डडेल्धुरा : डडेल्धुराको आइतबजार नजिक जीप दुर्घटना भएको छ ।
जिल्ला सदरमुकामको बागबजारदेखि भागेश्वर गाउँपालिकाको बगरकोट जोड्ने सडकमा सुदूरपश्चिम प्रदेश ०४ ००१ च १८८ नम्बरको जीप दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
जीप पल्टिएर च्यापिएपछि एकजना गम्भीर घाइते भएका छन् ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
Facebook Comments Box