धनगढी: सुदूरपश्चिमको धनगढी घर भएर भारतको उत्तरप्रदेशमा अध्ययनरत एक विद्यार्थी बेपत्ता भएका छन्। फागुन २८ गतेदेखि धनगढी उपमहानगरपालिका बोराडाडी घर भएर रुड्की ईन्स्टिच्युट अफ टेक्नोलोजी कलेजमा अध्ययनरत सुमन जोशी बेपत्ता भएका हुन्। पारिवारिक स्रोतका अनुसार जोशी होस्टेलमा बसेर बिएस्सीएजी आठौं सेमेस्टरमा पढ्दै आएका थिए। उनै जोशी फागुनदेखि सम्पर्कविहीन भएकोमा हालसम्म फेला परेका छैनन्। परिवार र भारतीय प्रहरीले उनको खोजी जारी राखेकोमा अझै फेला नपरेका हुन्। उनी होस्टेलबाट बाहिर गएको र त्यसपछि लापता भएको बताइएको छ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: सिरहाका प्रहरी उपरीक्षक (एसपी) रमेश पण्डितलाई प्रहरी हेडक्वार्टर, काठमाडौं तानिएको छ। उनलाई हेडक्वार्टर झिकाएर सिरहामा भने पोखरा गणमा कार्यरत एसपी अनन्तराम शर्मालाई पठाइएको छ। एसपी पण्डितलाई किन हेडक्वार्टर तानिएको भन्नेबारे प्रहरीले स्पष्ट खुलाएको छैन्। यद्यपि उनीविरुद्ध उजुरी परेपछि केही बुझ्नुपर्ने भएकाले झिकाइएको बताइएको छ। यसअघि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको थियो। महायज्ञ गर्न भन्दै एक दलित परिवारलाई हटाएको विषय सार्वजनिक भएपछि उनलाई गृह मन्त्रालय तानिएको थियो। महायज्ञ गर्नका लागि दलित परिवारको घर भत्काएको विषयमा उनीहरूमाथि छानबिन हुन लागेको हो। औरही गाउँपालिका ५ मा महायज्ञका नाममा दीपक मलिकको घर डोजर लगाएर भत्काइएको थियो। उनको घरमा डोजर चलाउने गाउँपालिका…
काठमाडौं: नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा १०५ प्रहरीले कमाण्डो (प्रहरी विशेष कला तथा कारबाही) तालिम सम्पन्न गरेका छन्। दशौं समूहको कमाण्डो तालिम १०५ जनाले सम्मपन गरेका हुन्। प्रहरी निरीक्षक ६ जना, प्रहरी सहायक निरीक्षक १५ जना र प्रहरी जवान ८४ जना गरी कुल १०५ जनाले निकै कठिन मानिने कमाण्डो तालिम सम्पन्न गरेको प्रहरी प्रधान कार्यालयको समाचार कक्षले जनाएको छ। कमाण्डो तालिमको दिक्षान्त समारोह प्रहरी महानिरीक्षक दिपक थापाले तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्नेलाई पुरस्कार तथा प्रशिक्षक एवम् तालिम सफल पार्न उल्लेखनीय योगदान पु–याउनेलाई प्रशंसा पत्र प्रदान गरेका थिए। थापाले प्रहरीमा संचालन हुने तालिमहरूमध्ये सबैभन्दा कठिन मानिने…
डोटीः डोटीमा भालुको आक्रमणबाट श्रीमान् श्रीमती घाइते भएका छन्। जिल्लाको सायल गाउँपालिका–६ स्वाडाका अन्दाजी ६० वर्षीय करी साउद र उनकी श्रीमती अन्दाजी ५५ बर्सिया दुर्गा साउद घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। सौडीखेत स्थित खर्क(गोठ) मा सोमवार राति उनीहरूलाई भालुले आक्रमण गरेको हो। भालुको आक्रमणबाट घाइते दुवै जनाको अनुहार र शरीर भरि घाउ छन्। घाइते दुबै जनालाइ उपचारको लागि सिलगढी लगिएको प्रहरीले जनाएको छ।
काठमाडौं: चैत्र ५ गते ३०औं प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर अनिवार्य अवकासमा गए। विद्यमान प्रहरी नियमावली २०७१ मा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण कुँवर अवकाशमा गएका हुन्। उनको अवकाशपश्चात् नेपाल प्रहरीमा दीपक थापा नयाँ आईजीपी बनिसकेका छन्। तर, यहीँ बीचमा नेपाल प्रहरीकै २ जना पहिल्यैदेखि विवादित एसपीहरुलाई भने स्पष्टीकरण नै सोधेर कारबाही प्रक्रिया अगाडि बढाइएको पाइएको छ। स्रोतका अनुसार एसपीद्वय कमल थापा र दयानिधि ज्ञवालीले रिटायर भए लगत्तै तत्कालीन आईजीपी कुँवरविरुद्ध विभिन्न आरोप लगाएको आसयमा सामाजिक सञ्जाल फेसबुकमा धारणा राखेका थिए। ज्ञवालीले स्टाटसमार्फत कुँवरविरुद्ध लेख्दा थापाले कविताको शैलीमा सांकेतिक विरोध जनाउने भावको स्टाटस लेखेका थिए। त्यसपछि प्रहरी प्रधान…
काठमाडौं: सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यसअघि नै सरकारले हटाउनुभन्दा अगाडि तीनपटक स्पष्टीकरण सोधेको थियो। सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ। विगतमा पनि सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। पछि उनलाई हटाएर फेरि कुलमानलाई नै ल्याइयो। घिसिङलाई २०७८ साउन २५ को मन्त्रिपरिषद बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। उनी २०८२ साउन २४ सम्मका लागि नियुक्त भएका थिए।
काठमाडौं: बझाङका मकरबहादुर धामी। जो पूर्व पत्रकारसमेत हुन्। अहिले उनै धामीको जीन्दगीमा दुर्लभ संयोग जुरेको छ। बझाङको बुंगल नगरपालिका–२ का घर भएका धामी दम्पतीको जीन्दगीमा रोचक संयोग मिलेको हो। यानिकी धामीले आफ्नै पत्नी प्रधानाध्यापक रहेको विद्यालयमा अध्यापन गर्ने मौका पाएका हुन्। उनकी श्रीमती ज्ञानु कुमारी भट्ट धामी २०७९ सालमा खोटाङबाट प्राथमिक तह तृतीय श्रेणी शिक्षक रूपमा सिफारिस भई श्री पिपलडाँडा आधारभूत विद्यालय, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४, बुईपामा प्रधानाध्यापक थिइन्। त्यस्तै, उनका श्रीमान् धामीले गत वर्ष २०८० मा सर्लाहीबाट अन्तर्वार्तामा असफल भए पनि यस वर्ष पुनः परीक्षामा सफल भई खोटाङबाट प्राथमिक तह तृतीय श्रेणी शिक्षक रूपमा सिफारिस भई श्रीमतीकै विद्यालयमा पदस्थापन…
काठमाडौं: देशकै प्रमुख तीन ठूला राजनीतिक दलका शीर्ष नेताहरुको बैठक शुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा नेकपा (एमाले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन्। छलफलमा तीननेतासँगै गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेल, माओवादीका उपमहासचिव शक्ति बस्नेत र नेता खिमलाल देवकोटा सहभागी छन्। त्यसअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न प्रचण्ड शीतल निवास पुगेका थिए। करिब ४० मिनेटको भेटमा प्रचण्डले राष्ट्रपतिसमक्ष सरकारकै असफलताको कारण नागरिकमा निराशा छाएको र प्रतिगामी शक्तिहरुको गतिविधि बढेको…
धनगढी: भारतीय नागरिक आदित्य कुमार अग्रवालले नेपाली नागरिकता पनि लिएको खुलेको छ। सोही आरोपमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमामा जाहेरी पनि परेको बताइएको छ। भारतीय मूलका नागरिक अग्रवाल पहिले धनगढीस्थित एलएनचोक बस्थे भने अहिले नेपालगन्जमा बस्छन्। अग्रवाल भारत उत्तर प्रदेश, गौतम बुद्ध नगरका स्थायी बासिन्दा हुन्। उनी हाल नेपालगञ्ज उपमहानगरपालिका–१२, बेलासपुरमा बस्दै आएका छन्। जाहेरीमा उल्लेख भएअनुसार, अग्रवालले भारतीय आधार कार्ड लिइसकेको प्रमाण भए पनि उनले नेपालमा नागरिकता लिई औषधि लगायतका व्यवसाय सञ्चालन गरिरहेका छन्। साथै, उनले नेपाल र भारत दुवै देशको सेवा–सुविधा लिएको दाबी गरिएको छ।
धनगढी: धनगढीमा आइतबार ट्याङकरले ठक्कर दिदा घाइते भएकी युवतीको मृत्यु भएको छ। आइतबार दिउँसो धनगढी उपमहानगरपालिका–३ चटकपुरमा सुपप्र०१००१ प २२११ नम्बरको ट्याङ्करले साइकल यात्री गोदावरी नगरपालिका–८ बस्ने २१ वर्षीया पार्वती खड्कालाई ठक्कर दिएको थियो। ट्याङकरको ठक्करबाट घाइते भएकी खड्काको सोमबार बिहान उपचारका क्रममा धनगढीकै मायामेट्रो अस्पतालमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले बताए। उनको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइने उनले बताए । डीएसपी बोहराकाअनुसार ट्याङकर र चालक कञ्चनपुरको वेदकोट नगरपालिका–१ बस्ने ४९ वर्षीय प्रकाशदत्त भट्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।