Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः कञ्चनपुरमा दुई महिलासहित कुटपिट घटनाका ५ फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले कुटपिट घटनाका ५ फरार प्रतिवादीलाई पक्राउ गरेको हो। जिल्ला अदालतबाट कुटपिट घटनामा कसुरदार ठहर भई हालसम्म फरार रहेका माला लखेरा , तरूण लखेरा, हिमांशु लखेरा, आनन्द लखेरा, संगिता लखेरालाई आइतवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक तथा सुचना अधिकारी प्रकाश डाँगीले जानकारी दिए। यी पाँचै जनालाई अदालतले ५ हजार जरीवाना तोकेको थियो। पाँचै जनालाई कञ्चनपुर अदालतमा पेश गरिएको डाँगीले बताए।

Read More

बैतडी : बैतडीमा जीप दुर्घटनामा हुदाँ दुई जना घाइते भएका छन्। पाटन नगरपालिका–३ को धुराभन्ने स्थानमा जीप दुर्घटनामा परी चालकसहित २ जना घाइते भएका हुन्। घाइते हुनेमा चालक सुर्नया गाउँपालिका–५ का कृष्ण बहादुर बिष्ट र जिपमा सवार पाटन–३ का ३० वर्षीय धनीराज पन्त रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक खेमबिक्रम केसीले जानकारी दिए। खोडपेबाट बोहोरीगाउँतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०४००१ च ०१०७ नम्बरको बोलेरो जिप आज बिहान ४ बजे दुर्घटनामा परेको हो। उक्त जिपमा चालकसहित दुई जना मात्रै सवार रहेको बताइएको छ। घाइते पन्तको अवस्था गम्भिर रहेको र उनलाई धनगढी रेफर गरिएको छ। चालक बिष्टको डडेल्धुरामा उपचार…

Read More

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले सत्ता गठबन्धनमा भएको सहमति अनुसार सरकार परिवर्तन हुनु स्वभाविक भएको बताउँदै हल्ला गर्न आवश्वक नरहेको बताएकी छिन्। सोमबार धनगढीमा पत्रकारसँग अन्तरक्रिया गर्दै उनले अहिलेका प्रधामन्त्रीको कार्यकाल विनाचुनौतीको रहेको उल्लेख गर्दै यस्तो बताएकी हुन्। उनले हालका मन्त्रीले काम गरेन भनेर बाहिर हल्ला गर्दै हतोत्साहित गर्ने काम भइरहेको बताएकी छिन्। ‘सरकार परिवर्तन हुने कुरा सामान्य रुपमा लिनुपर्छ । यसको मतलब हल्ला गरेर मन्त्रीहरुको बेइज्जत गरेर सरकार परिवर्तन गर्नुहुन्न’ उनले भनिन् ‘मन्त्रीहरुलाई हतोत्साहित हुनेगरि, काम गर्ने जाँगर नलाग्ने गरि बाहिर चर्चा गर्नु राम्रो होइन। पूर्व मन्त्रीसमेत रहेकी झाँक्रीले अरबौं लगानस् लगाएर निर्माण गरिएका पूर्वाधारबाट…

Read More

काठमाडौं : डडेल्धुरामा दुईजना मृत फेला परेका छन्। जिल्लाको अमरगढी नगरपालिका- १ मालम बस्ने वर्ष ६० कि धौली देवी दियाल र २६ वर्षीय पुनम दियाल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले जानकारी दिए । राति कोठामा आगोको कोइला ताप्ने क्रममा निसासिएर उनीहरुको मृत्यु भएको खुलेको उनले बताए। बेहोस अवस्थामा फेला परेका दुवैलाई अस्पताल लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए । उक्त विषयमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक दुवै नातामा सासुबुहारी रहेको बताइएको छ।

Read More

कैलाली : कञ्चनपुरमा भारतबाट अवैधरुपमा भित्राइएका बोइलर कुखुरा बरामद गरिएको छ । आज(सोमबार) बिहान बेलौरी नगरपालीका-२ स्थित दिनापुर स्कुल नजिकबाट मोटरसाइकलसहित ३ क्विन्टल कुखुरा बरामद गरिएको हो। प्रदेश अनुसन्धान समूह (आरआइटी) र प्रहरी चौक्स टेडुवाको टोलीले मोटरसाइकलसहित वेवारिसे अवस्थामा रहेको अवस्थामा रहेका कुखुरा बरामद गरेको बताइएको छ। से४ प १९१३ नम्बरको मोटरसाइकल र बरामद ३ क्विन्टल कुखुराको अन्दाजी मुल्री १ लाख ४५ हजार रहेको प्रहरीले जनाएको छ।

Read More

कैलाली :  कैलालीमा लागुऔषधसहित तीन जना युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट ४०० मिलिग्राम ब्राउन सुगरसहित सोही ठाँउ बस्ने २८ वर्षीय बिपिन मल्ल र धनगढी-३ का ३२ वर्षीय रुपेश बिक आइतबार दिउँसो पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुले प्रयोग गरेको मोटरसाइकलको डिग्गीमा लुकाई राखेको अवस्थामा उक्त लागूऔषध फेलापारी मोटरसाइकल १ थानसहित दुवै जनालाई पक्राउ गरेको हो। यस्तै, जानकी गाउँपालिका-१ मिलनचोकबाट १३० मिलिग्राम ब्राउन सुगरसहित सोही ठाँउ बस्ने २४ वर्षीय पदम खत्री पनि आइतबार दिउँसो पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले उनको साथबाट उक्त पदार्थ फेला पारी खत्रीलाई पक्राउ…

Read More

कञ्चनपुर : कञ्चनपुरबाट विभिन्न मुद्धामा फरार रहेका चार जना पक्राउ परेका छन्। तीन जना सरकारी किर्ते मुद्धाका र एक लागुऔषका गरि चार  जना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा बिमल बोहरा, सुन्दर चलाउने, विकास चलाउने र अनमोल शाह रहेका छन्। किर्ते मुद्दामा बिमललाई २०८० बैशाख ३१ गते ५ महिना कैद एक हजार जरिवाना, सुन्दर र विकास दुवैलाई सोहि दिन ६ महिना कैद तथा एक हजार एक सय जरिवाना तोकेको थियो। आइतबार चारैजनालाई उनीहरुकै घरबाट प्रहरीले पक्राउ गरेको हो। चारै जनालाई अदालतले सजाय भुक्तानको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

Read More

काठमाडौं : नेपालकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को टप १० बाट बहिरिएकी छन्। आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो। मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको जनाएकी छन्। ‘मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ। तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ।’ पौडेलले लेखेकी छन्। मेनुका उत्कृष्ट १० मा छनोट हुन सफल भएकी थिइन्। उनले फिल्मको गायन, रेकर्डिङ र कन्सर्टमा साथ दिन फ्यानलाई आग्रह गरेकी छन्। आइडलमा रहँदा उनले ‘सलार’मार्फत् भारतीय फिल्म गायनमा डेब्यू गरेकी थिइन्। चिकित्सकले उनलाई ‘एआई भिजन चस्मा’ पनि प्रदान गरेका थिए जसमार्फत् अबदेखि उनले पढ्न, हिँड्न र…

Read More

अछाम: यहाँ जङ्गली जनावर बँदेलको आतङ्कले गाउँनै त्रसित बनेको छ। बँदेल गाउँमै पस्न थालेपछि गाउँले डरले घरबाहिर निस्कनै छाडेका छन्। मङ्गलसेन नगरपालिका–६ डाँडागाउँकी २४ वर्षीया आरती भण्डारीलाई यही माघ ८ गते नुहाउन जाने बेला आक्रमण गरेको थियो। आक्रमणबाट उहाँ गम्भीर घाइते भएपछि जिल्ला अस्पतालबाट थप उपचारका लागि नेपालगञ्ज पठाइएको थियो। माघ १६ गते दिउँसो सोही ठाउँकी ७९ वर्षीय देउकला भण्डारीलाई बँदेलले आक्रमण गरेको थियो। लसुनबारीबाट फर्किने समयमा बँदेलको आक्रमणबाट उनी सख्त घाइते भएका थिए। जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई पनि थप उपचारका लागि सुर्खेत प्रादेशिक अस्पताल पठाइएको थियो। बँदेल गाउँमै पस्न थालेपछि बँदेलले आक्रमण गर्ने डरले वडा नं ६ का…

Read More