धनगढी : भारतको उत्तर प्रदेशको हमीरपुर जिल्लामा श्रीमतीले श्रीमानको गुप्ताङ्ग काटिदिएकी छन्।
सदर कोतवाली इलाकाको एक गाउँमा अप्राकृतिक यौनसम्बन्धबाट आक्रोशित श्रीमतीले ३५ वर्षीय श्रीमान् रामु निषादको गुप्ताङ्ग काटिदिएकी हुन्।
श्रीमतीको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन्। शुक्रबार राति घाइते रामुलाई परिवारका सदस्यले गम्भीर अवस्थामा जिल्ला अस्पतालमा पुर्याएका थिए।
त्यहाँ उपचार सम्भव नभएपछि उनलाई शनिबार कानपुर रिफर गरिएको थियो। परिवारका सदस्यले जाहेरी दिएपछि प्रहरीले उनकी श्रीमतीलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीले उनको स्वास्थ्य परीक्षण गराएको थियो। इमर्जेन्सीमा खटिएका डाक्टर एके सिंहले उनलाई रगत बगेको अवस्थामा प्राथमिक उपचार गरेका थिए।
डाक्टर एकेका अनुसार रामुले चिकित्सकलाई भ्रममा पार्दै चोटको गलत कारण बताएका थिए। रामुकी आमाले डाक्टरलाई श्रीमतीले उनको गुप्तांगमा टोकेको बताएकी थिइन्।
हमीरपुर प्रहरीले दुबै जनालाई सम्झाई बुझाइ घर पठाएको जनाएको छ।