काठमाडौं: प्रहरी प्रधान कार्यालय नक्सालले पर्साको इलाका प्रहरी कार्यालय, पोखरियाका इन्स्पेक्टर राजन ढकाललाई तानेको छ। कारबाहीस्वरुप उनलाई प्रहरी प्रधान कार्यालय जिम्मेवारी खोसेर तानेको हो।
आर्थिक लेनदेनमा मुछिएको र कार्यसम्पादनमा कमजोर रहेको भन्दै कारबाहीस्वरुप उनलाई हटाइएको हो। पोखरियामा इन्स्पेक्टर स्वरुप शर्मालाई प्रहरी प्रधान कार्यालयले खटाएको छ।
Facebook Comments Box