धनगढी: सुदूरपश्चिममा फेरि कोभिडको संक्रमण देखिएको छ। आज (बुधबार) र हिजो (मंगलबार) एक/एक जनामा संक्रमण पुष्टि भएको हो।
जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार गौरिफन्टा नाकामा एन्टिजेन परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो। स्वास्थ्य कार्यालयका एक अधिकारी मीन धामीले आज चेन्नईबाट फर्किएका धनगढी उपमहानगरपालिका ११ का २४ वर्षीय युवक र पुनर्वास नगरपालिका-५ की ३२ वर्षीया महिलामा हिजो संक्रमण देखिएको बताए। ती महिला भारतको बैङ्लोरबाट फर्किएकी हिजो फर्किएकी थिइन्।
अहिले उनीहरु दुबैजना होम आइसोलेसनमा रहेको र अवस्था सामान्य रहेको बताइएको छ।
Facebook Comments Box