Author: महेन्द्रनगर पोष्ट

टीकापुर: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञानमा स्नातकोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ। विश्वविद्यालयको बाह्रौँ सिनेट बैठकले गरेको निर्णयअनुसार स्नातकोत्तर कक्षा सञ्चालनको तयारी भएको हो।  कृषि विज्ञान सङ्कायका डिन डा. विष्णुविलास अधिकारीले यसवर्ष बाली विज्ञान विषय र आउँदो वर्ष क्रमशः बागवानी, कृषि अर्थशास्त्र, पशु विज्ञान, बाली संरक्षण, प्रसार शिक्षा, बाली प्रजनन, माटो विज्ञान आदि विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्दै जाने योजना बनाएको बताए।  

Read More

धनगढी: धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार बेलुका धनगढी उपमहानगरपालिका-३ को लक्ष्मी नर्सरीनजिकै अत्तरियाबाट धनगढीतर्फ आइरहेका दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी एवं प्रवक्ता कबिन्द्रसिंह बोहराका अनुसार मृतक बाजुराको बढीमालिका नगरपालिका-७ निवासी ३० वर्षीय धर्मराज खत्री हुन्। खत्री मार्तडी स्वास्थ्य चौकी चुथिका जनस्वास्थ्य निरीक्षक समेत हुन्। प्रहरीका अनुसार उनी केही दिन अगाडिमात्रै धनगढीमा तालिमको सिलसिलामा आएका थिए। यस्तै खत्रीले चलाएको मोटरसाइकलका सवार उनकी केटी साथी (डोटी घर भएकी स्वास्थ्यकर्मी) २५ वर्षीया शर्मिला थापा भने घाइते भएकी छन्। धनगढी उपमहानगरपालिका बस्ने पुरन शाहले चलाएको सुपप्र ०१२प९४१६ नम्बरको मोटरसाइकलमा र…

Read More

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम ९ जिल्लाको भेला सकेको छ। २८ मंसिरदेखि १० पुससम्म भएका भेलाले नयाँ नेतृत्व चयन गरेको छ। जिल्ला भेलाबाट कैलालीमा महेशकुमार चौधरी, दार्चुलामा गोपालसिंह कोट्यारी, बाजुरामा नवराज जैशी, अछाममा ओमप्रकाश रावल, बझाङमा सत्यराज उपाध्याय, डोटीमा केशव बलायर, डडेलधुरामा सुरेन्द्र अवस्थी, बैतडीमा भीम नाथ र कञ्चनपुरमा पदमबहादुर विष्ट सभापति बनेका छन्। प्रदेश कार्यसम्पादन समितिको २७ मंसिरमा बसेको निर्णय अनुसार जिल्ला भेला गरेर नयाँ नेतृत्व चयन गरेको रास्वपाका सुदूरपश्चिम महामन्त्री सन्तोषराज जोशीले जानकारी गराए। २०८२ वैशाख तेस्रो साता पहिलो महाधिवेशन गर्ने निर्णय गरेको रास्वपाले जिल्ला भेला गरिरहेको छ।

Read More

धनगढी: कञ्चनपुरमा एक युवक मृत भेटिएका छन्। डडेल्धुराको पर्शुराम नगरपालिका–७ का ३२ वर्षीय तिर्थराज धानुक मृत फेला परेका हुन्।  उनी कञ्चनपुरको भीमदत्त नगरपालिका–९ माथिल्लो खल्ला मसट्टीस्थित महाकाली नदी छेउमा मृत फेला परेका हुन्। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Read More

धनगढी : बैतडीमा खोप लगाएको बालकको मृत्यु भएको छ। बालकको मृत्युले अभिभावक आन्दोलित भएका छन्। बर्थिङ सेन्टरमा खोप लगाएका दुई महिने बालकको मृत्यु भएपछि घटनाको छानबिन र क्षतिपूर्तिको माग राख्दै अभिभावक आन्दोलित भएका हुन्।  जिल्ला प्रहरी कार्यालय, बैतडीले डिलासैनी गाउँपालिका– २ छेपट्टाका मुकेश रानाका दुई महिने छोरा आदर्श रानाको मृत्यु भएपछि अभिभावकसहित स्थानीय आन्दोलित भएका जानकारी दिएको छ। बालकलाई बुधबार दिउँसो डिलासैनी गाउँपालिका–३ को सिमार बर्थिङ सेन्टरमा पोलियो रोगविद्धको ओपिभी, झाडापखाला विरुद्धको रेटा, निमोनियाविरुद्धको पिसिभी र भ्यागुते रोगविरुद्धको पेन्टा औषधी खोपमार्फत र मुखबाट खुवाइएको थियो। दिउँसो १२ बजे खोप लगाएर ३ बजे घर फर्किदा बालकलाई ज्वरो आएको थियो। राति ¥याल र…

Read More

धनगढी: नेकपा माओवादी केन्द्रले कञ्चनपुरको पुनर्वासमा भ्रष्टाचार र बेथितीविरुद्ध खबरदारी सभाको आयोजना गर्ने भएको छ। माओवादी केन्द्रले १३ पुसमा पुनर्वासको टाउन बजारमा सरकारको भ्रष्टाचार र बेथितीविरुद्ध भन्दै खबरदारी सभा गर्न लागेको हो। माओवादी केन्द्रले बिहीबार पत्रकार सम्मेलन गर्दै खबरदारी सभाबारे जानकारी दिएको छ। सभालाई पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने उपमहासचिव एवंम् सुदूरपश्चिम इन्चार्ज गिरीराजमणी पोखरेलले जानकारी दिए। पोखरेलले खबरदारी सभामार्फत नेपाली कांग्रेस र नेकपा एमालेले दुई दलीय गठबन्धन गर्दै गठन गरेको सरकारले गरिरहेका भ्रष्टाचार र बेथितीको भण्डाफोर गरिने बताए । सरकारले अहिले सरकार बाहिर रहेका राजनीतिक दलमा आवद्ध व्यक्तिहरुलाई छानीछानी षड्यन्त्रपूर्वक विभिन्न खालका…

Read More

धनगढी: कैलालीमा खेल्ने भन्दै घरबाट एकसाथ निस्किएर बेपत्ता भएका चार जना बालक फेला परेका छन्। भजनी नगरपालिका–७ चर्राका १२ वर्षीय नितेश चौधरी, १० वर्षीय सुनिल चौधरी, ९ वर्षीय अस्मित चौधरी र ११ वर्षीय यज्ञ चौधरी बुधबार दिउँसो खेल्न भन्दै घरबाट साइकलमा निस्किएका थिए। दिउँसो २ बजे घरबाट गएका उनीहरु राति साढे ९ बजेसम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थियो। इलाका प्रहरी कार्यालय भजनी, प्रहरी चौकी पृथ्वीपुरका १० जना प्रहरी र ३५ जना स्थानीयले रातभर उनीहरुको खोजी गरे। तर कतै पनि फेला नपरेपछि राति १ बजे खोजी कार्य स्थगीत गरिएको थियो। पुनः बिहीबार बिहानैदेखि उनीहरुको खोजी थालिएको थियो। बिहीबार भने…

Read More

धनगढी: डडेल्धुरामा एक दम्पती पक्राउ परेको छ। जिल्लाको नवदुर्गा गाउँपालिका रन्तपाला घर भएका २९ वर्षीय लक्ष्मण भट्ट र उनकी श्रीमती २५ वर्षीया श्रीमती कुन्ती भट्टलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।  उनीहरु कैलालीको धनगढी उपमहानगरपालिकामा बस्दै आएका थिए। प्रहरीका अनुसार फैसला कार्यान्वयनको क्रममा उनीहरुलाई पक्राउ गरिएको हो। जिल्ला अदालत डडेल्धुराको फैसलाले घरेलु हिंसा मुद्दामा एक महिना कैद सजाय तोकेको थियो। फैसला भएदेखि फरार रहेका उनीहरुलाई डडेल्धुरा सदरमुकामबाट पक्राउ गरिएको हो।  जिल्ला अदालत डडेल्धुराले दुवै जनालाई घरेलु हिंसा सम्बन्धी मुद्दामा एक महिना कैद सजाय तोकेकोमा उनीहरु फरार थिए। दुवै जनालाई आवश्यक कारवाहीका लागि अदालतमा पेश गरिने प्रहरीले…

Read More

काठमाडौं: भैँसीपाटी हनी ट्रयाप प्रकरणमा मुछिएकी नेपाल प्रहरीकी निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीले आफ्नो मुद्दामा ५ लाख धरौटी तिरेर हिरासतमुक्त भएकी छन्। जिल्ला अदालत ललितपुरले उनलाई धरौटी तिराएर तारेखमा राखेपछि उनी काठमाडौंका क्लब र रेस्टुरेन्टमा पाटी गर्नमा व्यस्त छिन्। त्यस अगाडि प्रहरीको फरात सूचीमा रहेकी उनी अस्ति अदालतमा उपस्थित भएकोमा दोस्रो दिन थुनछेक बहसपछि धरौटी माग गरिएको थियो। हनी ट्रयापिङ गिरोहसँग मिलेर लाभ लिएको अभियोग लागेकी शाहीसँग अदालतले धरौटी माग गर्दै तारेखमा राखेको हो। न्यायाधीश रिताकुमारी बख्रेलको इजलासले शाहीलाई ५ लाख रुपैयाँ धरौटी लिएर तारेखमा राख्ने आदेश दिएका थिईन्। उसो त उनले प्रहरीदेखि अदालतसम्मै सेटिङ गरेको आरोप छ। उता गृहमन्त्री रमेश…

Read More

काठमाडौं: सशस्त्र प्रहरी बल, नेपालका चार जिल्लाका एसपीहरू तानिएका छन्। एसपीहरुलाई छानबिनका लागि हेडक्वाटर तानिएको हो। तराईका चार फरक जिल्लाका एसपीहरूलाई सशस्त्र हेडक्वाटर हल्चोक तानेर छानबिन सुरु गरिएको जनाइएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता एवं नायब महानिरीक्षक (डीआइजी) कुमार न्यौपानेका अनुसार छानबिनमा तानिनेहरूमा धनुषाका एसपी दर्शन गरी, मोरङका एसपी विश्व खड्का, बाराका एसपी सन्तोषबहादुर सिंह र बाँकेका एसपी विमल डाँगी छन्। उनीहरूमाथि केही बुझ्नुपर्ने भएकाले हेक्वाटर झिकाइएको डिआइजी न्यौपानेले बताए। उनीहरूमाथि केही आर्थिक अनियमितता तथा राजश्व गडबडी गरेको भन्ने आरोप लागेको बताइएको छ। डीआइजी न्यौपानेका अनुसार उनीहरूमाथि छानबिन भइरहेको भन्दै अहिले ती जिल्लाको एसपीको रूपमा कसैलाई पनि पठाइएको छैन। छानबिनपछि…

Read More