Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ । नेपाली राहदानी भएका कुन्दन सिंह नागलको मृत्यु भएको जानकारी पाएको परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । परराष्ट्र मन्त्रालयले हालसम्म रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसस्थित नेपाली दूतावासलाई आग्रह गरेको छ । त्यसैगरी, नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन राजदूत मार्फत रुसी सरकारलाई पुनः अनुरोध गरिएको मन्त्रालयले…

Read More

काठमाडौँ : एनसेल आजियाटा लिमिटेडले एनसेलमा रहेको ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्न गरेको ‘सेयर खरिद सम्झौता’को दस्ताबेज एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणमा बुझाएको छ । एनसेलले बुधवार खरिद बिक्रीसम्बन्धी कागजात प्राधिकरणलाई बुझाएको प्रवक्ता सन्तोष पौडेलले बताए । कागजात प्राप्त भएको र प्राधिकरणले सोबारे थप अध्ययन गर्ने पौडेलले बताए । गएको २९ सेप्टेम्बर २०२० (१२ असोज २०८०) मा आजियाटाको बोर्डले एनसेलबाट बाहिरिने निर्णय गरेको थियो । तर, त्यसबारे कम्पनीले कुनै पनि जानकारी दिएको थिएन । १३ मंसिर (२९ नोभेम्बर)मा आजियाटाले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दा उसले एनसेलको सेयर बिक्रीमा राखेको विषय बाहिरिएको थियो ।

Read More

डडेल्धुरा : डडेल्धुरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अमरगढी नगरपालिका ८ बस्ने दानबहादुर ओलीको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका नवदुर्गा गाउँपालिका ९ बस्ने दीपक बुढाऐर र नवदुर्गा ४ बस्ने दीपेन्द्र बोहराको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ । जिल्लाको भागेश्वरवाट डडेल्धुरा सदरमुकाम तिर आइरहेको सुदूरपश्चिम प्रदेश ०४–००१च१८८ नम्बरको जिप आईत बजार नजिक दुर्घटना भएको थियो ।

Read More

काठमाडौं : काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौंका मुख्य पाँचवटा स्थललाई निषेधित क्षेत्र तोेकेको छ । बुधबार जिल्ला प्रशासनले सूचना जारी गर्दै राष्ट्रपति कार्यालय शीतल निवासदेखि प्रधानमन्त्री निवास बालुवाटार, संघीय संसद भवन, सिंहदरबार हुँदै उपराष्ट्रपति कार्यालय र माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मलाई दुई महिनासम्मका लागि निषेधित क्षेत्र तोकेको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँचवटा क्षेत्रलाई आगामी दुई महिनासम्म निषेधित क्षेत्र तोकिएको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार उक्त क्षेत्रमा दुई महिनासम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा…

Read More

दार्चुलाः दार्चुलामा शिक्षक बनेर दुई जर्मन नागरिक आउने भएका छन्। जिल्लाको अपिहिमाल गाउँपालिकाभित्रको एक विद्यालयमा स्वयंसेवक शिक्षकको रुपमा जर्मन नागरिक आउने भएका हुन्। खण्डेश्वरी माध्यमिक विद्यालयमा केही समयपछि स्वयंसेवक शिक्षकको रुपमा दुई जना जर्मन नागरिक इन्मा र इभा आउने गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले बताए।

Read More

डडेल्धुरा : डडेल्धुराको आइतबजार नजिक जीप दुर्घटना हुँदा ३ जना घाईते भएका छन् । घाईते हुनेहरुमा अमरगढी नगरपालिका-८ का दान बहादुर ओली, नवदुर्गा १ का दिपेन्द्रबहादुर बुढायर र नवदुर्गा-४ का दिपेन्द्र बोहरा रहेका छन् । ३ घाईते मध्ये ओलीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । जिल्ला सदरमुकामको बागबजारदेखि भागेश्वर गाउँपालिकाको बगरकोट जोड्ने सडकमा सुदूरपश्चिम प्रदेश ०४ ००१ च १८८ नम्बरको जीप दुर्घटनामा परेको थियो ।

Read More

काठमाडौँ : पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त भएका सल्लाहकार खारेज भएका छन् । कोषको आज भएको परिषद् बैठकले यसअघि नियुक्त गरिएका सल्लाहकार खारेज गर्ने निर्णय गरेको हो । राजसंस्थादेखि नै विभिन्न समयमा नियुक्त भएका एक सय बढी सल्लाहकार खारेज गरिएका पर्यटन मन्त्रीको निजी सचिवालयले जनाएको छ । परिषद् बैठकले पशुपति क्षेत्रमा मदिरा बिक्रीमा बन्देज लगाउने निर्णय गरेको छ भने पशुपति दर्शन गर्न आउनेहरूको सुरक्षाका लागि सुरक्षा चौकी निर्माण गर्ने निर्णय गरेको छ ।

Read More

डडेल्धुरा : डडेल्धुराको आइतबजार नजिक जीप दुर्घटना भएको छ । जिल्ला सदरमुकामको बागबजारदेखि भागेश्वर गाउँपालिकाको बगरकोट जोड्ने सडकमा सुदूरपश्चिम प्रदेश ०४ ००१ च १८८ नम्बरको जीप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जीप पल्टिएर च्यापिएपछि एकजना गम्भीर घाइते भएका छन् । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

Read More

डडेल्धुरा : डडेल्धुरामा एक युवकको शव फेला परेको छ । बुधबार बिहान जिल्लाको अमरगढी नगरपालिका-९ का २६ वर्षीय श्याम भट्ट मृत फेला परेका हुन् । उनी हिजो साँझ बजार जान्छु भन्दै घरबाट हिंडेको भन्ने बुझिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी दीपकुमार कार्कीले बताए । ‘प्रारम्भिक अनुसन्धानका क्रममा उनी भीरबाट लडेको भन्ने बुझिएको छ । थप अनुसन्धान भइरहेको छ’ उनले भने । मृतक भट्ट सरकारी वकिल कार्यालय दिपायलमा कार्यरत रहेको बुझिएको छ ।

Read More

धनगढी: सुदूरपश्चिममा फेरि कोभिडको संक्रमण देखिएको छ। आज (बुधबार) र हिजो (मंगलबार) एक/एक जनामा संक्रमण पुष्टि भएको हो। जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार गौरिफन्टा नाकामा एन्टिजेन परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो। स्वास्थ्य कार्यालयका एक अधिकारी मीन धामीले आज चेन्नईबाट फर्किएका धनगढी उपमहानगरपालिका ११ का २४ वर्षीय युवक र पुनर्वास नगरपालिका-५ की ३२ वर्षीया महिलामा हिजो संक्रमण देखिएको बताए। ती महिला भारतको बैङ्लोरबाट फर्किएकी हिजो फर्किएकी थिइन्। अहिले उनीहरु दुबैजना होम आइसोलेसनमा रहेको र अवस्था सामान्य रहेको बताइएको छ।

Read More