Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : भारतीय नम्बरप्लेटको जीप त्रिशूली नदीमा खसेको छ। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो। त्रिशूली नदीमा जिप खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारको गोताखोरको टोली परिचालन गरिएको छ। स्थानीयले जीप नदीमा खसेको खबर गरेपछि उक्त टोली घटनास्थलमा खटाइएको हो। केहीबेरअघि गोताखोरको टोलीले जिप पानीभित्र भेट्टाएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए। उक्त जिपमा कति यात्रु सवार थिए भन्ने यकिन भएको छैन।

Read More

कञ्चनपुर : कञ्चनपुरका थारु समुदायमा माघी पर्वको हर्षोल्लास छाएको छ । थारु समुदायले सबैभन्दा ठूलो पर्वकारुपमा मनाउने माघीले गाउँबस्तीमा खुसियाली छाएको छ । पर्वका अवसरमा विभिन्न ठाउँमा माघी मिलन कार्यक्रमको आयोजना गरेर स्थानीय जमघट भइरहेका छन् । नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाइरहेका छन् । माघ १ गतेदेखि सुरु भएको पर्व महिनाभर मनाइने गरिएको भीमदत्त नगरपालिका–१८ विजय चौधरीले बताए । “माघीको पहिलो दिन बिहानै नजिकैको जलाशयमा गएर स्नान गरिन्छ”, उनले भने, “आजदेखि विधिवत्रुपमा सुरु भएको माघी यो महिनाभर हर्षोल्लासका साथ मनाइन्छ ।” उनकाअनुसार पुसको अन्तिम दिन थारु समुदायले घरघरमा सुँगुर काट्ने…

Read More

काठमाडौं- त्रिशूली नदीमा गाडी खसेको आशंकामा गोताखोर परिचालन गरिएको छ । मुग्लिन प्रहरीका अनुसार नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत् चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकै गाडी खसेको आशंका गरिएको छ । स्थानीयले बिहान ४ बजेतिर त्रिशूली नदीमा गाडी खसेको सूचना दिएको र नदीमा बत्ती पनि बलेको देखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नदीको किनारमा भारतीय नम्बर प्लेट देखिएको छ। तर, त्यो नयाँ हो या पूरानी यकिक भइसकेको छैन।

Read More

कैलाली : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको हो । जसअनुसार काठमाडौँमा पेट्रोलको मूल्य १६६ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५६ रुपैयाँ कायम भएको निगमले जनाएको छ । भारतीय आयल निगमले मूल्य घटाएर पठाएकाले नेपालमा पनि घटाइएको निगमले जनाएको छ ।

Read More

काठमाडौं : यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता आज मध्यरातदेखि लागू हुँदैछ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गर्न लागेको हो । यो अवधिमा कुनै सार्वजनिक स्रोत साधान र सम्पत्ति दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न पाइने छैन । सरकारी वा सार्वजनिक संस्था वा शैक्षिक संस्था प्रयोग गरेर निर्वाचनसम्बन्धी भेला वा प्रचार गर्न पनि पाइने छैन । कुनै दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको सामग्री उत्पादन तथा प्रयोग गर्न समेत रोक लगाइएको निर्वाचन आयोगले जनाएको छ । ‘निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै हाल बङ्गलादेशको दक्षिण भूभाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको…

Read More

कैलाली : टीकापुर नगरपालिकाले नियम मिचेर १८ जना कर्मचारी नियुक्त गरेको खुलासा भएको छ । नगर कार्यपालिकाको निर्णय अनुसार कार्यविधि उलङ्घन गरेर यसरी सिधै कर्मचारी भर्ना गरिएको हो । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका मेयर रामलाल डगौरा थारुले १५ थारु सहित १८ जनालाई ठाडो नियुक्ति दिएका हुन । कार्यपालिकाको पौष २५ गतेको बैठकले ११ जना श्रेणिविहीन कर्मचारी नियुक्त गरिएको हो ।यसरी नियुक्त हुनेमा कालुराम ड थारु, विवश चौधरी, श्रीराम चौधरी, सञ्चराम चौधरी, राम प्रसाद चौधरी, रञ्जित चौधरी, सञ्चु चौधरी, जय प्रकाश थारु, रमेश चौधरी, खेम विष्ट र बेचलाल चौधरी रहेका छन् । यस्तै २१ गते भर्ना गरिएका कर्मचारीहरूमा पाँचौं तहमा…

Read More

विराटनर : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकूलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका छन् । मोटरसाइकलमा चढेर एक्लै गएका साम्पाङले कार्कीको कार्यकक्षमा आफैंले ताला लगाएका हुन । बीपी प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै उनले प्रतिष्ठानमा गएर ताला लगाएका हुन् । प्रतिष्ठानमा कार्यरत चिकित्सक र कर्मचारी तहगत बढुवा नभएको भन्दै आदोलनमा छन् । उनीहरुको आन्दोलनका कारण सेवा प्रभावित भएको छ । बीपी प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा लगाएको ताला अरूले खोल्ने आँट नगर्न साम्पाङले चेतावनी दिएका छन् । उनले आवश्यक परेका बेला म आफैं आएर खोल्ने बताए…

Read More

धनगढी : दोलखामा सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दोलखाको बिगु गाउँपालिका वडा नम्बर–१, लामाबगरबाट लप्ची जाने सडक निर्माण कार्य गर्ने क्रममा सुख्खम पहिरो खसेको थियो । लामाबगरबाट लप्चि जाने सडक निर्माणको क्रममा खसेको सुख्खा पहिरोमा पुरिएर बिगु गाउँपालिका वडा नम्बर–१ का २२ वर्षीय कुसुङ तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । पहिरोमा पुरिएर सोही स्थान बस्ने ५८ वर्षीय रसमान तामाङ र २८ वर्षीय दिलकुमार तामाङ घाइते भएका छन् । लामावगर– लप्चि सडक खन्ने क्रममा देउराली भन्ने स्थानमा दिउँसो करिब ३ बजे नासा हाइड्रो पावरमा कार्यरत उनीहरु माथि…

Read More

काठमाडौं : असल चालचलन भएका र दुई तिहाइ सजाय काटेका कैदीलाई जेलबाहिरै राख्ने प्रोवेशन तथा प्यारोल कार्यान्वयन सुरू भएको छ। पुस २५ गते बसेको प्यारोलको बोर्डको बैठकले पहिलो चरणमा एक सय ४३ कैदीलाई यो सुविधा प्रदान गर्न सिफारिस गरेको हो। महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले मापदण्ड पूरा भएका कैदीलाई यो सुविधा प्रदान गर्न सिफारिस गरेको हो। दुई तिहाइ कैद सजाय भुक्तानी गरिसकेका, असल आचरण देखाएका व्यक्तिलाई समाजमै बसेर सजाय पूरा गर्ने पद्धति प्यारोल हो। यसमा कैदीले पूर्ण स्वतन्त्रता भने पाउँदैनन्। उनीहरू प्यारोल अधिकृतको नियन्त्रण र निगरानीमा बस्नुपर्छ। कैदीले सजाय काट्ने सुधारात्मक वा समाजमा नै राखेर दण्ड भोगाउने यो आधुनिक पद्धति हो।…

Read More