Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई जेलमा सहयोग गरेको उपलक्ष्यमा उपसचिव बसन्तराज पुरीले स्वकीय सचिवको उपहार पाएका छन्। पुरीले रेशम चौधरीलाई जेलमा सहयोग गरे बाफत भूमी व्यवस्था मन्त्री रन्जिता श्रेष्ठ चौधरीको स्वकीय सचिवको उपहार पाएका हुन्। पुरी डिल्लीबजार कारागारको जेलर हुँदा रन्जिताका श्रीमान रेशम सोही जेलमा थिए। सो समयमा उनले जेलभित्र सहज वातावरण बनाइदिनेदेखि भेटघाटमा पुरीले सहजीकरण गरिदिएका थिए। त्यही कारण रन्जितासँगको उनको राम्रो चिनजान भयो। त्यतीबेला सहयोग गरेबापत रन्जिताले पुरीलाई आफ्नो सचिवालयमा राखेकी हुन्। पुरी तीनै हुन्, जो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री हुँदा लमजुङको सिडिओ बनेका थिए। तर, नारायणकाजीले तीन महिनामै उनलाई ताने। त्यसपछि…

Read More

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई गाडीबाट निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएको खुलेको छ। आफूलाई निकालेर गाडीमा आगो लगाइएको मन्त्री ज्वालाले बताएका हुन्। उनले आफूसहित दुईजना पिएसओ र चालक सकुशल निस्किए पनि मन्त्रालयका कागजात जलाएको बताए। ‘म बालकुमारीबाट सातदोबाटोतर्फ जाँदै थिए। हतारमा पनि थिएँ। बीचमा इपिएसवालाको लफडा चलिरहेको रहेछ। मलाइ थाहा थिएन। उनीहरू आन्दोलन गरिरहेका थिए। प्रहरीसँग पनि तनाबकै अवस्था रहेछ। हाम्रो गाडीलाई बीचमा पारिहाले। निशानामा हामी पर्‍यौं,’ उनले भने। रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले शुक्रबार मध्याह्न ललितपुरको बालकुमारीमा मन्त्री ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको गाडी जलाइदिएका हुन्।

Read More

काठमाडौं : जागिरको प्रलोभन देखाएर मान्छे ठग्दै हिँड्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सल्ल्यानको कालिमाटी गाउँपालिका–२ कट्विरका भोला पुनलाई ठगीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो। ६ जनाबाट ३ लाख ठगेको आरोप लागेपछि प्रहरीको खोजीमा रहेका उनलाई त्रिवेणी गाउँपालिका–६ लुहामबजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। भोलाले कालिमाटी–२ टाट्केका सुशिल कुमार पुन, योगेन्द्र थापा, जनक केसी, सुरेश खत्री, नेत्रलाल केसी र महेश कुमार केसीलाई ृप्रहरी जवान र असईमा जागिर मिलाइदिने विश्वास दिलाएर प्रतिव्यक्ति ५० हजारका दरले ३ लाख असुली गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीका उच्च पदस्थ अधिकारीसँग आफ्नो राम्रो सम्पर्क रहेको र पहिले पनि धेरै जनालाई जागिर लगाई सकेकाले शतप्रतिशत…

Read More

काठमाडौं : ललितपुरको बालकुमारी क्षेत्रमा जलाइएको गाडी भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको रहेको खुलेको छ। आगजनीबाट बा २ झ ५८६१ नम्बरको गाडी ध्वस्त बनेको छ। यद्यपि आगजनीबाट कुनै मानवीय क्षति भने भएको छैन। राजधानीको बालकुमारीमा रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगजनी गरेका हुन्। यसैबीच, बालकुमारीमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। प्रदर्शन नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले बताए।

Read More

काठमाडौं : ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले त्यहाँ आन्दोलन गरिरहेका छन्। उनीहरूले एक जना मन्त्रीको गाडीमा आगो लगाइदिएका छन्। बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन्। ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले गाडीमा आगो लगाएको खबर आएपछि प्रहरी टोली घटनास्थल पुगेको जानकारी दिए।

Read More

कास्की:  आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२९ नौबीसे बस्ने म्याग्दी धौलागिरी गाउँपालिका-७ ताकम घर भएका ३६ वर्षीय रत्न बहादुर घर्ती रहेका छन्। घर्ती आफ्नै २८ वर्षीया श्रीमती रेखा घर्तीको हत्या गरेको अभियोगमा बिहीबार दिउँसो प्रहरीले पक्राउ परेका हुन्। उनले पोखरा महानगरपालिका-२९ नौबीसे चोकस्थित तोरी बारीमा रेखाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कर्यालय शिशुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका एसपी मोहनकुमार थापाका अनुसार अर्कै पुरूषसँग प्रेममा रहेकी रेखा बिहीबार दिउँसो भने प्रेमीसँग भाग्न लागेकी थिइन्। त्यसपछि रत्नबहादुरले रेखा र उनका प्रेमीलाई लखेटेका थिए। लखेटेर नौबिसेको तोरी बारीमा पुगेपछि रत्नबहादुरले रेखालाई भेट्टाएको…

Read More

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो। महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख २२ हजार रुपैयाँ र तेजाबी सुन एक लाख २१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदी पनि तोलाको ३५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More

कञ्चनपुर : कञ्चनपुरमा अवैध माछा बरामद गरिएको छ। जिल्लाको पुनर्वास नगरपालिका—९ नेपाल भारत सीमा नाका नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी ८ हजार ७ सय ५० मूल्य बराबरको माछा बिहीबार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो। फेला पारेका उक्त माछा आवश्यक प्रक्रिया पुरा गरी नष्ट गरेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार जनता र पार्टीप्रति जिम्मेवार नदेखिएको आरोप लगाएका छन्। पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले तीनै तहका सरकार जनता र पार्टीप्रति जिम्मेवार नदेखिएको आरोप आरोप लगाएका हुन्। तीनै तहको सरकार सञ्चालनका लागि संयन्त्र निर्माण गर्ने भनिए पनि कार्यान्वयन नभएको भन्दै प्रश्न गरे । यसमा पार्टीको आधिकारिक दृष्टिकोण आउनु पर्ने उनको भनाइ थियो। उनले महासमिति बैठकबाट निर्माण हुने नीतिका लागि सबै तहको धारणा लिने व्यवस्था मिलाउनुपर्ने बताए । कांग्रेसको इतिहासमा पहिलो पटक नीति निर्माणका लागि नीतिअधिवेशन गर्दैछ। त्यो तय भएको नीतिले राष्ट्र र जनताको जीवनमा प्रभाव पार्ने हुनाले ८ लाख ६६…

Read More

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आज पनि सुनवाई हुने भएको छ। काठमाडौँ जिल्ला अदालतमा केही दिन देखी जारी सुनुवाइ बहस नटुङ्गिए पछि आजसम्मका लागि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो। जसअनुसार सम्भवतः आजै फैसला आउने गरी सुनवाई हुने बुझिएको छ। हिजोको सुनवाईमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठलगायतले बहस गरे पनि श्रेष्ठको बहस सकिएको थिएन। शुक्रबार पनि श्रेष्ठले बहस गर्नेछन्। गत आइतबारदेखि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुनवाइ जारी रहेको छ।

Read More