Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर : कञ्चनपुरमा भारतबाट भित्र्याइदै गरेको उखु रोक्ने ५ कृषकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको महाकाली सुगर मिलमा भारतबाट भित्र्याइदै गरेको उखु बोकेका ट्याक्टर रोक्ने ५ जनालाई प्रहरी पक्राउ गरेको हो। बेलौरी नगरपालिका -१० शिवनगर स्थित महाकाली सुगरमिल नजिक शनिबार राति केही स्थानीयहरुले भारतबाट आएको उखु भन्दै ट्याक्टर ट्रालीलाई रोकेका थिए। ट्याक्टर ट्रली रोकिएपछि स्थानीय ५ जनालाई प्रहरीले पक्राउ गरेको बताइएको छ। मिलको गेटमा आएका ट्याक्टर ट्रली रोकेपछी सोधपुछ गर्न उनीहरूलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बेलडाडीका प्रहरी निरीक्षक कृष्ण कुवरले बताए। किसान पक्राउ परेपछि आक्रोशित आफन्तले अहिले मिलको प्रवेश गेटमा ताला लगाएका छन्

Read More

डोटी : डोटीका एक वडाअध्यक्षले आफैं एम्बुलेन्स चलाएर बिरामीलाई कैलालीको धनगढी पुर्‍याएका छन्। दिपायल सिलगढी नगरपालिका वडा नम्बर दुईका वडाध्यक्ष राजेन्द्र खड्का शनिबार एक बिरामी बालक लिएर राजपुरबाट धनगढीस्थित माया मेट्राे अस्पताल पुगेका हुन्। एम्बुलेन्स चालक तालिममा गएकाले खड्काले एम्बुलेन्स हाँकेर बिरामीलाई सेवा दिएको स्थानीय तुलाराम भुलले बताएका छन्। करिब ३ महिनाको शिशुको उपचार महाकाली मेडिकलमा उपचार सम्भव नभएपछि माया मेट्राे लैजानुपरेको वडा अध्यक्ष खड्काले बताएका छन्। कडा खालको निमोनियाले स्वासप्रश्वासमा शिशुमा गम्भीर समस्या आएको थियो। त्यसैले अक्सिजन दिएर शिशुलाई महाकाली मेडिकलबाट लगिएको उनले बताए।

Read More

बझाङः बझाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका–४ आम्पाटामा विपरित दिशाबाट आइरहेको ट्याक्टरलाई साइड दिनेक्रममा मोटरसाइकल दुर्घटना भएको हो। उक्त दुर्घटनामा परेर दुई जना घाइते भएका छन्। घाइते हुनेमा जयपृथ्वी नगरपालिका–३ पडेशका २३ वर्षीय चालक शुशिल खड्का र मोटरसाइकल पछाडि सवार सोहि ठाउँका ३६ वर्षीय किशोर खड्का रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। सदरमुकाम चैनपुरबाट जयपृथ्वी नगरपालिका–३ पडेशतर्फ गइरहेको लु ११ प ६४९७ नम्बरको मोटरसाइकलले विपरित दिशाबाट आइरहेको ट्याक्टरलाई साइड दिनेक्रममा सडकबाट करिब १५० मिटर तल सेती नदीमा खसेर दुर्घटना भएको हो। घाइते दुवै जनाको जिल्ला अस्पताल सिमखेत उपचार भइरहेको छ।

Read More

काठमाडौं : भिजिट भिसाको सेटिङमा नेपालीलाई विदेश पठाउने कार्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा संगठित रूपमै लागेको पाइएको छ। थुनामा रहेका अध्यागमन अधिकृत नरवीर खड्का र बिचौलियामाथिको अनुसन्धानमा थप ७ कर्मचारीको संलग्न रहेको खुलेको छ। जिल्ला अदालतले गिरोहमा आबद्ध थप सात अध्यागमन अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। स्रोतका अनुसार अध्यागमन अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागोविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौंले ९ माघमा उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । संलग्न थप कर्मचारीको खोजी सुरु भइसकेको छ ।ल

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ। देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।। राति पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More

धनगढी: विभिन्न स्थानीय तह एवं नेपाल प्रहरीको सक्रियतामा सञ्चालित आसरा सुधार केन्द्र फुलबारी धनगढीले सेवा सुचारु गरेको छ। हिजो (शनिबार) बाट सेवा सुचारु गरिएको हो। तत्कालीन सुदूरपश्चिमका डीआइजी भरतबहादुर बोहराको पालामा बनाएर उद्घाटन गएइएको सो आसरा केन्द्र मुलतः नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशबाट सञ्चालित हो जसले लागूऔषध दुर्व्यसनीहरुका लागि सेवा प्रदान गर्ने सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआइजी रबिन्द्र केसीले बताए। यस्तै उनले सेवा लिन चाहनेलाई सम्पर्कमा आउन आग्रह गरेका छन्। सम्पर्कका लागि:आसरा सुधार केन्द्र फुलबारी कैलाली, सम्पर्क नम्बर -९८५८४७६९७७प्रमुख मनोबिमर्शकर्ता श्री राजुसिंह भण्डारी, सम्पर्क नम्बर-९८६३०३५८१९प्रहरी बरिष्ठ नायव निरीक्षक टेकबहादुर चन्द, सम्पर्क नम्बर- ९८४८७२७०६१

Read More

काठमाडौं: सहकारी ठगीका आरोपी जीबी राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ। सूर्यदर्शन सहकारीसँग जोडिएको ठगी सम्बन्धी मुद्दामा डिफ्यूजन नोटिस जारी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय, कास्कीले केहीअघि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो। त्यसको आधारमा इन्टरपोलको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंले डिफ्यूजन नोटिस जारी गर्न इन्टरपोलको महासचिवालायलाई अनुरोध गरेको बताइएको छ। प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालका अनुसार नोटिस जारी भएको हो। ‘दुई साताअघि नै डिफ्यूजन नोटिस जारी गर्ने विषय प्रक्रियामा गइसकेको थियो’, उनले भने। प्रहरीले सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध पनि डिफ्यूजन नोटिस जारी गर्न सिफारिस गरेको छ। यद्यपि, इन्टरपोलमा नोटिस जारी…

Read More

धनगढी: धनगढीको मौसममा आएको खराबीका कारण दुई दिनदेखि हवाई सेवा प्रभावित भएको छ । बाक्लो हुस्सुका कारण शनिबार धनगगढी–काठमाण्डौंको कुनै पनि उडान भएन भने शुक्रबार धनगढी–काठमाण्डौं एउटा मात्र उडान भएको थियो । ल्यान्डिङका लागि विमानस्थल नखुलेका कारण काठमाण्डौंबाट उडने ६ वटा उडानहरु रद्ध भएका हुन । श्री एयरलाईन्सको विहीबार देखि धनगढीमै रहेको जहाज मात्रै शुक्रबार दिउसो काठमाण्डौंका लागि उडेको हो । शुक्रबार पनि विहान ७ः१५ बजेको उडान तालिकामा रहेको जहाज बाक्लो हुस्सुका कारण विमानस्थल नखुलेपछि दिउसो १ बजेपछि मात्रै उडेको श्री एयरलाईन्सका धनगढी शाखा म्यानेजर गजेन्द्र शाहीले बताए । धनगढीबाट उडान भर्नका लागि भने एक हजार मिटरसम्म विमानस्थल आँखाले देखिने…

Read More

धनगढी : सशस्त्र प्रहरीको नम्बर ३४ गण हेडक्वाटर कैलालीका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) खेमराज ठकुल्लासहितका १४ जना सशस्त्र प्रहरी कर्मचारी सम्मानित भएका छन् । १७ औँ स्थापना दिवसको अवसरमा हेडक्वाटर कैलालीले कार्यसम्पादनमा उत्कृष्ट भएका डीएसपी ठकुल्लासहितका १४ जनालाई सम्मान गरेको हो । सम्मान पाउनेमा प्रस्तावित सीमा सुरक्षा गुल्म खक्रौलाका प्रमुख प्रहरी नायब उपरीक्षक सुर्यप्रकाश शर्मा, बीओपी जुगेडाका सशस्त्र प्रहरी निरीक्षक रमेश पाठक लगायतका छन् । यस्तै हेडक्वाटरले संगठनलाई विभिन्न किसिमले सहयोग गरेको भन्दै ७ जना समाजसेवी तथा व्यवसायीलाई समेत सम्मान गरेको छ । उनीहरुलाई बैद्यनाथ बाहिनी अत्तरियाका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले कदरपत्र र दोसल्लासहित सम्मान गरेका…

Read More

धनगढी: गीत गाउने तथा नाच्नेहरु महिलालाई पेसामा अनेकन बाधा अवरोध आइरहेको पाइएको छ। गीत तथा सँगीत एवं मोडलिङको दुनियाँमा किशोरी, युवती तथा महिलालाई अनेकन शोषण एक बाध्यता आइपर्ने गरेको पाइएको हो। सोही विषयमा सुदूरपश्चिमकी एक नाच्ने कलाकारले मुख खोलेकी छिन्। सुदूरपश्चिमबाट मोडलिङको दुनियाँमा छिर्दै गरेकी धनगढीकी मोडेल कोपिला सिंह ठकुरीले सो विषयमा मुख खोलेकी हुन्। उनले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा सुदूरपश्चिमका विभिन्न मेला तथा महोत्सवहरुमा नव- महिला कलाकारहरुलाई दुर्ववहार तथा शोषण हुने गरेको बताइन्। यतिमात्र होइन, महोत्सवका आयोजकले न्युन पारिश्रमिक दिएर यौन प्रस्ताव नै राख्ने गरेको उनले दाबी गरिन्। कलाकारितामा पुरुषभन्दा महिलाले धेरै चुनौती सामना गर्नुपर्ने बाध्यता रहेको उनको बुझाई…

Read More