धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा)को भावी अध्यक्षका लागि रेशम चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।
उम्मेदवारी दर्ता जारी भएपनि अहिलेसम्म रेशमको एकल उम्मेदवारी परेको हो।
रेशम पार्टीका संरक्षक हुन्। नाउपाको वर्तमान अध्यक्ष रेशमपत्नी रञ्जिता श्रेष्ठ छिन्।
अध्यक्षमा रेशम बाहेक अन्यको उम्मेदवारी पर्ने सम्भावना न्यून छ। त्यसैले उनी स्वतः अध्यक्ष बन्ने छन्।
तर, अध्यक्ष बाहेकका पदमा भने आकांक्षी बढी देखिएका छन्। त्यसकारण अन्य पदमा निर्वाचनको सम्भावना बढेको छ।
महासचिवमा गङ्गा चौधरी, धर्म चौधरी, ठाकुर सिंह थारुलगायतको उम्मेदवारी परेको छ।
गङ्गा प्रतिनिधिसभा सदस्य हुन् भने धर्म लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री हुन्। सिंह बडियाताल गाउँ पालिकाको अध्यक्ष पदका उम्मेदवार हुन्।
यसअघि महासचिव रहेका रतन थापाले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको बताइन्छ।