Author: महेन्द्रनगर पोष्ट

धार्चुला: भारतको सशस्त्र सीमा बल (एसएसबी)ले नेपाली सेनाका एक हवल्दारलाई जिलेटिन र डेटोनेटरसहित पक्राउ गरेको छ। घटना आइतबार दिउँसो धार्चुला सीमाक्षेत्रमा भएको हो, जहाँ एसएसबीले चेकपोस्टमा नेपाल फर्कदै गरेका हवल्दार यामबहादुर खत्रीलाई रोकी जाँच गर्दा विस्फोटक सामग्री बरामद गरेको हो। खत्री सुर्खेतको पदमपुर पुख्र्यौलीका बासिन्दा हुन् र हाल कैलालीको टिकापुरमा बसोबास गर्छन्। उनी धारचुला–दुम्लिङ–थिइ क्षेत्रमा टिंकर सडक निर्माण कार्यमा संलग्न थिए। काम समाप्तपछि घर फर्कदै गर्दा उनले भारतीय क्षेत्र हुँदै नेपाल प्रवेश गर्ने प्रयास गरेका थिए। तर, एसएसबीले झोलाबाट १ किलो जिलेटिन र ५ वटा डेटोनेटर पत्ता लगाएपछि उनलाई गिरफ्तार गरियो। खत्री नेपाली सेनामा १७ वर्षदेखि सेवारत छन्। उनले किन…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई प्रदेशसभाबाट निलम्बन गरिएको छ। प्रदेशसभाको हिजो (सोमबार) को बैठकमा सभामुख भीमबहादुर भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीउपर आयोगको ऐन र भ्रष्टाचार निवारण ऐनबमोजिम मुद्दा दायर भएको भन्ने जानकारी आएकाले उनलाई प्रदेशसभा सदस्य पदबाट निलम्बन गरिएको बेहोरा जानकारी गराए।  प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत भएका सोडारी निलम्बनमा परेसँगै प्रदेशसभामा अब सो पार्टी तीन प्रदेशसभा सदस्यमा सीमित भएको छ। तत्कालीन नेकपा विभाजन हुँदा नेकपा (एमाले)बाट प्रदेशसभा प्रतिनिधित्व गर्ने अधिकांश सदस्य सोडारीको नेतृत्वको पार्टीमा लागेका थिए।  सोडारीलाई पदको दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै आयोगले विशेष अदालतमा केही दिनअघि…

Read More

धनगढी: नेपालमा मनसुन भित्रिएको दुई साता पुग्न लागेको छ। जेठ १६ गते मनसुन भित्रिएकोमा कोशी प्रदेशभन्दा पश्चिमतर्फ सर्न सकिरहेको छैन।  जसका कारण पश्चिम नेपालका तराइका जिल्लामा अत्यधिक गर्मी बढेको छ। महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार कैलाली र कञ्चनपुर जिल्लामा निरन्तर गर्मी बढेको छ। कैलालीको धनगढी र आसपासका क्षेत्रमा सोमबार अत्यधिक गर्मी थियो। मंगलबार बिहान सामान्य वर्षा भए पनि गर्मी भने घट्न सकेको छैन।  मौसमविद्हरुका अनुसार मनसुनी वायुले पश्चिमी वायुलाई विस्थापित गर्दै पूर्वी नेपालबाट सुदूरपश्चिमसम्मै फैलिएपछि पानी पर्छ। तर, अझै पनि पश्चिम र मध्य नेपालमा पश्चिमी वायुको प्रभाव छ। त्यसैले पश्चिमी वायु र स्थानीय वायुको प्रणाली विकसित भएर केही क्षेत्रमा पानी…

Read More

बैतडी: बैतडीमा जिप दुर्घटना भएको छ। अत्तरियाबाट सुइलेकतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ च ३४७५ नम्बरको महेन्दा बोलेरो पिकअप जीप पुर्चौडी नगरपालिका-६ मुडेलीधार भिडेखोलास्थित भित्री सडकखण्डमा दुर्घटनामा परेको हो। जीप चालक बझाङको बित्थडचिर गाउँपालिका-२ का हरिसबहादुर खड्काले हाम फालेर ज्यान जोगाएका छन्। जीपमा उनी मात्रै सवार रहेको प्रहरीले जनाएको छ। किराना सामान बोकी गइरहेको अवस्थामा उकालोमा चढ्न नसकेर ब्याक हुदा जीप ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशसभाका सदस्य एवं पूर्व सामाजिक विकास मन्त्री ओम विक्रम भाट ‘सरल’ले प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई कठोर रूपमा आलोचना गरेका छन्। सोमबार प्रदेशसभा बैठकमा बोल्दै उनले हालको सरकार ‘भ्रष्टाचारको संरक्षण गर्न गठित गठबन्धन’ भएको आरोप लगाए। भाटले सरकारको नीति तथा कार्यक्रम सतही, असन्तुलित र जनअपेक्षाविपरीत भएको टिप्पणी गर्दै प्रश्न उठाए—”यहाँ नीति कार्यक्रम संसद्मा छलफल हुँदैछ, तर कार्यक्रमहरू होटलमा बनिरहेका छन् भन्ने सुनिन्छ। यदि यो सही हो भने संसदको अपमान होइन र?” सरकारको गठबन्धनप्रति प्रश्न सरलले सरकार गठनकै उद्देश्यमै प्रश्न उठाए। उनले भने, “संघमा जस्तै यहाँ पनि एमाले-कांग्रेस गठबन्धन विचौलियाको स्वार्थमा बनेको हो, विचार र मूल्यका लागि…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएको छ। प्रदेश सभाको बैठकले नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो। सभामुख भीमबहादुर भण्डारीले नीति तथा कार्यक्रमलाई हुन्छ वा हुन्न भनी मत व्यक्त गर्न भन्दै निर्णयार्थ प्रस्तुत गर्दा प्रतिपक्षी सांसद मौन बसेका थिए। नीति तथा कार्यक्रम पारित हुनुअघि मुख्यमन्त्री कमलबहादुर शाहले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए। उनले सरकारले सार्वजनिक गरेको चार बुँदे प्रतिवद्धतालाई आधार मानेर बजेट बनाउने बताए। सरकारले २५ लाखभन्दा तलका योजना प्रदेशले कार्यान्वयन नगर्ने, उपभोक्ता समितिमार्फत योजना कार्यान्वयन नगर्नेलगायत चार बुँदे प्रतिवद्धता आइतबार सार्वजनिक गरेको थियो। मुख्यमन्त्री शाहले सांसदका योजनामा पनि बजेटको…

Read More

धनगढी: कैलालीको अत्तरियामा डोटीका मेयरले चलाएको सरकारी दुर्घटना भएको छ। आज (सोमबार) बिहान ९:३० बजेको समयमा डोटीको शिखर नगरपालिकाका मेयर दीर्घ बहादुर बलायरले चलाएको पालिकाको गाडी दुर्घटना भएको हो। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटना गोदावरी नगरपालिका-१ मोहना पुल नजिकै भएको हो। प्रहरीका अनुसार बलायरले चलाएको गाडी धनगढीबाट जाने क्रममा विपरीत दिशाबाट आइरहेको बैतडीको शिवनाथ गाउँपालिकाको एम्बुलेन्ससँग ठोक्किएको थियो। ठक्करबाट दुर्घटना भएकोमा एम्बुलेन्स चालक र मेयर सकुशल रहेपनि दुबै गाडीमा क्षति भएको जनाइएको छ।

Read More

धनगढी: नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको (अनेरास्ववियु) को २४ औं महाधिवेशन हिजो (आइतबार) काठमाडौंको कीर्तिपुरमा शुरु भएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरिसकेका छन्। पार्टीले नेतृत्वमा ३२ वर्षको उमेरहदको सीमा लगाएपछि अहिले माहौल एक्कासी तातेको छ। अखिलको हिजो बसेको १८ औं सचिवालय बैठकले नौ सदस्यीय पदाधिकारी, ५१ सदस्यीय सचिवालय सदस्य, १५१ केन्द्रीय कमिटी हलबाट निर्वाचित हुने र चार वटा आयोग (अध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्यहरु) हुने निर्णय गरेको छ। यसबीच अब पदाधिकारीबाट भावी नेतृत्वका लागि सचिवबाट दीपक धामी, प्रकाश पौडेल, अञ्जना शिवाकोटी, आरती भट्टराई, सुजन कडरिया मात्र उमेर हदका कारण…

Read More

दार्चुलाः सुदूरपश्चिमको हिमाली दुर्गम जिल्ला दार्चुलामा गहुँको उत्पादनमा केहि वृद्धि भएको पाइएको छ। कृषि ज्ञान केन्द्र, दार्चुलाका अनुसार गत वर्षको तुलनामा यस वर्ष गहुँको उत्पादनमा वृद्धि भएको हो। यस वर्ष पाँच हजार ९५५ हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएकोमा एघार हजार ४१५ मेट्रिक टन गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख सिद्धराज उपाध्यायले जानकारी दिए। गत वर्षको तुलनामा यसवर्ष ६५ मेट्रिक टन गहुँको उत्पादनमा वृद्धि भएको उनले बताए। गत वर्ष पाँच हजार ९५० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएकोमा एघार हजार ३५० मेट्रिक टन मात्रै उत्पादन भएको थियो। गत वर्षको तुलनामा यसवर्ष १ दशमलव ९२ प्रतिशत मेट्रिक टन गहुँको उत्पादकत्वमा वृद्धि…

Read More

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य पदार्थ सङ्कलन, उत्खनन बन्द गरिने भएको छ। जेठ मसान्तपछि नदीजन्य पदार्थ, सङ्कलन र उत्खननको कार्य बन्द गरिने भएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार ढुङगा, बालुवा, गिटी, उत्खनन बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ (पहिलो संशोधन २०७९)दफा ४ उपदफा १६ बमोजिम प्रत्येक वर्षको असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन गर्न नपाइने व्यवस्था रहेको छ। ‘सोही कानुनी व्यवस्था अनुसार नदीजन्य पदार्थ सङ्कलन र उत्खननको कार्य बन्द गरिने भएको हो’ उनले भने, ‘उत्खनन कार्य बन्द रहेको अवस्थामा उत्खनन, सङ्कलनको कार्य गरेको पाइए प्रचलित कानुन अनुसार हदैसम्मको कारबाही हुने छ।’ नगरपालिका…

Read More