काठमाडौं: निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन खुलेको छ। शिक्षक सेवा आयोगले आज सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारसँग दरखास्त मागेको हो।
आयोगले तोकेको अनलाइन दरखास्त फाराम भरी आवश्यक सम्पूर्ण कागाजतसहित आगामी असोज २९ गतेसम्म आवेदन पेश गर्न भनेको छ। दोब्बर दस्तुर तिरेर कात्तिक ६ गते राति १२ बजेसम्म अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन पेश गर्न सकिनेछ।
म्यादभित्र दाखिला नभएको र रीतपूर्वक पेश नगरिएको दरखास्तउपर कुनै कारबाही नहुने जनाउँदै आयोगले झुठ्ठा विवरण उल्लेख गरी दरखास्त फाराम बुझाएमा उम्मेदवार स्वयंम जवाफदेही हुनुपर्ने बताएको छ। यससम्बन्धी विस्तृत जानकारी आयोगको वेबसाइटमा राखिएको छ।
Facebook Comments Box