काठमाडौं: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी श्यामकृष्ण अधिकारीले प्रहरीलाई गाली गर्ने गरेकोमा गुनासो गरेका छन्। मंगलबार ६९औं प्रहरी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा उनले सो गुनासो पोखेका हुन्।
उनले नेपाल प्रहरीलाई पछिल्लो समय गाली गर्ने प्रवृत्ति बढेको तर समस्यामा प्रहरी नै सारथि बनिरहेको बताएका छन्।
उनले भने, ‘हुन त प्रहरीलाई गाली गर्छन्। तर, दुःख पर्दा पहिलो नम्बरमा नेपाल प्रहरीलाई सम्झन्छन्। नेपाली जनताको पहिलो रोजाई नेपाल प्रहरी बनेको छ।’
यस्तै उनले वि.स. २०१२ सालमा ५ सय प्रहरीबाट सुरु भएको नेपाल प्रहरी २०८१ सालसम्म पुग्दा ८० हजारको संख्यामा पुगेको पनि बताए। अहिले प्रहरी गाउँ गाउँमा पनि सेवा दिने कार्यमा जुटेको उनको भनाई छ।
Facebook Comments Box