Author: महेन्द्रनगर पोष्ट

धनगढी: जिल्ला अस्पताल बझाङ प्रसुती तथा स्त्रीरोग विशेषज्ञविहीन बनेको छ। यस अगाडि अस्पतालको मेडिकल सुपरिटेन्डेन्टसमेत रहेका प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डाक्टर नवराज जोशीको स्वास्थ्य मन्त्रालयमै काज फिर्ता भएको थियो। उनको त्यसबेला राजनैतिक दबाबका कारण काज फिर्ता गरिएको बताइएको थियो। त्यसबेला उनी एक्ला प्रसुती तथा स्त्रीरोग विशेषज्ञ थिए। अहिले उनको स्थानमा नाक, कान तथा घाँटीका विषेशज्ञ डाक्टर धिरज बिसन्ख आएका छन्। अस्पतालकै तत्कालीन एक्ला प्रसुती तथा स्त्रीरोग विषेशज्ञ जोशीको नै काज फिर्ता भएपछि अस्पतालको सेवा भने प्रभावित बनेको छ। सेवा प्रभावितमात्र होइन, सुत्केरी तथा नवजात शिशुको ज्यानै जानेसम्मका घटना भएका छन्। हालै केही दिन अगाडि अस्पतालमा आएकी एक सुत्केरीको उपचारकै क्रममा…

Read More

काठमाडौँ : समाजवादी प्रेस संगठन नेपालले राष्ट्रियसभा निर्वाचनका लागि १२ जना पत्रकारलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ। सो संगठनले अध्यक्ष माधवकुमार नेपालमार्फत गठबन्धनमा पत्रकारिता तथा आमसञ्चारको क्षेत्रमा क्रियाशील, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा संलग्न व्यक्तिहरूको उपस्थिति सुनिश्चित गर्न माग समेत गरेको अध्यक्ष विश्वमणि सुवेदीले बताए। अध्यक्ष सुवेदीका अनुसार संगठनले पार्टी अध्यक्षलाई बुझाएको पत्रमा संगठनको तर्फबाट राष्ट्रियसभा सदस्य पदका लागि शम्भुलाल श्रेष्ठ, किशोर श्रेष्ठ, बोधराज त्रिपाठी, कौशल चेम्जोङ, राममाया भट्टराई, भरतराज पोखरेल, शीतल साह रहेका छन्। त्यसैगरी विश्वमणि सुवेदी, जीवन बिसी, भीम रसाइली, हेमकर्ण विश्वकर्मा र प्रतिज्ञा बुढा मगरको नाम पनि सिफारिस भएका छन्। ‘त्यसमध्ये जो कोही व्यक्ति र सङ्ख्या छनौट…

Read More

काठमाडौं : प्रहरी नायब महानिरीक्षक एवम् कथाकार रवीन्द्र केसीको कथाकृति ‘सम्बन्धको दोबाटो’ सार्वजनिक भएको छ। शनिबार एक समारोहबीच प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर लगायतले कथाकृति लोकार्पण गरे। कृति सार्वजनिक गर्दै महानिरीक्षक कुँवरले प्रहरीमा सेवारत थुप्रै सहकर्मीहरूले साहित्यमा ख्याति कमाएको स्मरण गर्दै सहकर्मीहरूबाट यसरी कृति आउनु खुसीको विषय भएको बताए। कथाकार केसीले जीवनका विविध आयामहरू आफ्ना कथाहरूमा समेटिएको उल्लेख गरे। कार्यक्रममा डा. धु्रवचन्द्र गौतम, हरि अधिकारी, ज्ञानु अधिकारी, राजकुमार वानियालगायतले पनि बोलेका थिए। पुस्तक शिखा बुक्सले बजारमा ल्याएको हो।

Read More

धनगढी : नेपाल खेलकुद महासंघ सुदूुरपश्चिम प्रदेश कमिटि, धनगढीले कपिलवस्तुमा गाडी दुर्घनामा निधन भएका उसु खेलाडीको परिवारलाई क्षतिपूर्ति र घाइते भएका खेलाडीको उपचारको लागि आवश्यक सहयोग गरिदिन आग्रह गरेको छ। आइतबार एक विज्ञप्ती जारी गर्दै महासंघले घटनाका मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको उपचारको लागि आवश्यक सहयोग गरिदिन सुदूरपश्चिम प्रदेश सरकारसँग आग्रह गरेको हो। अध्यक्ष प्रकाशकुमार चन्दद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘मकवानपुर जिल्ला उसु संघ, हेटौडा, मकवानपुरको आयोजनामा पुस ११ र १२ गते सञ्चालित अन्तर प्रदेश स्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सुदूरपश्चिम प्रदेशवाट सहभागी भएका खेलाडी सवार बस पौष १३ गते राती दुई बजेको समयमा कपिलवस्तु जिल्लाको चन्द्रौटाबाट १५ किलोमिटर टाढा…

Read More

डडेल्धुरा : स्वास्थ्य तथा नजसंख्या मन्त्री मोहन बस्नेत डडेल्धुरा आउने भएका छन्। उनी आइतबार (आज) डडेल्धुरा पुग्ने छन्। मन्त्री बस्नेतले डडेल्धुरा अस्पतालको अनुगमन गर्ने कार्यक्रम रहेको छ। डडेल्धुरा अस्पताल सुदूरपश्चिममा संघीय सरकार मातहतको एक मात्रै अस्पताल हो। सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेज घोषणा गरेपछि सञ्चालनको प्रक्रिया अगाडि बढेको छ। आइतबारनै मन्त्री बस्नेत शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गर्न गेटा पुगेका थिए।

Read More

अछाम : माघ ११ गते रिक्त स्थानमा हुने राष्ट्रियसभा निर्वाचनमा माओवादी केन्द्र अछामबाट १३ जना सिफारिस भएका छन्। तीमध्ये तीन जना जिल्ला बाहिरका रहेका छन्। सिफारिस हुनेमा खुलातर्फ रामप्रसाद तिमिल्सिना, दिपकबहादुर साउद र अमरबहादुर विक रहेका छन्। महिलातर्फ सरस्वती रावल, टंककुमारी विक र शोधरा शाही सिफारिस भएकी छिन्। यस्तै घाइतेतर्फ दिपेन्द्रबहादुर रावल, दलबहादुर साउद र टेकबहादुर विक रहेका छन्। बुद्धिजीवीतर्फ बयलपाटा क्याम्पसका पूर्वक्याम्पस प्रमुख भरत स्वाँर सिफारिस भएका छन्। यसैगरी जिल्ला बाहिरका तीन जनाले पनि राष्ट्रियसभामा सिफारिस भएका छन्। चार महिने अभियानको क्रममा अछाम जिल्लामा क्रियाशील रहेका जंगबहादुर विक, सिद्धराज भाट डोटी र प्रकाश नेपाली कैलालीको नाम सिफारिस भएको इन्चार्ज…

Read More

धनगढी : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले कैलालीको गेटा पुगेका छन्। उनी आइतबार शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गर्न गेटा पुगेका हुन्। अनुगमनका क्रममा मन्त्री बस्नेतले गेटामा भौतिक संरचना निर्माण भएपनि त्यसलाई संचालन ल्याउन अझै धेरै काम बाँकी रहेको बताए। उनले गेटामा मेडिकल शिक्षा अध्ययनका लागि अस्पताल संचालन गर्न आवश्यक रहेको बताए। वाहिरी क्षेत्रबाट डाक्टर सुदूरपश्चिममा आउन नमान्ने भएकाले गेटामा मेडिकल शिक्षा संचालन भएपछि यसै क्षेत्रमा दक्ष जनशक्ती उत्पादन हुने उनले दाबी गरे।

Read More

काठमाडौं : संसद नचलेको अवस्थामा सरकारले अध्यादेशमार्फत प्रहरी ऐन संशोधनको तयारी गरेको छ। प्रदेशहरुको मागलाई सम्बोधन गर्दै सरकारले प्रहरी समायोजन सम्बन्धी व्यवस्थालाई पनि अध्यादेश मार्फत नै परिमार्जनको तयारी गरेको हो। प्रस्तावित ‘नेपाल प्रहरी ऐन अध्यादेश–२०८०’ जारी भएपछि खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) भर्ना हुन चाहने व्यक्तिले २७ वर्षको उमेरसम्म आवेदन दिन पाउनेछन्। प्रहरी ऐन र नियमावलीमा रहेको साविकको व्यवस्थाअनुसार जनपद प्रहरी बन्न चाहने व्यक्तिले तीन तहमा खुला प्रतिस्पर्धा गर्न पाउँछन्। प्रहरी जवानमा शतप्रतिशत खुला प्रतिस्पर्धाबाट भर्ना लिइन्छ भने प्रहरी सहायक निरीक्षक (असई) मा ४० प्रतिशत खुलाबाट र ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट भर्ना लिइन्छ। त्यस्तै, इन्स्पेक्टरमा ६० प्रतिशत खुलाबाट र ४०…

Read More

काठमाडौं : नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आइतबार १ लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार १०० रुपैयाँमा कारोबार कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलाको १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More

धनगढी : १३ पुसमा ललितपुरको बालकुमारीमा दुई होनहार युवाले ज्यान गुमाए। प्रहरीको धरपकडमा परी ज्यान गुमाउने युवा थिए, दैलेख सुजत रावत र अछामका विरेन्द्र शाह। रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान आवेदन फाराम भर्न नपाएको भन्दै असन्तुष्ट थिए, रावत र शाह जस्तै सयौं युवा। सोही कारण उनीहरू प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनकै क्रममा उनीहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी समेत गरिएको थियो। प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। झडपकै क्रममा प्रहरीले गोली चलायो। गाली लागेर अछामका युवा शाहको मृत्यु भयो भने दैलेखकका रावतलाई प्रहरीले निर्घात कुटपिट गरी मारिदियो।…

Read More