गरिरहेका छौँ,’ उनले भने । उनले रुसी सेनामा भर्ती भएकाहरू नेपाल सरकारको अनुमतिमा त्यहाँ भर्ती नभएको स्पष्ट पारेका छन् । उनले विद्यार्थी…

Read More